मोरङको ९२ जनासहित प्रदेश १ मा आइतबार १ सय ३ कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये ३४ महिला र ६९ पुरुष छन्।
पछिल्लो समय कोरोनाको उच्च जोखिममा रहेको मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १ र प्रदेश १ बाहिरका २ जनाको कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगर महानगरपालिकामा मात्रै ८६ जनामा कोरोनो पुष्टि भएको छ। संक्रमितमध्ये ३२ महिला र ५४ पुरुष रहेका छन्।
त्यस्तै मोरङकै बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। खोटाङको दिक्तेल रूपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहबीमा १ महिला, इलामको देउमाईमा १ पुरुष तथा प्रदेश २ को बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ।