परनिर्भरता तोड्न आफैं उद्यमी बन्न कसिदैं ताप्लेजुङका युवायुवती
२४ असार २०७७
•
३ मिनेट पाठ
परनिर्भरता तोड्न आफैं उद्यमी बन्न कसिदैं ताप्लेजुङका युवायुवती
ताप्लेजुङको आङखोपका युवाहरु हाउस वेयरिङ सम्वन्धी तालिम लिदैं । तस्बिर : खगेन्द्र/नागरिक
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाकी रीता बराल पोखरेललाई सिकेको सीप प्रयोग गर्न सकेमा अहिले सम्म श्रीमान्संगको परनिर्भरता हट्ने आत्मबिश्वास पलाएको छ । उनले खुलेरै भनेकी छन्‘जाँगर चलाउँछु र आफुसंग भएको सीपको अधिक प्रयोग गरेर आफैं आत्मनिर्भर बन्छु’ । सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपका हर्क ताम्लिङ लिम्बूलाई बिद्युतीय कार्यका लागि गाउँको सहजकर्ता बन्ने जोस छ ।  




‘अब कामकै लागि बिदेश जाने सोच तत्काललाई टर्यो’ । उनी भन्छन् । हातमा सीप भएछि वैदेशिक रोजगारीमै जानै परेपनि उनलाई खासै संकोच छैन । पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ४ डुम्रिसेकी निर्मला खोयाहाङ समयले साथ दिए यसैबर्षबाट गाउँमै उद्यमी बन्ने सोचमा छिन् । बुटिक बनाउने तालिम लिएकी उनलाई स्तरीय कपडामा बुटिक भरेर गाउँमै बिक्री गर्ने सौख छ ।

गाउँमै उद्यम सृजना गरेर आफैं आत्मनिर्भर बन्ने योजनामा रहेकी निर्मला बुटिकको प्रारम्भिक बजार खोजीमा छिन् । कोरोना महामारीले कयौं मानिसले रोजगारी गुमाएको व्यथा व्यहोरेका,कथा पढेका र सुनेका मानिसहरुका लागि सीपलाई सृजनामा बदल्ने योजनामा रहेका उद्यमीउन्मुख उल्लेखितहरुको बिचारले शक्ति सृजनाका लागि साहस दिएको छ । आफैं उद्यमी बनेर परनिर्भरता हटाउने योजना चानचुने बिषय होईन ।  

‘यो सोच साँच्चै हृदयदेखि नै पलाएको हो भने मान्छेले आफुमात्र होईन, समाज पनि बदल्न सक्छ’कञ्चनजंघा महिला विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल न्यौपानेले भने । कञ्चनजंघा महिला विकास केन्द्रले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत यहाँका करिव १ सय २० जनालाई उद्यमी बनाउने गरी सीप प्रदान गरेको छ । उद्योग अधिकृत देउप्रकाश तामाङ अहिलेको कठिन परिस्थितिमा मान्छेले आफैं आत्मनिर्भर हुने सोच राख्नु र योजना बनाउनुलाई भबिष्य बदल्ने संकेतको रुपमा लिन्छन् ।  

सीप लिएका तर उद्यम सृजनाका लागि कठिनाई झेल्दै आएकाहरुलाई घरेलुले उद्यमी बन्न चाहेका बखत सहुलियतपूर्ण प्रविधि हस्तान्तरण गर्ने तामाङले बताए । उनले प्राविधिक सीप विकास अनुशिक्षणका लागि समेत घरेलु कार्यालय तयार रहेको जानकारी दिए । घरेलु कार्यालय ताप्लेजुङका खरिदार निर्जा भट्टराई उद्यमी बन्ने ईच्छाशक्ति भएका तर प्रविधिका कारण उद्यमी बन्न नसकेका सदस्यहरुका लागि घरेलुले प्रविधि र प्राविधिक सहयोग सहितको अचुक उपाय दिने बताउँछिन् । 

स्थानीय तहसंगको साझेदारीमा भएपनि आफुहरुले उद्यमी बन्नेहरुका लागि सहयोग गर्ने उनले बताईन् । तर,सीपलाई उद्यममार्फत व्यहारिक प्रयोग गर्न भने पछि पर्न नहुने उनको भनाई छ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन सीपलाई उद्यममा बदल्ने तीव्र ईच्छा भएकाहरुलाई रकम र प्रविधिको अभाव नहुने बताउँछन् ।  

