सुन्तला ब्लक विकास कार्यक्रमका अध्यक्ष र सचिवमाथि अनियमितताको आरोप
१५ असोज २०७७
•
४ मिनेट पाठ
सुन्तला ब्लक विकास कार्यक्रमका अध्यक्ष र सचिवमाथि अनियमितताको आरोप
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुन्तला ब्लक बिकास कार्यक्रममा अनियमितताको गुनासो आएपछि बोलाइएको छलफलमा सहभागी स्थानीय । तस्बिर : नागरिक
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुन्तला ब्लक बिस्तार कार्यक्रमको जिम्मा लिएको ब्लक बिकास समितिका अध्यक्ष र सचिवमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। कृषि ज्ञान केन्द्रमार्फत दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा सुन्तला ब्लक बिस्तारको जिम्मा लिएको सुन्तला ब्लक बिकास समितिका अध्यक्ष लक्ष्मीकुमार राई र सचिव मनोज राईमाथि कार्यक्रमको रकम हिनामिना गरेको आरोप लागेको हो। तीन वडालाई समेटेर सुन्तला ब्लक क्षेत्र बिस्तारका लागि आर्थिक वर्ष २०७६/०७७ मा ज्ञान केन्द्रले उपलब्ध गराएको ३५ लाख बजेटमध्ये १२ लाख हिनामिना भएको पाइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।  




दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कृषि ज्ञान केन्द्रमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजनाको ३५ लाख र कृषकको ३५ लाख गरि ७० लाखमा सुन्तला ब्लक बिकास कार्यक्रम लागू गरिएको थियो। ज्ञान केन्द्रबाट प्राप्त हुने कुल बजेट ३५ लाखमध्ये निकासा भएको २८ लाख ४ हजारभित्र सुन्तला ब्लक विकास समितिका अध्यक्ष र सचिवले अनियमितता गरेको दाबी गरिएको छ। ज्ञान केन्द्रबाट गत असार ३१ गते बजेट निकासा भए पनि मल खरिद तथा सुन्तला रोप्नका लागि खाल्डो खनेका किसानले हालसम्म रकम नपाएपछि सुन्तला ब्लक सञ्चालन समितिका अध्यक्ष र सचिव आर्थिक अनियमिततामा मुछिएका हुन्। 

गत असोज १३ गते गुरुङडाँडामा भएको छलफलमा सुन्तला ब्लक बिकास समितिका अध्यक्ष राईले १० दिनभित्र किसानलाई मल खरिद एबं खाल्डो खनेवापतको रकम वितरण गर्ने लिखित निर्णय भएको गाउँपालिका अध्यक्ष राईले बताए। ‘सुन्तला ब्लकले समेटेका वडाका किसान र सञ्चालन समितिलाई छलफलमा राखेका थियौँ । छलफलमा १२ लाख अनियमितता भएको ठहर भएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘किसानले अहिलेसम्म मल किन्ने र सुन्तला रोप्ने खाल्डो खने वापतको पैसा पाएकै छैन। सुन्तला ब्लक बिकास समितिका अध्यक्षले १० दिनभित्र त्यो पैसा किसानलाई वितरण गरिसक्ने भन्नु भएको छ।’  

गाउँपालिका अध्यक्ष राईका अनुसार सुन्तला ब्लक बिस्तारकाक्रममा कृषि ज्ञान केन्द्रले अन्तिम अनुगमन प्रतिबेदनभन्दा केही बढी रकम निकासा दिएको पाइएको छ। गत असार १४ र १५ गते अन्तिम अनुगमन गरेको गाउँपालिकाले रकम निकासाका लागि असार १७ गते सिफारिस दिएको थियो। सो अन्तिम अनुगमनमा कुल ७० लाखमध्ये ५५ लाख ९२ हजार बराबरको काम भएको मूल्यांकनका आधारमा २७ लाख ९६ हजार निकासाका लागि सिफारिस दिइएकोमा ज्ञान केन्द्रले २८ लाख ४ हजार निकासा दिएको गाउँपालिका अध्यक्ष राईले बताए। समितिले भौचर र भर्पाइ आफै बनाएर भुक्तानी लिएको गाउँपालिकाले जनाएको छ। सुन्तलाको १३ हजार ७५० बिरुवा बाँड्ने स्टीमेट भए पनि समितिले १७ हजार ४५० बिरुवा खरिद गरेको जनाइएको छ। सुन्तला ब्लक बिस्तारका लागि तीन वडाका कृषि समूहलाई समेटेर सञ्चालन समिति बनाइएको थियो।  

समितिका अनुसार सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालनकाक्रममा किसानले ५० प्रतिशत लागत सहभागिता वापतको रकम बेहोरेका छैनन्। तर सुन्तला रोप्नका लागि किसानले खाल्डो खने। लागत सहभागिता अन्तरगतको पैसा नबेहोरेका तर बिरुवा रोप्ने खाल्डो खनेका किसानले ज्ञान केन्द्रबाट निकासा भएको रकम पाउनुपर्ने माग गरिरहेको बताइएको छ। सुन्तला ब्लक बिकास समितिका अध्यक्ष राईले भने कोभिड महामारीका कारण मल र खाल्डो खनेवापतको रकम वितरण गर्न नसकिएको बताए। ‘सुन्तला ब्लकको रकममा अनियमितता भएको होईन, त्यो रकम हामीसँग छ। किसानलाई वितरण गर्न बाँकी नै छ,’ राईले भने, ‘रकम वितरणमा ढिला भएको हो तर ढिलाइ हुनुका कारण छ। यसमा राजनैतिक दुरासय राखेर आक्रमण गर्ने काम भएको छ।’ 

ब्लक बिकास समितिका अध्यक्ष राईले मल खरिद गरेर ल्याउने निर्णय भए पनि किसानलाई भड्काएर रकम नै माग्न लगाइएको दावी गरे। ‘किसानलाई नगद दिँदा सम्बन्धित ठाउँमा खर्च नहोला भनेर मल नै वितरण गर्ने निर्णय गरेका थियौँ। १७ टन मल पनि अर्डर गरेका थियौँ,’ राईले भने, ‘किसानलाई नगद दिँदा सम्वन्धित ठाउँमा खर्च नहोला भनेर मल नै वितरण गर्ने निर्णय गरेका थियौँ । १७ टन मल पनि अर्डर गरेका थियौँ,’ राईले भने, ‘तर कोभिडका कारण ल्याउन सकिएन । लागत सहभागीताको योजना भए पनि यसमा किसानको ५० प्रतिशत लगानी छैन । श्रमदानमा खाल्डो खनेर त्यही ५० प्रतिशत लागत सहभागीता पुर्ती गरेका छौँ ।’

कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले सम्झौता अनुसारको काम भएपछि सुन्तला ब्लक बिकास कार्यक्रमको रकम भुक्तानी दिएको बताए। ‘समितिले स्टीमेट अनुसार काम ग¥यो। भर्पाइ आफै बनाए वा सम्बन्धित व्यक्तिबाट बनायो त्यो थाहा भएन।’ प्रमुख राईले भने, ‘भुक्तानी दिएपछि के–के गरे त्यो समिति नै जवाफदेही छ। खाल्डो खनेको पैसा किसानलाई दिन बाँकी छ भन्ने सुन्नमा आएको छ।’ कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७६/०७७ मा उपलव्ध गराएको बजेटबाट याम्खामा सञ्चालन गरिएको नमूना कृषि फर्म स्थापना सहयोग कार्यक्रममा योजनामा सम्पन्न नभै भुक्तानी दिएको र अन्तिम अनुगमन प्रतिबेदनभन्दा बढी रकम भुक्तानी दिएको पाइएको गाउँपालिका अध्यक्ष राईले बताए। यसले अन्य स्थानीय तहमा सञ्चालन भइरहेको योजनाको पारदर्शीतामाथि पनि प्रश्न उठाएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस