रुपन्देहीमा आज कोरोनाका ६६ जना संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार जिल्लाका ८ वटा पालिकामा ६६ जना कोरोना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।
कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार सबैभन्दा धेरै जिल्लाको दक्षिणी पालिका रोहिणी गाउँपालिकामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ११ जना महिला र १४ जना पुरुष छन्। सैनामैना नगरपालिकामा आज ९ जना संक्रमति थपिएका छन्। सिद्धार्थनगर नगरपालिकामा ८ जना, कञ्चन गाउँपालिकामा र सुद्धोधन गाउँपालिकामा ६/६ जना संक्रमित थपिएका छन्।
बुटवल उपमहानगरपालिकामा ५ जना र तिलोत्तमा नगरपालिकामा २ जना संक्रमित थपिएका हुन्। यससंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २७ पुगेको छ। बुटवलको कोरोना अस्पालमा उपचाररत दुई जना संक्रमितको आज मृत्यु भएको छ। मृतकमध्ये एकजना बुटवलका पुरुष र एक जना नवलपरासीकी महिला हुन्।
संक्रमितको संख्या थपिदै गएपनि सीमित व्यापारीको दबावमा स्थानीय प्रशासनले भने भोलिदेखि दिनभर बजार खोल्ने गरी खुकुलो निषेधाज्ञा जारी गरेको छ।