खोटाङमा ६ जना प्रहरी जवानलाई कोरोना संक्रमण
३१ साउन २०७७
•
१ मिनेट पाठ
खोटाङमा ६ जना प्रहरी जवानलाई कोरोना संक्रमण
सरुवा भएर खोटाङ आएका ६ जना प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । बिराटनगरबाट साउन २३ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जवानमध्ये ६ जनालाई कोरोना संक्रमण पूष्टी भएको हो । 




कोरोना संक्रमण भएको मौखिक जानकारीका आधारमा उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा लगेर राखिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएको घोषणा गर्न बाँकी छ ।  

प्रहरी जवानलाई हाजिर हुन आए लगत्तै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टिनमा राखिएको थियो । संक्रमण देखिएका ६ जनासँगै राखिएका अन्य दुई जवानलाई थप समयका लागि क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । उनीहरुको साउन २७ गते स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएको थियो । 

अन्यत्रबाट आएका जवानलाई क्वारेन्टिनमा राखेर पिसिआर परिक्षण गरेर मात्र ड्यूटीमा खटाउने गरिएकाले अन्य जवानलाई संक्रमणको ‘रिस्क’ नभएको डिएसपी चिमोरियाले बताए । ‘यसबारेमा हामीलाई लिखित जानकारी आएको छैन,’ डिएसपी चिमोरियाले भने, ‘मौखिक जानकारीका आधारमा जवानलाई आइसोलेसनमा पठाएका छौँ ।’  

जिल्लाका १३ जनालाई कोरोना संक्रमण भइरहेको अवस्थामा एकैसाथ ६ जना प्रहरी जवानलाई संक्रमण भएको पूष्टी भएको हो । संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र बराहपोखरी गाउँपालिकाका १ जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किसकेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका २६ वर्षीय संक्रमित युवा भने हाल उपचारमा छन् ।
अर्को समाचार
थप एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि
०९ भदौ २०७७
•
१ मिनेट पाठ
थप एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि
खोटाङमा संक्रमित साथीसँगै एउटै क्वारेन्टिनमा बसेका एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका ११ जना प्रहरी जवानमध्ये थप एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालयको क्वारेन्टिनमा सँगै राखिएका ८ जनामध्ये ६ जनालाई संक्रमण पुष्टि भएपछि बाँकी रहेका दुई जवानको पुन: पिसिआर परिक्षणकाक्रममा एक जनालाई संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।  




प्रहरी जवानलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई जिल्ला प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएका छ । उनीसँगै बसिरहेका अर्का जवानलाई भने क्वारेन्टिनमै राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसान चिमोरियाले बताए । 

‘एउटै क्वारेन्टिनमा राखिएका आठ जना जवानमध्ये छ जनालाई संक्रमण पुष्टि भएपछि हालसम्म क्वारेन्टिनमा राखिएका दुई जना जवानमध्ये एक जनालाई संक्रमण पुष्टि भएको हो,’ डिएसपी चिमोरियाले भने, ‘संक्रमितलाई आइसोलेसनमा सारिएको छ । बाँकी एक जनालाई क्वारेन्टिनमै राखिएको छ । उसको पुःन पिसिआर परिक्षणको तयारी भइरहेको छ ।’ प्रहरी जवानलाई हाजिर हुन आए लगत्तै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणपछि व्यवस्था मिलाइएको छ । यससँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २१ जनालाई संक्रमण भएको पुष्टि भएको छ ।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस