रसुवाको धुन्चेमा रहेको क्वारेन्टिनमा राखिएका दुई जना शिक्षकमा कोरोना पुष्टि भएको छ। असोज १५ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउनका लागि बोलाइएका शिक्षकलाई क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा राखिएका शिक्षकमध्ये ३१ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए।
योसँगै हालसम्म जिल्लामा २३ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये २० जना निको भएर घर फर्किसकेका छन्। जिल्लामा हालसम्म १ हजार १८ वटा स्वाब संकलन गरिएको छ। जसमा ९ सय ९८ को नतिजा नेगेटिभ आएको छ। अब २२ वटाको नतिजा आउन बाँकी छ। जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ।