बुधबार बर्दियामा थप तीन जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको ९५ जनाको परीक्षणमा ३ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको हो।
पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय बर्दियाका २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। यस सँगै कुल प्रहरी संक्रमितको संख्या २३ पुगेको छ। संक्रमित प्रहरीहरु आइसोलेसनमा बसिरहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख लिलाधर अधिकारीले बताए।
प्रहरीहरुलाई संक्रमण देखिएसँगै जिल्ला सदरमुकामको बजार व्यवस्थापनको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको उनले बताए।