विराटनगर–१३ स्थायी घर भएका ३९ वर्षीय डाक्टर सुजितकुमार साहको परिवारले उनको मृत्यु भएको घटनालाई निष्पक्ष छानबिनका लागि उजुरी दर्ता गराएका छन्।
भारतको हरियाणा राज्यको गुडगाउँस्थित मेदान्त अस्पतालमा कार्यरत साहको मृत्यु प्रकरणको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि परिवारले विराटनगरस्थित राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गराएका छन्। मृतक डा.साहकी आमा फूलकुमारी साहले आयोगको साथै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरलगायत अन्य विभिन्न संस्थामा छानबिनका लागि पहल गरिदिन अनुरोध गर्दा निवेदन दिएकी छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ का संयोजक सोमराज थापाले पीडित परिवारलाई इन्सेकसँगै मानव अधिकार आयोगमा निवेदन पठाउन सुझाव दिएको बताए। थापाले भने, ‘मानवअधिकार आयोगमार्फत प्रभावकारी रूपमा भारतकै आयोगमा छानबिनका लागि कुरा राख्न सकिने हुदाँ घटनाको जानकारी गराउन सुझाव दिएको हो।’
मृतक साहका काकाको छोरा दाइ रोबिन साहका अनुसार दिल्लीमा उनको मृत्युबारे सत्यतथ्य र निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायमा भनेको बताए। साह र उनकी श्रीमती लक्ष्मीबीच ‘डिभोर्स’ हुने अवस्थामा आत्महत्याको खबर रहस्य बनेको परिवारले बताएको छ।
दिल्ली पुगेका साहका पिता नरेन्द्र, भाइ सन्दीप र काका अजय साहले दिल्लीमै शवको दाहसंस्कार गरे। उनीहरूले दिल्ली प्रहरीमा घटनाबारे एफआइआर (उजुरी) दर्ता गराएको रोबिनले जानकारी दिए।
मृतक साहकी श्रीमती डाक्टर लक्ष्मी पश्चिम बंगालस्थित दुर्गापुरीमा कार्यरत छिन्। भदौ १० गते (अगष्ट २६)मा दिल्लीस्थित साहको घरमा पुगेर लक्ष्मीले डिभोर्स गर्न चाहेको र अदालतमा निवेदन दिएको बताएको परिवारले बताएका छन्। विराटनगर घरमा पिता नरेन्द्र साहलाई बुहारीले डिभोर्स गर्न लागेको जानकारी गराएका थिए।
परिवारका अनुसार दुई जनाको डिभोर्सको कुरा आएपछि बुहारी लक्ष्मीलाई कुरा गर्न कयौं पटक फोन गर्दा सम्पर्क हुन सकेन। भदौ १७ गते ‘डिभोर्स’ मुद्दाको अदालतमा पेशी रहेको थियो। तर, भदौ १६ गते मंगलबार आफ्नो अपार्टमेन्टबाट हाम फालेर साहले आत्महत्या गरेको घटना सार्वजनिक भयो।
मृतक साह मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपण शल्यचिकित्सकका रूपमा काम गर्दै आएका थिए।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...