ताप्लेजुङ सदरमुकाम फुङलिङको बीरेन्द्र चौकमा सञ्चालित होटलमार्फत असामाजिक कृयाकलाप गरेको अभियोगमा प्रहरीले होटल सञ्चालकसहित २ जनालाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, होटल सञ्चालनका नाममा असामाजिक क्रियाकलाप सञ्चालन गर्ने र त्यसका कारण शान्तिसुरक्षामा असर पुग्ने भन्दै प्रहरीले होटल सञ्चालक महिला र एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले पक्राउ परेका २ जनामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी कारवाही अघि बढाईएको जानकारी दिए। होटल सञ्चालनका नाममा असामाजिक क्रियाकलाप हुने र समाजमा प्रतिकुल असर परिरहेको जानकारी आएपछि प्रहरीले गरेको ‘सर्च’अभियान सञ्चालन गरेको थियो।
प्रहरीले असामाजिक क्रियाकलाप हुने गरेको भन्दै अन्य क्षेत्रबाट आईरहेका गुनासोहरुका बारेमा थप सम्वेदनशिल भएर अनुसन्धान गरिरहेको समेत जानकारी दिएको छ।