वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने दुवै प्रदेश नं २ का सप्तरी जिल्लाका हुन्। मृत्यु हुने ५५ वर्षीय र ५० वर्षीय पुरुष छन्।
प्रतिष्ठानका अनुसार दिउँसो १ बजेर १५ मिनेटमा राजविराज ७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले रिफर गरेर भदौ ४ गते मेडिसिन वार्डमा भर्ना भएका थिए। उनको भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको र ८ गते कोभिड अस्पतलमा भर्ना भएका थिए।
कोभिड अस्पतालमा आइसियुमा उपचाररत अवस्था उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। मृतकलाई विगत १५ वर्षदेखि मधुमेह र उच्च रक्तचापको समस्या थियो भने पछिल्लो समय रक्तअल्पता, कमजोरी र मधुमेहको समस्या नियन्त्रण हुन नसकेको पनि प्रतिष्ठानले जनाएको छ।
यसैगरि, अर्का ५० वर्षीय मृतक पनि राजविराज ७ कै हुन्। उनी आज दिउँसो १ बजेर २० मिनेट प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना भएका थिए। प्रतिष्ठान आइपुग्दा सिकिस्त अवस्थामा भएको र उनको आज २ बजेर २ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। प्रवक्ता डा.सापकोटाका अुनसार मृतक राजविराज अस्पतालबाट रिफर भएर आएका थिए।
मृतकलाई विगतदेखि नै मधुमेहको समस्या थियो भने पछिल्लो समय ज्वरो, श्वासप्रश्वासमा कठिन, शरीर सिथिल हुने लगायत समस्या भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए।