तीज र महोर्रममा कडाई गर्दे बर्दिया प्रशासन
३२ साउन २०७७
•
१ मिनेट पाठ
तीज र महोर्रममा कडाई गर्दे बर्दिया प्रशासन
हिन्दु महिला धर्मावलम्बीको तीज र मुस्लिमको महान चाड महोर्रममा स्थानीय प्रशासनले जमघट हुन नदिन कडाई गर्ने भएको छ। प्रशासनले कोरोना परीक्षणको दायरा फराकिलो बनाएसँगै समुदायमा संक्रमित देखिएपछि चाडवाँडले कोरोना समुदायस्तरमा भयावह हुने देखिेपछि जमघट हुन नदिन कडाई गर्ने भएको हो।  




स्थानीय प्रशासनले २५ गतेदेखि आइतबारसम्म निशेधाज्ञा जारी गरेको छ। पुनः लकडाउन गरी पूर्ण रुपमा हिँडडुल गर्न प्रशासनले प्रतिबन्ध लगाएको थियो। आइतबार बस्ने बैठकले तीज र महोर्रमा कडाई गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए।

‘दुबै धर्मावलम्बीका ठूलो चाडमा भिडभाड हुन्छ,’उनले भने,‘भिडभाडले समुदायस्तरम कोरोना संक्रमण फैलिने त्रास हुन्छ।’ कोरोना संक्रमण नियन्त्रणका लागि कडाईका साथ प्रस्तुत हुने प्रजिअ अधिकारीले जानकारी दिए। हाल यहाँ २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ।
अर्को समाचार
बाजुरामा इलाका प्रशासन कार्यालय स्थापनाको माग
०५ चैत्र २०८०
•
२ मिनेट पाठ
बाजुरामा इलाका प्रशासन कार्यालय स्थापनाको माग
जिल्लाको पूर्वी र उत्तरी भेगका चार पालिकाका नागरिक इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आइतबारदेखि आन्दोलित भएका छन्।  




कुण्डा भेगका नागरिकले राज्यको सेवा लिन वर्षौंदेखि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न तथा उक्त क्षेत्रका नागरिकलाई नागरिकतालगायत अन्य सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापनाबाट सहज हुने भएकाले त्यसो हुनुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन्।  

आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई शान्तिपूर्ण दबाब र्‍याली गर्दै ज्ञापनपत्र बुझाएको कुण्डाली सेवा समाज बाजुराका संयोजक नृपबहादुर थापा (भोटे)ले जानकारी दिए। उनले कुण्डा क्षेत्रका नागरिकले राज्यबाट प्रदान हुने नागरिकता, विभिन्न सिफारिस लिन आफूहरूले हजारौँ रुपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यत्मक अवस्था रहेकाले त्यसको अन्त्यका लागि इलाका प्रशासन कार्यालय स्थापनको मागसहित आन्दोलन गर्नुपरेको बताए।  

उनले सुदूरपश्चिम प्रदेशको गौरवको सडक मार्तडी–कोल्टी सडकमा नियमित बस सेवा सञ्चालन गर्न माग गरेको बताएको छ। भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रका चार पालिकाका नागरिकले राज्यको सेवा दुर्गम बस्तीका नागरिकले चार दिन लगाएर सदरमुकाम आउनुपर्ने परिस्थिति भएकाले इलाका प्रशासनको लागि दबाबमूलक र्‍याली आन्दोलन गर्न बाध्य भएको कुण्डाली क्षेत्रका नागरिक हीराबहादुर रोकायाले बताए।  

प्रमुख जिल्ला अधिकारीलाई कुण्डाका नागरिकले पहिलो चरणमा प्रशासनलाई शान्तिपूर्ण दबाबमूलक  र ज्ञापनपत्र बुझाएको उनले बताए। सरकारले कुण्डाली क्षेत्रका नागरिकको माग सुनुवाइ नगरपछि चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सार्दै माग पुरा नभएसम्म दबाबमूलक कार्य जारी राख्ने उनीहरुको भनाइ छ।  

ज्ञापनपत्रमा तत्कालका लागि मार्तडी कोल्टी सडक खण्डको स्तरोन्नति नहुँदा बोलेरो जीप चल्ने गरेकाले नियमित बस सेवा सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी सडक मर्मत गर्न सहजीकरण गरी बस दीर्घकालीन समस्या समाधानका लागि पूर्वाधार कार्यालयले निर्माण व्यवसायीलाई दबाब दिनुपर्ने, पूर्वी उत्तरी क्षेत्रको उपयुक्त स्थानमा इलाका प्रशासन कार्यालय हुने गरी जिल्ला प्रशासन कार्यालय बाजुराबाट सिफारिस भएको प्रगतिको राजनीतिक दल र प्रशासनलाई दबाब दिने र कुण्डाली सेवा समाजले जिल्लाबाट विभिन्न दलबाट नेतृत्व गर्ने दलका नेता तथा सांसद पूर्व सांसद र कर्मचारीलाई मार्तडी–कोल्टी नियमित बस सेवा र इलाका प्रशासन कहिले स्थापना हुन्छ म्यासेज गर्ने लेखिएको छ।  

कुण्डा क्षेत्रका जिल्ला सदरमुकाम मार्तडीमा बसोबास गर्दै आएका नागरिकको  गत शनिबारको भेलाले दबाबमूलक ¥याली तथा धर्ना कार्यक्रम अघि बढाउने संयोजक थापाको भनाइ छ। उत्तरी क्षेत्रका नागरिकले वर्षायाममा प्रशासनबाट सरकारी सेवा लिनका लागि सहज नभएकाले उनीहरुले राखेका माग सकारात्मक भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।  

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सम्बन्धित मन्त्रालय र ज्ञापनपत्रमा उल्लेख गरिएका दल तथा व्यक्तिलाई पठाउने प्रतिक्रिया दिए। 
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस