अस्पताल चहार्दा चहार्दै गर्भवतीको मृत्यु
१९ भदौ २०७७
•
२ मिनेट पाठ
अस्पताल चहार्दा चहार्दै गर्भवतीको मृत्यु
क्याप्शन
मोरङ कानेपोखरीकी एक गर्भवती महिलाले समयमा स्वास्थ्य उपचारको सेवा नपाउँदा मृत्यु भएको। कोरोना भाइरसको त्रासले गर्दा विराटनगरका ठूलो अस्पतालले उपचार गर्न नमानेपछि महिलाको ज्यान गएको हो।




सात महिनाको गर्भवती महिला कानेपोखरी–५ की २३ वर्षीया सविना थापा (दर्जी) मंगलबार राति १० बजेतिर शौचालय जाँदा लडेर घाइते भएकी थिइन्। राति सामान्य अवस्थामा रहेकी सविना लडेको २४ घण्टापछि (बुधबार)स्वास्थ्यमा समस्या आएपछि राति नै उपचारका लागि विराटनगर ल्याइएको परिवारले बताएका छन्।  

सविनाको पाँच वर्षअघि भरत दर्जीसँग अन्तरजातीय प्रेम विवाह भएको र उनीहरूको पहिलो सन्तान चार वर्षकी छोरी छन्।  

‘सविनालाई समस्या भएपछि उपचारका लागि बुधबार राति नै विराटनगर ल्याएका थियौं,’ सविनाकी दिदी (आमाजू) दुर्गा सन्दासले भनिन्, ‘यहाँको ठूला भनिएका ६ वटा अस्पताल रातभरि घुम्यौं। तर, कसैले पनि उपचार गर्न मानेनन्। गेटबाट फर्काइ दिए।’ विराटनगरको सरकारीदेखि निजी ठूला अस्पतालले उपचार गर्न नमानेपछि धरानस्थित बिपी कोइराल अस्पताल लग्यौं सुन्दासले भनिन्, ‘विराटनगर पुर्‍याउना साथ सविनाले उपचार पाएकी भए बाच्ने थिइन्। धरान आइपुग्दा ढिला भयो र ज्यान गयो।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार प्रशासन कार्यालयमा विराटनगरका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई बोलाएर छलफल गरेका थिए। त्यसक्रममा निरौलाले अस्पतालमा बिरामीलाई कुनै बाहना नबनाई उपचार गर्नु र उपचारबाट बञ्चित भएको कुरा आए कारबाही गर्ने बताएका थियो। तर, प्रमुख जिल्ला अधिकारीले दिएको निर्देशनको दुई दिनपछि विराटनगरका अस्पतालबाट स्वास्थ्य उपचारबाटै बञ्चित हुनु परेको घटना सार्वजनिक भएको छ।  

विराटनगरको कोसी, नोबेल, विराट शिक्षण अस्पताल, विराट नर्सिङ होम (विराटनगर), ग्रीनक्रस, सुरक्षालगायतका अस्पतालले उपचार गर्न नमानेपछि बिहीबार बिहान २ः३० बजे एम्बुलेन्समा धरान बिपी प्रतिष्ठानले लगिएको थियो। दुर्गा सुन्दासले भनिन्, ‘धेरै अस्पतालले आइसीयू र भेन्टिलेटर नभएको बहाना बनाए भने कुनैले कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना गर्दैनौं भने।’  

सविनाका श्रीमान भरतले भने, ‘अस्पताल पुर्‍याउना साथ उपचार गर्दिएको भए सात महिनाकी गर्भवती श्रीमती गुमाउनु पर्दैन थियो। तर, विराटनगरका कुनै पनि अस्पतालले उपचार गर्न मानेनन्।’ सरकारी अस्पताल कोसीमा लैजाँदा नर्सहरुले उल्टै हप्काएर। ‘विराटनगरमा उपचार नपाएपछि बिहान पख धरान लग्यौं,’ भरतले भने, ‘बिपी प्रतिष्ठानले आकस्मिक कक्षमा उपचार थाल्दै प्रसूति कक्षमा रेफर गरेर उपचार थालेको आधा घण्टा पनि नहुँदै सविनाको मृत्यु भयो।’ लडेर घाइते भएको बिरामीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु अस्पतालको गम्भीर लापरबाही हो। उनले भने, ‘श्रीमतीको उपचार गर्न नमान्ने सबै अस्पतालविरुद्ध कानुनी कारबाही जानेछु।’  

‘लडेका कारण मृत्यु भएकाले सविनाको शव पोस्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगेका छौं,’ इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले भने, ‘घटनाको अनुसन्धान थालेका छौं भने पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२८ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस