कोशी लोकमार्गको दर्जनौं स्थानमा पहिरो
१३ साउन २०७७
•
१ मिनेट पाठ
कोशी लोकमार्गको दर्जनौं स्थानमा पहिरो
गए राती देखी परेको अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो झरेपछि कोशी लोकमार्ग अवरुद्ध बनेको छ । कोशी लोकमार्ग अन्तर्गत पर्ने धरान धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका–६ पात्ले खोला, फोक्ल्याण्ड टापु, जिरोपोईन्ट, ढाट, गुठीटार, रुद्रबारी लगायतको दर्जर्नौ  स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको हो ।




विहानै देखी अवरुद्ध सडक खुलाउन स्थानीय, जनपथ प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको भएपनि र केही समय लाग्ने सशस्त्र प्रहरी बल हेडक्वाटर नं.६ गुल्म धनकुटाका प्रमुख डिएपी सचिन कर्माचार्यले बताए । राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटा सहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौं सवारी साधन जाममा परेका छन् । त्यस्तै, लगातारको वर्षाको कारणले कोशी लोकमार्गका १ दर्जन भन्दा बढी स्थानमा पहिरो खसेको छ ।  

गर्जुवा, रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट, सल्लेरी लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ । सडक माथि थुप्रिएको पहिरो हटाउन डिभिजन सडक कार्यालयको स्काइभेटर प्रयोग गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए । उनले २–३ घण्टा भित्र एकतर्फी सडक खुल्ने वताएका छन्। धनकुटा हिले सडक खण्डको सल्लेरीमा ठुलठुला सल्लाको रुख ढलेको कारण सडक अवरुद्ध कायम रहेको खड्काले वताए । 

भारी वर्षासंगै जिल्लाको विभिन्न स्थानमा वाढी पहिरोले गर्दा गम्भिर क्षतिहरु पनि धनकुटामा हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिकाको वडा नं.४ देव्रेवासमा १ घर र धनकुटा–५ स्थित् १ घरमा वर्षाको कारण सामान्य क्षति पुगेको तर मानविय क्षति भने हालसम्म काही नभएको प्रहरीले जनाएको छ ।
अर्को समाचार
दुर्घटनामा एक महिलाको मृत्यु, तीन जना घाइते
३१ भदौ २०७८
•
१ मिनेट पाठ
दुर्घटनामा एक महिलाको मृत्यु, तीन जना घाइते
कोशी लोकमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका–३ मा भएको सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। कार दुर्घटनामा परी बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। मृत्यसहित अन्य तीन कारमा सवार रहेका थिए।  




बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा बिहान साढे ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घाइते भएको र उनीहरुको विराटमै उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए।

मुटुसम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर मृतक चन्द्रकला र घाइते सानी उपचारका लागि विराटनगरतर्फ आउँदै गरेको खुलेको प्रहरीले जनाएको छ। कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने घटनाको थप अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस