भारतमा बसी नेपालमा आपराधिक क्रियाकलापमा संलग्न भएका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको ‘मोस्ट वानटेड’ सूचीमा रहेका ती भारतीयलाई शनिबार विराटनगरको सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ।
बिहारको अररिया जिल्लाअन्तर्गत इन्द्रनगर ग्राम पञ्चायत–१० टिकुलिया टोलका ३९ वर्षीय बग्गा भन्ने प्रदीप यादवलाई विराटनगरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। हातहतियार तथा लागुऔषध मुद्दामा फरार भएका यादव नेपाल प्रहरीको अत्याधिक खोजी सूचीमा रहेका थिए। प्रहरीको मुख्य खोजी सूचीमा परी फरार रहेका यादवलाई प्रहरी शनिबार सीमा क्षेत्र विराटनगर–१६ दरैयाबस्तीबाट लागुऔषधसहित पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।
डाइलेक्स डिसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाइट्राभेट ५१ चक्की लागुऔषधसहित यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। विराटनगरको दरैयाबस्ती र मटेरुवा तस्करीले प्रयोग गर्ने मुख्य नाका हो।
२०७५ मंसिर ३ गते विराटनगर–१६ हुलास मेटल चोकबाट हतियार र गोलीसहित पक्राउ परेका उदयपुरको उदयपुरगढी–१९ का मन्दीप तामाङमार्फत यादवले सुनसरी दुहबी–५ हाल इटहरी–१२ खनारका सुशीलकुमार साहु दिन पठाएका थिए। तामाङका साथबाट प्रहरीले मेडइन युएसए लेखेको अटोमेटिक पेस्तोल र पेस्तोलको केएपफ ८३ लेखिएको ४ थान गोली बरामद गरेको थियो। त्यस्तै ०७५ मंसिर ८ गते यादवले धरान घर भई ललितपुर–४ मा डेरा गरी बस्ने रूपम राई दिन भनि पठाएको हतियार र लागुऔषधसहित तीन जनालाई प्रहरीले विराटनगरस्थित बसपार्कबाट पक्राउ गरेको थियो।
यादवको भरियाका रूपमा रहेका विराटनगर–१६ का विध्यानन्द मण्डल र अनुप गिरीलाई ३८० एम्पुल लागुऔषध, १०५ ग्राम ११० मिलीग्राम ब्राउन सुगर लागुऔषध शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र ओके ९२ जेट÷८ एमएम लेखिएको २ राउण्ड गोलीसहित सामान लिन आएका राई पक्राउ परेका थिए। प्रहरीका अनुसार यादवले भरियामार्फत हतियार र लागुऔषधको कारोबार गर्दै आएको र शनिबार सीमा क्षेत्र पार गरेर विराटनगर आएको मौकामा प्रहरीले पक्राउ गरेको जनाएको छ।
भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषध कारोबारको सञ्जाल विस्तार गर्दै आपराधिक कार्यमा संलग्न भएको डिएसपी राईले बताए। पक्राउ परेका यादवले कारोबारको मुख्य थलो प्रदेश १ र २ बनाएको प्रहरीले जानकारी दिएको छ।