प्रदेश २ मा बुधबार एकैदिन ३ सय ९२ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार ८ सय ९२ पुगेको छ। देशभर एकैदिन थपिएका संक्रमितको संख्यामध्ये ५८ प्रतिशत यसै प्रदेशका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी पर्सामा १ सय ९६ जना संक्रमित थपिएका छन्। यससँगै पर्सामा कूल संक्रमितको संख्या १ हजार ६ सय ३९ पुगेको छ। बारामा २४ जना थपिएसँगै कूल संक्रमित ५ सय १८ जना पुगेको छ। रौतहटमा ३७ जना थपिएसँगै कूल संक्रमितको संख्या १ हजार ५ सय ६ पुगेको छ। सर्लाहीमा ८९ जना थपिएसँगै कूल संक्रमित १ हजार ५६ पुगेको छ।
महोत्तरीमा ९ जना थपिएसँगै कूल संक्रमित १ हजार ४५ पुगेको छ। धनुषामा २७ जना थपिएसँगै कूल संक्रमित १ हजार १ सय ५२ पुगेको छ। सिरहामा ९ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८९ पुगेको छ। सप्तरीमा १ जना थपिएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।
प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ। बुधबार पर्सा जिल्लाका ४० वर्षीया महिला, ६० र ८६ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। बुधबार ८६ जना निको भएर घर फर्केसँगै घर फर्किनेहरुको संख्या ३ हजार ८ सय ७६ पुगेको छ।