उद्यमका लागि योजना बनाउने र त्यो योजनालाई सहयोगी निकायमा लैजाने हो भने घरेलु उद्यम सृजनाका लागि खासै समस्या नभएको उनले बताए । उद्यम सृजनाका लागि स्थानीय तह,घरेलु कार्यालय र गैर सरकारी संस्थाले प्रविधि र प्राविधिक ज्ञानमा सहयोग गर्न सक्ने र सहि योजनाका आधारमा बैंक तथा बित्तीय संस्थाले लगानी गर्न सक्ने भएकोले उद्योग स्थापनाका लागि खासै ठूलो कठिनाई नहुने मादेनको बिश्वास छ । बरु उद्यममार्फत तयार भएका सामग्रीको बजार व्यवस्थापनका लागि भने घरेलु कार्यालयले उद्यमीहरुलाई सहजीकरण गर्नुपर्ने उनले सुझाए ।  

कञ्चनजंघा महिला विकास केन्द्रले चालू आर्थिक बर्षमा १ सय ५५ जनालाई उद्यमी बनाउने गरी सीप प्रदान गर्ने योजना बनाएको थियो । त्यसमध्ये सिरिजङ्घा गाउँपालिकामा भने लक डाउन सहितका कठिनाईका कारण कार्यक्रम सञ्चालन हुन सकेन र ३५ जना उद्यमी बन्न ईच्छुकहरुले सीप हासिल गर्न पाएनन् ।  

केन्द्रका कार्यकारी निर्देशक न्यौपानेका अनुसार चालू आवमा १ सय २० जनालाई उद्यमी बन्नेगरी सीप प्रदान र १ सय १८ जनालाई उपयुक्त प्रविधि हस्तान्तरण गर्न सकिएको छ । समुदायको माग र त्यहाँको आवश्यकता अनुसार बुटिक,हाउस वेयरिङ,ढाका बुनाई,शुद्ध तरकारी बाली उत्पादन,दुग्धजन्य परिकार बनाउने,होटल व्यवस्थापन र डल बनाउने सहितका तालिम प्रदान गरिएको कञ्चनजंघा महिला विकास केन्द्रले जनाएको छ ।  
अर्को समाचार
११ वर्षमा बिहे, १५ वर्षमा आमा
१८ माघ २०८०
•
४ मिनेट पाठ
११ वर्षमा बिहे, १५ वर्षमा आमा
जुम्लाका आमाहरु बाल विवाहविरुद्धको अभियानमा सहभागी हुँदै। तस्बिर : नागरिक ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ की ६३ वर्षीया सरस्वती रोकायाले १२ वर्षको कलिलो उमेरमा विवाह गरिन्। अहिले उनका दुई छोरी र चार छोरा छन्। पाँचवटा बच्चा खेर गए, केही गर्भास्थामै खेर गए, केही दुईचार महिना पुगेर खेर गए। उनले भनिन्, ‘बालविवाह गरेको थाहा पाइनँ। न् त बालविवाहले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी थियो । अन्जानमा बाल विवाह गरेर बन्धनमा बाँधिन पुगेँ। आमाबुबाले नै केटो मागिदिनुभयो।’




विवाहका लागि पक्का भइसकेकाले सरस्वतीले बाबु–आमाको इज्जत र प्रतिष्ठाका लागि विवाह गरेको उनले सुनाइन्। उनले भनिन्, ‘पहिले गर्भमा हुँदै छोरी दिने र माग्ने चलनचल्ती थियो।’ ‘तर स्वास्थ्यका हिसाबले परिपक्क नहुँदै बिहे गर्दा पाउनु दुख पाएँ’, उनले भनिन्।

सानै उमेरमा विवाह गर्दा अहिले स्वास्थ्यमा असर देखा परेको उनी बताउँछिन्। उनले थपिन्, ‘अन्जानबस मैले त सानै उमेरमा विवाह गरें। परिपक्व उमेर भएपछि मात्र विवाह गर्नुपर्छ भनेर गाउँका नयाँ पिढीलाई सुझाउँछु।’ ‘हिजोआज घरमा छोरीछोरालाई सानै उमेरमा विवाह गर्दा आइपर्ने समस्या दर्शाउँदै समस्या निराकरणमा लाग्न सचेतना दिँदै छु’, उनले भनिन्।

उनी अहिले बालविवाह न्यूनीकरण अभियानमा खटिएकी छिन्। बालविवाह गर्नु हुँदैन। कानुनले पनि बालविवाह गर्नु हँुदैन भन्ने स्पष्ट गरिसकेको छ भन्दै गाउँमा प्रचारप्रसार गर्छिन्।

सानै उमेरमा प्रेम भए पनि उमेर पुगिसकेपछि मात्र विवाह गर्नुपर्ने उनको तर्क छ। सरस्वतीले थपिन्, ‘सबैभन्दा ठुलो मानव स्वास्थ्य हो। बाल विवाह गर्दा स्वास्थ्यका हिसाबले अवस्था नाजुक हुन्छ। गाउँमा बाल विवाह रोक्न अनेक प्रयत्न गरिरहेका छौँ।’

