बारेकोट पहिरो : आठ सय घर विस्थापित
०३ साउन २०७७
•
२ मिनेट पाठ
बारेकोट पहिरो : आठ सय घर विस्थापित
पहिरोबाट विस्थापित परिवार आश्रयस्थलमा । घाइतेलाई उपचारका लागि लिँदै नेपाली सेना । पहिरोको कारण क्षति पुगेको घर । असार २५ गते बारेकोट–४ सार्की गाउँमा आएको पहिरो । तस्बिरः सरेन्द्र सुमनको फेसबुकबाट ।
जाजरकोटस्थित बारेकोट–४, सार्की गाउँका करिब आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । असार २५ गते ११ जनाको मृत्यु र एकजना बेपत्ता हुने गरी गएको पहिरोका कारण उनीहरू विस्थापित भएका हुन् ।




विस्थापितहरूलाई नजिकैको विद्यालय, सामुदायिक भवनमा राखिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार बारेकोट–४ का दुई सय ९०, ५ नम्बर वडामा दुई सय ५०, ७ नम्बर वडामा एक सय ५०, ६ नम्बर वडामा ५० र १ नम्बर वडामा एक सय परिवार विस्थापित भएका छन् । तर यो तथ्यांक प्रहरी र गाउँपालिकाबीच फरक छ । गाउँपालिकाले आठ सय र प्रहरीले तीन सय ८० परिवार विस्थापित भएको तथ्यांक आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई उपलब्ध गराएका छन् । प्रहरीका अनुसार विस्थापितको संख्या बढ्दै गएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय, भगवती र कालीका प्राथमिक विद्यालयमा राखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जनाए । उनका अनुसार विस्थापित परिवारलाई त्रिपालले बनाइएको टेन्ट पनि राखिएको छ । बारेकोटका पहिरो पीडितका लागि आवश्यक खाद्य तथा गैरखाद्य वस्तु घटनास्थलसम्म ढुवानी गर्न नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने र सोमा लाग्ने ढुवानी खर्चसँगै तत्काल राहतस्वरूप खरिद गरिएका खाद्य सामग्रीको खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बेहोर्ने छ । साथै मन्त्रालयले पहिरो पीडितका लागि दुई महिना पुग्ने खाद्य सामग्री सहयोग गर्ने बताइएको छ ।

पहिरो पीडितलाई विद्यालय, सामुदायिक भवनहरूमा राखिएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु साहनीले जानकारी दिए । उनका अनुसार तीन सय घरका एक हजार बढी मान्छेलाई आश्रयस्थलमा राखिएको छ । असार २५ गते सार्की गाउँमा आएको पहिरोले दुई घर पुर्दा ११ जनाको मृत्यु र एकजना बेपत्ता भएका थिए । गाउँको जमिन उक्त पहिरोले चिराचिरा परेकाले अन्य घरपरिवारलाई पनि सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी साहनीले जनाए । लगातार वर्षा हुँदा आश्रयस्थलमा खाद्य तथा गैरखाद्य सामग्री बारेकोट पुर्‍याउन समस्या भएको छ । ‘ठाउँठाउँमा पहिरो खसेका कारण स्थलमार्गबाट सामान  सामग्री ढुवानी गर्न समस्या छ,’ सहायक प्रमुख जिल्ला अधिकारी साहनीले भने, ‘वर्षा भइरहँदा हवाइ मार्गबाट पनि सामान ढुवानी गर्न सकिएको छैन ।’ केही दिनलाई पुग्ने खाद्य सामग्री भए पनि लगातार वर्षा भइरह्यो भने पहिरो पीडितलाई समस्या हुने उनको भनाइ छ ।  

पीडितको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको टोली पहिरो प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले जनाए । डिएसपी क्षेष्ठका अनुसार आठ घर पहिरोले पूर्णपरूमा क्षति पुर्‍याएको थियो भने १५ घरमा आंशिक क्षति पुगेको थियो । अन्य घरहरूमा क्षति नभए पनि पहिरोको जोखिममा छन् । पहिरोबाट थप धनजन र मानवीय क्षति नहोस् भनि हजारभन्दा बढीलाई सुरक्षित स्थापनमा सारिएको उनको भनाइ छ । कमजोर धरातल र भिरालो जमिन हुँदा उक्त क्षेत्रमा पहिरो गएको थियो ।
अर्को समाचार
पहिरोबाट १० परिवार विस्थापित
०३ साउन २०७७
•
२ मिनेट पाठ
पहिरोबाट १० परिवार विस्थापित
घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित भएका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण घर माथिबाट पहिरो आएपछि सिङ्गो परिवार विस्थापित भएको हो । घर माथिबाट पहिरो बग्न थालेपछि स्थानीयबासी त्रसित भएका छन् ।




एक हप्तादेखि निरन्तर परेको वर्षाका कारण १२ घरपरिवारमध्ये १० घरपरिवार विस्थापित भएका इलाका प्रहरी कार्यालय गौमुल गाउँपालिकाका प्रहरी नायब निरीक्षक वसन्त खातीले जानकारी दिएका छन्। पहिरोका कारण स्थानीय उज्ज्वल विक, गोरे विक, ज्ञामा विक, माने विक, गोरख विक, दीपक विक, अङ्ग विक, बिरु विक, धनबहादुर विक, दिनेश विकलगायतको घरमाथिबाट आएको पहिरोका कारण विस्थापित भएको प्रहरी नायब निरीक्षक खातीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गौमुल गाउँपालिका घटमुनाबाट प्रहरीको टोली नै खटाएर पहिरोको अवस्थाबारे जानकारी लिएर मुचुल्कासमेत तयार गरिएको छ । घरको पछाडिबाट आएका पहिरोका कारण छ घरपरिवार भने पूर्णरूपमा विस्थापित भएको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएका छन् ।

गाउँपालिका–१ को दुर्गाली, वडा नं ४ को गदाडा, ओस्तीबाडा वडा नं ६ को टुनीलगायतका टोल पहिराका कारण विस्थापित छन् । पहिरोको सबैभन्दा उच्च जोखिममा रहेका अन्द्राडी, शान्तिटोललगायतका बस्तीका जनतालाई गाउँपालिकाले वर्षात्को तीन महिना अस्थायी बसोबासका लागि पालहरु दिएर सम्बन्धित वडाको लेकतिर बस्न यसअघि नै आग्रह गरिसकेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताए ।

पहिरोबाट प्रभावित भएका वडा तथा बस्तीमा प्रहरी परिचालन गरी सम्बन्धित ठाउँको स्थलगत घटना प्रतिवेदन पेश गर्ने गाउँपालिकाले आग्रह गरेको छ । प्रहरी प्रतिवेदनको आधारमा स्थानीयवासीलाई उद्धार राहतको व्यवस्था गाउँपालिकाले तत्काल गर्ने अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्। हालसम्म गौमुल गाउँपालिका–१ को अन्द्राडी, दुगौली, सिम, वडा नं ४ को ओस्तिबाडा, वडा नं ६ को टुनी, बाम्नी, शान्तिटोल, गैरीबाडालगायतका टोल पहिरोको उच्च जोखिममा छन् ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस