भक्तपुरमा पछिल्लो पटक एक हजार तीन सय ७१ नयाँं मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले शुक्रबार सार्वजनिक गरेको नयाँ दर्ता मतदाता नामावली अनुसार यहाँं २०७६ भदौ ८ देखि २०७७ असार ३१ सम्ममा महिला मतदाता ६ सय ७३ र पुरुष मतदातामा ६ सय ९८ थपिएका हुन् ।
नयाँं अद्यावधिक मतदाताको क्रममा जिल्लाबाट बाहिरी जिल्ला ठाउँ सार्न परेका निवेदन संख्याः नौ जना, बाहिरी जिल्लाबाट भक्तपुर आउन परेका निवेदन संख्याः ३९ जना र भक्तपुर जिल्लाभित्र आन्तरिक अद्यावधिकको लागि परेका निवेदन संख्याः १८ रहेको जनाइएको छ ।
२०७६ भदौ ८ गतेदेखि सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअनुसार आ.व. २०६६।०७७ जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा निम्नानुसारको मतदाता विवरण संकलन तथा अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकृत भीमबहादुर बिसीले जानकारी गराए ।