रातोपुलस्थित शैली थिएटरले अहिले आफ्नो फेसबुक पेज मार्फत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसंग भलाकुसारी गर्ने उद्धेश्यका साथ ‘शैली संवाद’को आयोजना गरेको छ । दुई/दुई दिनको फरकमा गरिने लाइभ संवादमा भिन्न–भिन्न क्षेत्रमा आबद्द व्यक्तिहरूलाई समेट्ने आयोजकको भनाई छ ।
थिएटरका महासचिव एवम् कार्यक्रमका परिकल्पनाकार नारायण न्यौपानेले लकडाउन पछि पनि दैनिकी अझै सहज नभएकाले ठुलो समूह नाटकघर आएर काम गर्ने अवस्था नभएको बताउँछन् । थुप्रै मानिसहरू अझै पनि राजधानी बाहिरै भएकाले उनीहरू समक्ष भर्चुअल माध्यममार्फत जोडिन शैली संवादको आयोजना गरेको बताए ।
कार्यक्रम संयोजक तथा प्रस्तोता सरस्वती अधिकारीले उक्त संवादमूलक कार्यक्रम दर्शक एवंम् स्रोताले रुचाएकै कारण त्यसैलाई निरन्तरता दिएको र अब अहिलेको परिस्थितिमा फेसबुक लाइभमार्फत दर्शक समक्ष पुग्ने अभिप्रायले उक्त संवादको आयोजना गरेको बताइन् ।
साउन १० गते शनिबार रङ्गकर्मी, कलाकार तथा निर्देशक प्रल्लाद खनालसंग कुराकानी गर्दै ‘शैली संवाद’ यो सिजन सुरू भएको हो । संवाद हजारौं दर्शक समक्ष पुगेकाले थप हौसला मिलेको थिएटरका अध्यक्ष नबराज बुढाथोकीले बताए । संवाद सुरू भएको दोस्रो दिन साउन १२ गते सगुना शाहसंग भलाकुसारी गरिएको थियो । उनले नेपालमा किताब अध्ययन गर्ने बानीको विकास र रंगमंचमा केन्द्रित भएर आफ्नो धारणा व्यक्त गरेकी थिइन् ।
शैली थिएटरका व्यवस्थापक सुबास सुबेदीकाअनुसार साउन १४ गते नाटककार अषेश मल्ल, १६ गते प्यापसन महासचिव कुमार घिमिरे, १८ गते आइतबार समिक्षक र निबन्धकार कुमारी लामा, २० गते मंगलबार निर्देशक तथा कलाकार रिता शाह, २२ गते बिहीबार कला पत्रकार वर्षा महर्जन, २४ गते शनिबार लेखक अभिमन्यु निरवी र २६ गते सोमबार ’किताब यात्राका’ प्रबन्ध निर्देशक बिकेश भट्टराई अतिथि रहेछन् ।
उक्त शैली संवाद निरन्तर रुपमा दुइ हप्तासम्म चल्ने आयोजकको भनाई छ । दिउँसो ठिक चार बजे शैली थिएटरको अफिसियल फेसबुक पेज मार्फत लाइभ हेर्न सकिने साथै लाइभ हेर्न छुटेका दर्शकले पुनः उक्त पेजमा गएर संवाद हेर्न र सुन्न सक्नेछन् ।
शैली थिएटरको आयोजनामा गत बैशाखबाट संचालन गरिएको विश्व बाल कविता महोत्सवको नतिजा प्रकाशित भएको छ । विश्व भरिबाट बालबालिकाको कविता आह्वान गरि पहिलो पटक भर्चुअल कविता महोत्सव आयोजना गरेको शैलीले झण्डै तीन महिनामा नतिजा प्रकाशन गरेक हो । कबिहरु महेश पौड्याल, निलम कार्की निहारिका र शकुन्तला जोशीको निर्णायक समुहले कवितालाई मुल्यांकन गरेका थिए।
‘निष्कर्ष मेरो प्रयोगशालाको’ शिर्षकमा कविता लेखेकी बर्दिया गुलरिया कि प्रश्ना सुवेदी प्रथम भएकी छन् । उनी श्री बंगलामुखी राधाकृष्ण थारु मा.वि. कक्षा आठमा अध्ययनरत छात्रा हुन् ।
त्यस्तै बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा पल्पसा काफ्लेको ‘गाउँ गाउँ जस्तै देखिनेछ’ कविताले द्वतीय पुरस्कार प्राप्त गरेको छ । रोल्पा लिवाङस्थित अर्चित बाबू मर्सिफुलको ‘वसन्त’ कविताले तृतीय पुरस्कार पाउन सफल भएको छ भने नेपाल प्रहरी विद्यालय सांगा काभ्रेका छात्र चिराग तिमल्सिनाको कविता ‘हामी को हौ?’ र नुवाकोट पञ्चकन्याका मनोहर भण्डारीको ‘मैनाचरी’ कविताले क्रमशः चौथो र पाँचौ पुरस्कार पाउन सफल भएको छ ।
आयोजकका अनुसार प्रथम पुरस्कारको नगद राशी १० हजार, द्वतीय ८ हजार, तृतीय ६ हजार , चौथो र पाँचौ क्रमशः ४ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । कविता महोत्सवमा सहभागी सम्पुर्ण प्रतियोगीलाई सम्मान र सम्झना स्वरुप प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाई छ ।
महोत्सवकी संयोजक सरस्वती अधिकारी भन्छिन्, ‘हामीलाई नतिजा प्रकाशित गर्न केही समय लाग्यो नै हामीले झट्ट हेर्दा ढिला देखिएको हुन सक्छ, तर हाम्रो प्रक्रियागत हिसाबले हेर्दा त्यति ढिला पनि भएको होइन ।’
शैली थिएटर नियमित नाटक मञ्चन गर्दै आएको एउटा सक्रिय नाट्य संस्था हो । लकडाउन र कोरोना प्रकोपको कारण आफ्ना नियमित कामबाट टाढा भएता पनि बालबालिकामा केन्द्रित रहेर सृजनात्मक कार्य थिएटरले गरिरहेको छ । नेपाल वातावरण पत्रकार समुहको सहकार्यमा अहिले पनि शैलीले ‘नेपालमा मिडिया साक्षरता’ सम्बन्धमा राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...