कोरोना संक्रमणको जोखिममा जिल्ला कारागार सुर्खेतबाट १३ जना कैदीबन्दीलाई बुधबार दाङ कारागारमा स्थान्तरण गरिएको छ। आठजना घोराही र पाँचजनालाई तुल्सीपुरको कारागारमा स्थान्तरण गरिएको हो।
जवरजस्ती करणी मुद्दाका हेमराज गिरी, दिलिप विक, लोकबहादुर कामी, जवरजस्ती करणी उद्योगका निरक थापा, लागुऔषध मुद्दाका शुरज पुरी, रोशन घिसिङ, ज्यान मार्ने उद्योगका सुहन सिंह ढकाल र चोरी सिकारी मुद्दाका टंकप्रसाद उपाध्यायलाई घोराही कारागारमा स्थान्तरण गरिएको जिल्ला कारागार सुर्खेतले जनाएको छ। कारागारका अनुसार लागुऔषधका शेरबहादुर महतारा, सन्तोष बस्याल, हरिबङ बम, चोरी सिकारी मुद्दाका जय दर्लामी मगर र कर्तव्य ज्यान मुद्दाका इन्द्रबहादुर रानालाई तुल्सीपुर कारागारमा लगिएको छ।
बुधबार सामान्य विषयमा विवाद हुँदा कारागारमा झडप भएको थियो। उक्त घटनापछि कारागारमा थप विवादको स्थिति नआओस् भनेर कैदीबन्दीलाई घोराही र तुल्सीपुरमा स्थान्तरण गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।
कैदीबन्दी स्थान्तरणको कारण बुधबारको झडपसँगै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुनु र उनीहरूको चालचलनमा सुधार नआउनुले पनि दाङ स्थान्तरण गरिएको उनले जनाए। ५० जना क्षमताको जिल्ला कारागार सुर्खेतमा हाल दुई सय ८० जना कैदीबन्दी तथा थुनुवा छन्।
हाल सुर्खेतबाट दाङ स्थान्तरण गरिएका कैदीबन्दीलाई क्वारेन्टिनमा राखिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। ‘कोरोना संक्रमणको जोखिम भएकाले कारागारमा अरुसँग राखेका छैनौं,’ उनले भने, ‘केही समय क्वारेन्टिनमा राखेपछि अरुसँग सँगै बसाल्छौं।’