जिल्ला मालपोत कार्यालय सुर्खेतको मूल गेट अगाडि सेवाग्राहीको बाक्लो घुइँचो छ । उनीहरू कुपनका लागि तछाडमछाड गरिरहेका छन् । मूलगेटभित्र कार्यालयको झ्यालझ्यालमा पनि उत्तिकै घुइँचो छ । कार्यालयभित्रका कर्मचारीहरू स्वास्थ्य सुरक्षा विधि नअपनाएरै काममा व्यस्त देखिन्छन् । यो दृष्य देख्दा लाग्छ, ‘विश्वभरि फैलिएको कोरोना भाइरस संक्रमणको यहाँ कुनै जोखिम छैन ।’
यहाँको अव्यवस्थित घुइँचोले कोरोना भाइरसको त्राससँगै जोखिम बढाएको छ । भीड व्यवस्थापन हुन नसक्दा यहाँ अव्यवस्थित घुइँचो लाग्ने गरेको छ । कोरोना भाइरस समुदायस्तरमै देखिएकाले यहाँ काममा आउने सेवाग्राही त्रासका बीच सेवा लिन बाध्य छन् । कोरोना संक्रमण हुन नदिन निश्चित दुरीसमेत कायम नहुँदा एकबाट अर्काेमा सहजै सर्न सक्ने स्थिति रहेको वीरेन्द्रनगर नगरपालिका–९ पातलगंगाका चन्द्रबहादुर खत्रीले बताए । ‘सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) र स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पूर्णरूपमा पालना गरेर यति लामो समयसम्म घरमै बसेको थिएँ,’ उनले भने, ‘तर यहाँ आउँदा त्यसरी सुरक्षित बसेको कुनै अर्थ भएन ।’ मालपोतमा आउने एउटामा मात्र कोरोना संक्रमण भए अरुमा सहजै सर्न सक्ने उनको भनाइ छ ।
घरमा सुरक्षित बसे पनि यहाँ आउँदा ठूलो त्राससँगै जोखिम बढेको वीरेन्द्रनगर नगरपालिका–११ पीपीराका भक्तिराम खत्रीले बताए । ‘भीडमा नजाऊ काम नहुने,’ उनी भन्छन्, ‘जाऊ कोरोनाको जोखिम ।’ व्यवस्थित ढंगले भीड व्यवस्थापन गरेर कोरोनाको जोखिम कम गर्न सकिने उनले बताए । सरकारी कार्यालयमा यस्तो स्थिति भएपछि यहाँ आउने सर्वसाधारणले के सिक्ने भन्दै वीरेन्द्रनगर नगरपालिका–२, पीपीराकी तारा रेग्मीले भनिन्, ‘सेवाग्राहीले यहाँबाट सुरक्षित रहने विधि सिकेर जाने वातावरण हुनुपथ्र्याे । तर त्यस्तो रहेन ।’ यसरी सेवा दिनुभन्दा रोक्नु पर्ने उनले बताइन् । ‘कोरोना न्यूनीकरण नहुँदै सरकारी कार्यालयमा यस्तो भीड छ,’ उनले भनिन्, ‘सेवाग्राहीको अव्यवस्थित भीड हुँदा सरकारले लगाएको लकडाउन र प्रशासनले गरेको निषेधाज्ञाको कुनै अर्थ छैन ।’
मालपोत कार्यालयले भीड व्यवस्थापनका लागि कुपन लिने व्यवस्था मिलाएको छ । दैनिक ५० वटा कुपन वितरण गर्ने र उनीहरूको काम हुने जिल्ला मालपोत कार्यालयकी प्रमुख लक्ष्मी खत्रीले बताइन् । मालपोतको भीडलाई सकेजति कम गर्ने प्रयास गरेको उनले जनाइन् । अव्यवस्थित भीड हुँदा प्रहरीको समेत सहयोग मागिएको उनको भनाइ छ ।
‘सामाजिक दुरीका लागि गोलो घेरा पनि बनाएका थियौं,’ उनले भनिन्, ‘तर यहाँ आउने भीडले उक्त घेराको प्रवाह गरेन् ।’ कार्यालयभित्र आउँदा साबुन, पानी र सेनिटाइजर व्यवस्था गरिए पनि सेवाग्राहीले प्रयोग नगरेको उनको भनाइ छ । ‘सर्वसाधारण पनि जोखिमको ख्याल गर्दै दुरी कायम गर्नुपर्ने हो,’ उनी भन्छिन्, ‘तर सेवाग्राहीले पनि त्यस्तो गर्दैनन् ।’ यसरी सेवाग्राहीको भीड हुँदा सेवाग्राही मात्र नभएर कार्यालयका सबै कर्मचारी कोरोनाको जोखिममा रहेको उनको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मालपोतको भीड कम गर्ने रणनीति बनाउन थालेको बताएका छन् । ‘अन्य कार्यालयभन्दा मालपोतमा भीड धेरै छ,’ उनले भने, ‘यसका लागि हामी रणनीति बनाउँदै छौं ।’
मालपोतको काम सम्पन्न गर्न दुई दिनसम्म लाग्दा पनि मान्छेको भीड बढेको उनले बताए । काममा ढिलो हुँदा पनि सेवाग्राहीहरू दिनानुदिन थपिँदै जाँदा मालपोतमा जोखिमसँगै त्रास बढ्दै गएको उनले बताए । ‘फोनमार्फत नाम टिप्ने र पालो आएपछि बोलाउने भन्ने विषयमा छलफल हुँदैछ,’ उनले भने, ‘यस्तो भयो भने सेवाग्राही कार्यालयमा आउनु पर्दैन । सीधैं घरबाट नाम टिपाउने र आफ्नो पालो आएको दिन आए पुग्छ ।’ यसले गर्दा कोरोना संक्रमणको जोखिम हुने उनको भनाइ छ । अहिले अव्यवस्थित घुइँचोले जोखिम बढाएको उनले जनाए ।