पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९७ जना, भक्तपुरमा ९३ जना र ललितपुरमा ११२ जनामा संक्रमण देखिएको हो।
देशभर १५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १ हजार ५७ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म ७७ हजार ८ सय १७ जनामा संक्रमण भएको छ भने ४२८ जनाको मृत्यु भएको छ।