वीरेन्द्रनगर–१२, चनौटेका रामप्रसाद जैसी रोजगारीका लागि भारत गए। विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोजगारी छाडेर जेठमा घर फर्किए। घरमा श्रीमती नैनसराले पनि सिजनअनुसारका फलफूल बिक्री वितरण गर्थिन्। दुवैजनाको आम्दानीले परिवार पाल्न सहज थियो। कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) र त्यसपछि बेलाबेलाका निषेधाज्ञाले नैनसराको पनि व्यापार ठप्प भयो। अनि रोजीरोटीमा समस्या भयो।
थोरै भारतबाट कमाइ ल्याएको पैसाले जेनतेन घरपरिवार चल्यो। रोजगारी खोसिएको करिब ६ महिनापछि नैनसरा पुनः पहिलेकै व्यवसायमा फर्किएकी छिन्। दैनिक बेलौती (अम्बा, लताम) बिक्री गर्छिन्। लकडाउनसँगै निषेधाज्ञा हटेपछि उनी काममा त फर्किइन् तर पहिले जस्तो आम्दानी छैन। जेनतेन परिवार चलाउन लकडाउन र निषेधाज्ञाको जस्तो समस्या पनि हटेको छ। बलौती बिक्रीबाट दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताइन्। ‘पहिलेजस्तो बिक्री हुँदैन,’ उनले भनिन्, ‘तर घर खर्च चलाउन सहज भएको छ।’
त्यस्तै वीरेन्द्रनगर–१, की रत्नकला सापकोटा पनि काममा फर्किएकी छिन्। घरमा खान समस्या भए पनि छरछिमेकको डरले गर्दा उनी लकडाउन र निषेधाज्ञा अवधिमा कामका लागि बाहिर निस्केनिन्। ‘कामका लागि बाहिर निस्किँदा कोरोना भाइरस संक्रमण फैलिने डर त थियो,’ उनले भनिन्, ‘तर त्योभन्दा छरछिमेकको थियो।’ ‘काममा गएकीलाई कोरोना भाइरस संक्रमण हुनेभन्दै गाउँलेले फरक ढंगले हेर्न थालेपछि कामका लागि गएन,’ उनले भनिन्, ‘जेनतेन परिवार चलाए।’ ‘पहिला निर्माण कार्य पनि रोकिएका थिए,’ उनी भन्छिन्, ‘अहिले सुचारु हुँदा काम पनि पाइन्छ।’
अहिले लकडाउन र निषेधाज्ञापछि काममा फर्किएको उनको भनाइ छ। पहिलाजस्तो काम नपाए पनि अहिले परिवार पाल्न ठीकै भएको उनले बताइन्। ‘लकडाउन र निषेधाज्ञाको बेला परिवार पाल्न समस्या भयो,’ मजदुर तारा रेग्मीले भनिन्, ‘अहिले केही सहज भएको छ।’ सरकारले लकडाउनमा राहतसमेत अपुग दिएको दैनिक ज्यालादारी गरेर खाने मजदुरहरु बताउँछन्। अहिले सबै मजदुर काममा नफर्के पनि प्रायः जसो मजदुर कामका लागि धाउन थालेका छन्।
यतिबेला रोजगारीका लागि भारतलगायतका देशमा गएका कतिपय गाउँघरमै रोजगारी गर्न थालेका छन्। कोरोना भाइरसको त्रासले ठप्प बनेको बजार खुलेका छन्। रोकिएका निर्माण कार्य सुरु भएका छन्। जसले मजदुर गरेर परिवार पाल्न सहज बन्दै गएको छ। लकडाउन र निषेधाज्ञाले दैनिक मजदुरी गरेर खाने वर्ग समस्यामा पर्दै आएको थियो।
कोरोना भाइरसको न्यूनीकरण नभए पनि सरकारले लकडाउन र निषेधाज्ञा हटाएकाले अहिले बजारमा चहलपहलसमेत बढेको छ। बजार पुरानैस्थितिमा आउन थालेको छ।