टेलिकम भन्ने बित्तिकै त्यहाँ काम गर्ने जनशक्ति बढी प्राविधिक र कम प्रशासनिक हुन्छन्। त्यहिँ प्राविधिक जनशक्तिले टेलिकमको सबै प्राविधिक समस्यालाई हल गर्ने हुन्। तर हिमाली जिल्ला ताप्लेजुङमा भने टेलिकमले दिएको सुबिधाप्रति सेवाग्राहीले आपत्ति मात्र उठाएका छैनन्, प्राविधिक जनशक्ति मानिने कार्यालय प्रमुखसहितको रिक्त दरबन्दीमा पदपूर्ति गरी सेवा प्रभावकारी बनाउन सरकारको गुहार मागेका छन्।
सेवाग्राहीकातर्फबाट पत्रकार महासंघ ताप्लेजुङ शाखा र कम्युटर एसोशिएसन महासंघ(क्यान)ले यहाँका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईमार्फत नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सेवाको गुणस्तर सुधारका लागि ध्यानाकर्षण पत्र बुझाईएको छ। पत्रकार महासंघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्दाक‘प्रयास’ले टेलिकममार्फत वितरित सेवामा सामान्य समस्या देखापर्दा समेत तत्काल समाधानको उपाय नखोजेर टेलिकम ताप्लेजुङ शाखाको नेतृत्व टोलीले कमजोरी गरिरहेको बताएका छन्।
उनले पछिल्ला दिनहरुमा टेलिकमद्धारा वितरित एडीएसएल सेवामा आएको खरावी सच्याउनेतर्फ टेलिकम ताप्लेजुङ शाखाको नेतृत्व सम्बेदनशिल नभएको समेत बताए। टेलिकमको ताप्लेजुङ शाखा निमित्तको भरमा चलिरहेको छ। बिगत लामो समयदेखि वीरेन्द्र चेम्जोङले नेतृत्व गरिरहेको टेलिकममा प्राविधिक क्षमतासहितको कार्यालय प्रमुखको पदपूर्ति गर्न क्यानले सरकारको ध्यानाकर्षण गरेको छ। क्यान महासंघ ताप्लेजुङका अध्यक्ष बिष्णुकुमार हाङ्वाङ लिम्बूले पटक–पटक समस्या देखा पर्दा समेत टेलिकमले चासो नदेखाएर सेवाग्राहीलाई हैरानी पारेको बताए।
सूचना र प्रविधिकै भरमा हुनुपर्ने अधिकांश काम कारवाही रोकिएर सेवाग्राहीले पाएको हैरानी शब्दमा उल्लेख गर्न नसकिने प्रकृतिको हुन थालेको भन्दै टेलिकमको सेवा गुणस्तरीय, भरपर्दो र बिश्वसनीय बनाउने काममा सघाउन उनले संघीय सरकारलाई नै गुहार्न बाध्य हुनु परेको सुनाए। एडीएसएलसहितको टेलिकमद्धारा वितरित सेवा प्रभावकारी नभए सेवाग्राही यस विरुद्ध सडकमै देखा पर्नेतर्फ सम्बधित निकायले बेलैमा ध्यान दिनुपर्ने उनको भनाई छ। ताप्लेजुङमा एडीएसएल बाहेक इन्टरनेट सेवाको अर्को भरपर्दो बैकल्पिक व्यवस्था छैन।
इन्टरनेट सेवा प्रदायक सुबिसुको सेवा सञ्चालनमा रहेपनि यहाँको सेवा प्रवाह भरपर्दो नभएको सेवाग्राहीको गुनासो छ। यहिँ अवस्थामा टेलिकमको सेवा समेत ठप्प प्राय हुँदै गएकोले बाध्य भएर संघीय सरकारसहितका निकायको ध्यानाकृष्ट गराउनु परेको पत्रकार महासंघका कार्यवाहक जिल्ला अध्यक्ष पन्दाकले जानकारी दिए।