कर्णाली नदीमा बिहीबार दिउँसो दाउरा बटुल्न गएका अर्का एकजना मृत फेला परेका छन्। दाउरा बटुल्न जादा ३ जना बेपत्ता भएकामध्ये ४० वर्षीय बलबहादुर रोकाय पनि मृत फेला परेका हुन्।
बलबहादुर रोकायको शव गेरुवा गाउँपालिका वडा नं. ४ स्थित जोधिपुर घाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ। यसअघि भरत रोकाय मृत फेला परेका थिए।
१४ वर्षीय पबि रोकाय भने अझै बेपत्ता रहेको र खोजी कार्य तीव्र रुपमा भइरहेको प्रहरीले जानकारी गराएको छ। खोेजी कार्यका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो।