खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैलेकी आस्था राई हरेक बिहान कम्प्युटर सिक्नका लागि तालिम हलमा पुग्छिन्। आफ्नो घरायसी काम थाँती राखेर उनी हस्याङ–फस्याङ गर्दै बिहान साढे ६ बजे अगावै तालिम हलमा पुग्छिन् र साथीहरुसँग कम्प्युटरको किबोर्ड खेलाउन थाल्छिन्। उनले दैनिक बिहान साढे ६ बजेदेखि साढे ७ बजेसम्म कम्प्युटरको माउस र किबोर्डमा औंला चाल्न थालेको तीन महिना बित्न लागेको छ। हाल सरसर्ती नेपाली र अंग्रेजी टाईप गर्न जानेको आस्था बताउँछिन्।
यस्तै, अर्खौलेकै पवित्रा रम्तेल पनि बिहान–बिहान कम्प्युटर तालिम सञ्चालन भइरहेको महिलाको सामुदायीक भवनमा पुग्छिन्। कम्प्युटर तालिममा सहभागी हुनका लागि उनी पानीपँधेरो र घाँसपातको काम छाडेर हलमा पुग्छिन्। तालिमका दौरान आफूमा कम्प्युटरमा ‘काम चलाउ’ टाईप गर्ने सीप विकास भएको रम्तेलले बताईन्।
महिला लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालय अर्खौलेले लकडाउनकैबीचमा तीन महिने आधारभुत कम्प्युटर तालिम आयोजना गरेपछि अर्खौलेका ६४ जना महिलाले कम्प्युटर सिक्ने अवसर पाएका छन्। अधिकांश महिला लक्षित कार्यक्रम सिलाई कटाई, बनाई जस्ता तालिममा केन्द्रित गर्ने गरिएकामा अर्खौलेमा भने महिलाका लागि आधारभुत कम्प्युटर तालिम सञ्चालन गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताईन्। महिलाका लागि विनियोजित चार लाखमध्ये दुई लाखमा चार वटा कम्प्युटर र एक थान ल्यापटप खरिद गरेर कम्प्युटर तालिम आयोजना गरिएको हो।
हाल सबैका लागि अनिवार्य बनिसकेको आधारभुत कम्प्युटर तालिम गत असार १३ गते उद्घाटन गरिएको थियो। कम्प्युटर सम्बन्धी महिलाको क्षमता र दक्षता अभिबृद्धिका लागि आयोजित तालिममा सहभागीको संख्या बढी भएकाले बिहान र दिउँसोको सिफ्ट बनाइएको वडा कार्यालयले जनाएको छ। ‘एक वडा एक सहकारी’ स्थापनाको अभियान थालिएको नगरपालिकामा सहकारी स्थापनापछि कम्प्युटर चलाउनु पर्ने भएकाले पनि कम्प्युटर तालिम फलदायी हुने अपेक्षा गरिएको नगरपालिकाका उपप्रमुख राईले बताईन्। ‘महिलालाई सँधै सिलाई कटाई जस्ता तालिम दिने गरिएको छ। तर नयाँ–नयाँ टेक्नोजोलीका बारेमा पनि ज्ञान दिनुपर्छ भनेर कम्प्युटर तालिम आयोजना गरिएको हो,’ नगरप्रमुख राईले भनिन्, ‘केही समयपछि स्थापना हुने महिला सहकारी सञ्चालनकाक्रममा पनि कम्प्युटर सम्बन्धी सीपले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ।’
नगरपालिकाको आईटी शाखाले कम्प्युटर तालिममा प्रशिक्षणको व्यवस्था मिलाएको छ। सहभागी धेरै जना भएकाले एक सिफ्टमा १० जनालाई राखेर तालिम सञ्चालन भइरहेको वडा कार्यालयले जनाएको छ।