रसुवामा शनिबार कोरोनाको नयाँ संक्रमित फेला परेका छन्। जिल्लाको उत्तरगया गाउँपालिका–२ का ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनी कतारबाट आएर यही साउन १९ गतेदेखि नीलकण्ठ माविको क्वारेन्टिनमा बसिरहेका थिए।
उत्तरगया गाउँपालिकामा रहेका दुईवटा क्वारेन्टिनमा बसिरहेका ९ जना र यसअघि सोही गाउँपालिकाको क्वारेन्टिनमा रहेका एक जना संक्रक्रमितको सम्पर्कमा आएका १३ जनाको गरी जम्मा २२ जनाको नमुना संकलन गरेर पठाइएकोमा एक जनामा संक्रमण भेटिएको हो।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको सम्पर्कमा आएकाहरूको खोजी कार्य सुरु भइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। हालसम्म जिल्लामा १३ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये १२ जना निको भएर घर फर्किसकेका छन्।
कार्यालयका अनुसार जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ३ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जिल्लामा हालसम्म २ सय ७२ वटा स्वाब संकलन गरिएको छ। जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ।