महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ शनिबार एउटा निरीक्षणको सिलसिलामा दोलखा प्रवेश गर्ने खाडीचौर–चरिकोट खण्डको हिलाम्मे सडकबाट कष्ट व्यहोर्दै गृह जिल्ला निस्किए । हिलाम्मे र खाल्डाखुल्डी सडकमा गाडीहरुका लस्करसहित झण्डावाल गाडीमा जिल्ला भित्रिएका उनी भोलीपल्ट त्यही बाटोबाट राजधानी फर्किए । दोलखाबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद गुरुङले जिल्ला भित्रिने यो हिलाम्मे सडकमा यात्रा गरेको कैयौं पटक भईसक्यो ।
तर आफ्नै जिल्लाको लाइफलाईन यो सडकमा यात्रा गर्दाका नागरिकका कष्टले गुरुङलाई छोएको महशुस जिल्लाबासीले गर्न पाएका छैनन् । २०७२ सालमा भारतीय एक्जीम बैंकको लगानीमा दोहोरो लेनको बाटो बनाउने गरी निर्माण थालिएको सडक ठेकेदार कम्पनीले ५ वर्षदेखि अलपत्र पार्यो । जिल्लालाई राजधानी जोड्ने एक मात्र सडक अलपत्र पारेपछि ५ वर्ष यता नागरिकले खुबै सास्ती भोग्दै आएका छन् । यही सडककै कारण ढुवानीमा समस्या भएर राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीसहितका दोलखामा बन्दै गरेका निजी विद्युत आयोजनाले थुप्रै घाटा ब्यहोरे ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकका खाडीचौर बजारदेखि सदरमुकाम चरिकोटसम्म्मको ५५ किलोमिटर खण्डलाई दुई भागमा बिभाजन गरेर ठेक्का लगाईयो । खाडीचौर देृखी मुडे सम्म २५ किलोमिटरको पहिलो खण्ड सुनौला खिम्ती र गौरीपार्वतीले काम गर्ने गरी भारतिय ठेकेदार कम्पनी संग साझेदारीमा ठेक्का लिएका थिए । तर सुनौला खिम्ती कर छली सम्बन्धी मुद्धामा तानिएपछि यसको काम लथालिंग भयो । नागरिकले सास्ती व्यहोरे । अघिल्लो बर्ष व्यापक जनदबाब पछि सडक बिभागले दोश्रो साझेदारी कम्पनी गौरीपार्वतीलाई काम गर्न चिठी काट्यो । उक्त कम्पनीले मुडे सम्म कालोपत्रेको काम त सक्यो । तर मुडे देखी चरिकोट सम्म दोश्रो प्याकेजका ठेकेदारको लापरवाहीका कारण फेरी पोहोरकै सास्ती यो खण्डमा नागरिकले व्यहोर्न थालेका छन् ।
मुडे–चरिकोट खण्डको कथा
मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर खण्डको ठेक्का जिम्मेवारी शंकर मालीको हो । यो सडकमा शंकर मालीको काम र उसको पहुँचको कथा बेग्लै छ । शुरुमा राम्रो मूल्य पाउने पूर्वाधार पट्टीको काम सकेपछि ठेकेदार कम्पनी काम अलपत्र पारेर बेपत्ता भयो । राजधानी आउजाउ गर्ने एक मात्र मार्ग भएका कारण जन आक्रोश बढ्यो । जति पटक ताकेता गर्दा पनि कम्पनी काममा फर्किएन् । कडा चिठी जाँदा केही थाप मेसिन र उपकरण झाररेको जस्तो गर्ने ठेकेदार कम्पनीको कार्यशैलीले जिल्लाबासीलाई दिक्दारी बनायो ।
सडक अलपत्र परेपछि जिल्लाका स्थानीय सरकारका प्रमुख, प्रदेश तथा संघीय सांसदहरुले सडक बिभागलाई उसलाई हटाएर नयाँ ठेकेदार नियुक्त गर्न दबाब दिए । मन्त्रालयका सचिव र बिभागका अधिकारीहरु पटक पटक साईट निरीक्षणमा समेत आए । उनीहरु समेत यो सडकका ठेकेदार कम्पनी मार्फत काम नहुने निष्कर्षमा पुगे । राजधानी फर्किएपछि भौतिक निर्माण तथा यातायात मन्त्रालयले सडक बिभागलाई ठेक्का तोड्नका लागि टिप्पणी उठाउन निर्देशन दियो ।
पत्रपत्रिकामा सूचना समेत प्रकाशित भयो । तर दबाबपछि ठेक्का तोड्ने प्रक्रिया रोकियो । किितपयले मन्त्री गुरुङलाई यो प्रकरणमा जोडे । तर गुरुङ निकट त्यसलाई स्विकार्दैनन् । ‘ठेक्का तोड्न नदिनुमा उहाँको कुनै संलग्नता छैन’ गुरुङका निजी सचिव माहराज गुरुङले भने – ‘अर्को ठेकेदार नियुक्त गर्दा प्रक्रिया लामो हुने र सडक झन अलपत्र पर्ने कारण सकभर यही ठेकेदार मार्फत काम गराउनुपर्छ भनेर बिभागका अधिकारीहरु बिच सहमती बनेको चाही हो, मन्त्री ज्युको नाम यसमा जोड्नु कुनै तुक नै छैन’ ।
गत वर्ष जिल्लामा नागरिक स्तरबाट दबाब शुरु भयो । ठेकेदारको फोटो टाल्ने देखी बिभिन्न किसिमका आन्दोलन चले । दबाब पछि ठेकेदार काममा त फर्कियो । पहिलो प्याकेजले काम शुरु गरेर कालोपत्रे नै सिध्यायो । तर दोश्रो प्याकेजले सडक झन अलपत्र पारेको छ ।
लकडाउनका बखत काम गराउन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले पटक पटक प्रयास गराउन खोजे । उनले समेत वातावरण बनाउन प्रयास गरे । तर मुडे–चरिकोट खण्डको निर्माण कम्पनीका मालिक दिपक सापकोटाले सबैलाई लकडाउनकै बिच काम सक्ने भनेर आश्वजास्त मात्र तुल्याए तर काम भएन् । अलपत्र सडकमा यात्रा गरिरहेकाहरुले यो सडक निर्माणका लागि निर्णायक पहल गर्न जिल्लाबासीले मन्त्री गुरुङको भुमिका खोजिरहेका छन् ।