वडाकै हरिकला रोकायाले पनि ११ वर्षको उमेरमा विवाह गरेको र १५ वर्षको उमेर छोरी जन्मिएको बताइन्। अहिले ६८ वर्ष पुगिसकेकी हरिकला सानै उमेरमा विवाह गरेकोमा पछुताउँछिन्। ‘उनले भनिन्, ‘अहिले स्वास्थ्य ठिक छैन। पछुतो लाग्छ।’

उनले विवाह गरिसकेपछि बाल विवाह गर्दा आउने समस्याका बारेमा जानकार हुन सकेको बताइन्। ‘पहिले केही थाहा थिएन, विवाह गरिसकेपछि थाहा पायौँ’, उनले भनिन्, ‘हामी त बाल विवाहको सिकार बन्यौ, तर अहिलेको पिढी र भावी पुस्ताले बाल विवाह गरेर भविष्य बिगार्ने काम नगरुन्।’

हरिकला र सरस्वती गाउँमा बाल विवाह, छुइप्रथा जस्ता विकृतिजन्य क्रियाकलाप अन्त्य गर्ने अभियानमा सक्रिय रुपले जुटेका छन्। उनीहरू गाउँमा किशोरकिशोरी, युवायुवती र बुढापाका सबैलाई बाल विवाह नगर्न आग्रह गर्छन्। बाल विवाहले गर्ने असरका बारेमा सुसूचित गर्छिन्।  

यता ६० वर्षकी खुमेनी रोकायाले भनिन्, ‘बाल विवाहका कारण धेरै किशोरी–किशोरले बीचमै पढाइ रोक्नु परिरहेको अवस्था छ। कार्यबोझ झेल्नुपरेको छ। स्वास्थ्य समस्या पनि अछुतो छैन। केहीले त अकालमै मृत्युवरण गर्नुपरेको ज्वलन्त उदाहरण पनि छन्।’ उनीहरू भन्छन्, ‘हामी चाहन्छौँ– बाल विवाहमुक्त समाज होस्। सबैले परिक्व उमेर भएपछि मात्र विवाह गरुन्।’

सोही गाउँकी ३२ वर्षीया राजदेवी कार्की बालविवाह जुनसुकै व्यक्तिका लागि हानिकारक भएको बताउँछिन्। उनले भनिन्, ‘बिहेबारी २० वर्षपारि गर्नुपर्छ । परिवारले पनि छिटो विवाह गर्न दबाब दिनु हुँदैन। उमेर नपुग्दासम्म विवाह गर्नु भनेको आफ्नो भविष्य आफैं बिगार्नुजस्तै हो।’  

२० वर्षको उमेरमा आफूले विवाह गरेको कार्की बताउँछिन्। उनले भनिन्, ‘मैले २० वर्षमा विवाह गरें, स्नातक तहसम्मको पढाइ पनि सिध्याएँ। सुखी परिवार छ। घरमा सासूससुरा, एक छोरा र श्रीमान् छन् । जीवन आनन्दित छ।’

कार्की भनिन्, ‘गाउँपालिकामै रहेको एनआईसी बैंकमा जागिर गर्छु। अन्य किशोरीलाई पनि परिपक्व र जागिर खाइसकेपछि मात्रै विवाह गर्न सल्लह दिने गरेकी छु।’

गाउँमा बाल विवाह गरेका दिदीबहिनी नै बाल विवाहविरुद्धको अभियानमा लागेको देख्न खुसी लाग्ने गरेको उनी बताउँछिन्। उनीहरूले स्थानीय सरकारलाई बाल विवाहविरुद्धको कानुन ल्याउन मागसमेत गरेका छन्। बाल विवाह गर्दा हुने भोजभतेर बहिस्कार गर्नुपर्छ। बल विवाहजन्य कुनै पनि क्रियाकलापमा प्रतिबन्ध लगाउनुपर्छ। यस्तो नीति आँगनमै आएको सरकारले बनाओस ्। राजदेवीले भनिन्, ‘सचेतना र कानुनी ज्ञानसँगसँगै अघि बढाउनुपर्ने देखिएको छ। यसमा तीनवटै तहका सरकारको ध्यान केन्द्रित गर्नुपर्छ।’

अहिले पनि जुम्लामा एक नगरपालिका र सातवटा गाउँपालिका छन्। सबै स्थानीय तहमा लुकिछिपी बाल विवाह भइरहेको छ। बाल विवाह रोक्न स्थानीय सरकार र सामाजिक संघसंस्था  लागिपरेका छन्।

बाल विवाहका सम्बन्धमा नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा लेखिएको छ, ‘२० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय र गैरकानुनी हुने भएकोले बदर हुने व्यवस्था गरिएको छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस