प्रदेश १ माकरिब ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार साउन १८ गतेसम्ममा ९३.९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो ।
समयमै मनसुन सुरू भएर पर्याप्त वर्षा भएका कारण यो वर्ष धान खेति हुने अधिकांश क्षेत्रमा छिट्टै रोपाइँ सकिएको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेश १ माकुलधान रोपाइँ हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३ लाख २० हजार २ सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
मन्त्रालयका प्रबक्ता राजेन्द्र उप्रेतिले भने ‘यो वर्ष समयमै प्रयाप्त वर्षा भएका कारण प्रदेश १ का अधिकाँश जिल्लामा छिट्टै रोपाइँ सकिएको हो ।’ उनका आनुसार उच्च पहाडी क्षेत्रमा ९५.३२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस्तै पहाडी क्षेत्रमा ९०.२२ र तराईमा ९५.३१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । गतवर्ष यहि समयसम्म प्रदेश १ मा ७६.६३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको थियो ।
जिल्लागत रुपमा सोलुखुम्बु र ओखलढुंगामा शतप्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । झापामा ९८ प्रतिशत, ताप्लेजुङ र शंखुवासभामा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यस्तै पाँचथरमा ८८, इलाम ९०, भोजपुर ९४, तेह्रथुम ९०, धनकुटा ८५, उदयपुर ९१, खोटाङ ८६, मोरङ ९४ र सुनसरीमा ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।