पर्सामा थप २ जना कोरोना संक्रमितको मृत्यु
२० भदौ २०७७
•
१ मिनेट पाठ
पर्सामा थप २ जना कोरोना संक्रमितको मृत्यु
पर्सामा कोरोना भाइरसबाट संक्रमित थप २ जना वृद्धहरुको मृत्यु भएको छ। वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लैजादै गर्दा एक जना ७७ वर्षीय वृद्धको बाटोमै मृत्यु भएको हो भने अर्का ७५ वर्षीय वृद्धको वीरगन्जमै उपचारको क्रममा मृत्यु भएको हो। यससंगै पर्सामा कोरोना संक्रमित मृतकहरुको संख्या ४१ पुगेको छ।  




जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगन्जको नारायणी वयोधा अस्पतालबाट थप उपचारका लागि काठमाडौं पठाइएका एक कोरोना संक्रमितको बाटोमै मृत्यु भएको हो। वीरगन्ज महानगरपालिका–१० घर भएका ७७ वर्षीय पुरुषको शुक्रबार राति काठमाडौं लैजाने क्रममा मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ। वृद्धमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रसाशकीय अधिकृत विनय श्रीवास्तवले बताए।  

त्यसतै गण्डक अस्पतालमा संचालित नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पछिल्लो १५ दिनदेखि उपचार गराइरहेका एक कोरोना संक्रमित वृद्धको शुक्रबार राति नै मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ। पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ७५ वर्षीय पुरुषको शुक्रबार राति साढे ११ बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जनाएका छन्।  

संक्रमण पुष्टिपछि ती वृद्ध गत भदौ ५ मा नारायणी अस्पताल मातहतको अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएका थिए। विगतमा उनी क्षयरोगबाट पीडित रहिसकेका थिए भने पछिल्लो समय उनका निमोनिया देखिएको थियो।
अर्को समाचार
पर्सामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
१४ साउन २०७७
•
१ मिनेट पाठ
पर्सामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
पर्सामा थप दुई जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ल अधिकारी ललितकुमार बस्नेतले एक जनाको गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा र अर्कोको वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताए पुष्टि गरे ।  




गण्डकस्थित कोभिड अस्पताल ६ दिनदेखि उपचाररत भर्ना रहेका वीरगन्जका एक ६८ वर्षीय कोरोना संक्रमितको बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको थियो । वीरगन्ज महानगरपालिका–७ रेशमकोठीका ६८ वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो । अस्पतालका डाक्टर निरजकुमार सिंहका अनुसार बृद्ध वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा भर्ना रह्दा स्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएका बृद्धमा पहिलोदेखि मुटु रोगको समस्या थियो ।  

त्यस्तै नेशनल मेडिकल कलेजमा पखाला लागेर उपचारका लागि भर्ना रहेका एक जना बृद्धको बुधवार बिहन मृत्यु भएको छ भने साँझ आएको उनको स्वायब परिक्षण रिपोर्टमा कोरोना पोजेटिक भेंटिएको छ । ७१ वर्षका पुरुष झडा पाखालाको मेडिकल कलेज पुगेको बेला उपचारका क्रममा उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट नआउँदै बुधबार विहान उनको मृत्यु भएको छ । 

बुधबार साँझ आएको रिपोर्ट कोरोना पोजेटिभ छ । उनको पहिलोदेखि मिर्गौलामा समेत समस्या देखिएको थियो । ८ दिनयता वीरगन्जमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस