नेपालगन्जमा जारी निषेधाज्ञालाई बुधबारदेखि केहि खुकुलो पारिएको छ । मुख्य सडक प्रवेश गर्ने नाकामा लगाइएको सिललाई बुधबारदेखि हटाइएको छ । पछिल्लो साता कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा लगाइएको थियो ।
समुदायस्तरमा संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन बाँकेले विगत १० दिन देखि निषेधाज्ञा लगाउँदै आएको छ । संक्रमणको अवस्था डर लाग्दो भएको भन्दै पछिल्लो समय नेपालगन्जको मुख्य सडक सुर्खेत रोडसँग जोडिने सहायक बाटोसहित चार किल्ला सिल गरिएको थियो । सिल गरिएको क्षेत्रमा सुरक्षा निकाय, एम्बुलेन्स बाहेकका सवारी साधन र मानिसलाई घरबाहिर निस्कन रोक लगाइएको थियो ।
बाँकेमा पछिल्लो समय कोरोना व्यवस्थापन र उपचारमा संलग्न ब्यक्तिहरु संक्रमित भैरहेका छन् । नेपालगन्जमा वडा प्रहरी कार्यालय, स्वास्थ्यकर्मी, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय लगायतका सरकारी कार्यालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि निषेधाज्ञामा थप कडाई गरिएको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी शुक्रबार राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिएको छ ।
तर सिल गरिएका क्षेत्रलाई भने खोल्ने निर्णय गरिएको छ । बुधबारसम्म बाँकेमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । त्यसमा २ सय ४९ जनाले उपचार गराइरहेका छन् भने ४ सय ५ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाका कारणले बाँकेमा ३ जनाको मृत्यु भैसकेको छ ।