प्रदेश १ मा बुधबारसम्म कोरोना भाइरस भई संक्रमित हुनेको संख्या एक हजार ६ नाघेको छ । बुधबार मात्रै प्रदेश मा ४८ जना संक्रमित थपिएका छन् ।
प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ भने ४८ जना थपिएका छन् । मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरङको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहबीका ३ र कोसी गाउँपालिका २ पुरुष, झापाको मेचीनगरका ३ पुरुष ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट कोरोना पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ बाट ४ जना डिस्चार्ज भएका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीका ४ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ ।
१ हजार ८ सय ७८ जनाको बुधबार पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् भने अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।