अंगीकृत नागरिकता प्रदान गर्दा लैंगिक विभेद नगर्न माग
१६ असार २०७७
•
१ मिनेट पाठ
अंगीकृत नागरिकता प्रदान गर्दा लैंगिक विभेद नगर्न माग
नागरिकता ऐन संशोधन विधेयकका विषयमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र बुझाउँदै जनता समाजवादी पार्टीका अध्यक्ष टंक थापा (वायाँ) । तस्बिर : नागरिक
जनता समाजवादी पार्टी खोटाङले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मूल मर्म र भावना विपरित रहेको भन्दै सच्याउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै जनता समाजवादी पार्टीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको नाममा अंगीकृत नागरिकता प्रदान गर्ने विषयमा लैंगिक विभेद नगर्न माग गरेको हो । नेपालीसँग बिवाह गरेर आउने विदेसी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरी ऐन संशोधन विधेयक ल्याइएपछि बिरोध जनाइएको जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापाले बताए ।  




प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत पठाइएको ज्ञापन–पत्रमा विवादको विषयमा सिंगो देश एक ठाउँमा उभिएको अवस्था तथा कोभिड–१९ को महामारीले देश आक्रान्त भइरहेकोबेला नागरिकता प्रदान गर्नेजस्तो गम्भीर विषयमा छलफल नै नगरी मूल विषयलाई तोडमोड गर्न नागरिकता विद्येयक ल्याइएको ठहर गरिएको उल्लेख छ । जनता समाजवादी पार्टीले गोर्खा सेनाको रुपमा कार्यरत नेपालीहरुको नागरिकताको निरन्तरता र तिनका सन्तानको नागरिकताको व्यवस्था गर्न माग गरेको छ । नागरिकता ऐनलाई संसदीय समितिमा पारित गरी प्रतिनिधिसभामा पठाइएको अवस्थामा जनता समाजवादीको यस्तो धारणा आएको हो ।  

यस्तै, कोडिभ–१९ को महामारीमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री खरिद गर्दा व्यापक भ्रष्टाचार र अनियमितता भएको लेखा समितिले ठहर गरेको सन्दर्भमा स्वास्थ्यमन्त्री लगायत सम्वन्धी दोषी उपर कारबाही गर्न र जनताको स्वास्थ्यमा खेलवाड नगर्न, देशमा भइरहेका हत्या, हिंसा र भ्रष्टाचार रोक्न माग गरेको छ । 
अर्को समाचार
हिंसा घटाउन खण्डीकृत कार्ययोजना आवश्यक
११ फागुन २०८०
•
५ मिनेट पाठ
हिंसा घटाउन खण्डीकृत कार्ययोजना आवश्यक
व्यक्तिविरुद्धको शोषण, भेदभाव वा असमानतासहितको लैंगिक विभेद अन्त्यका लागि खण्डीकृत कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ। अर्को विश्व सम्भव छ भन्ने नारासहित फागुन ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित विश्व सामाजिक मञ्चको १६औं संस्करणका सहभागीले लैंगिक हिंसा कुनै व्यक्तिविरुद्ध निर्देशित हिंसा भएको निष्कर्ष निकालेका हुन्। ९१ देशका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी मञ्चको १६औं संस्करण मंगलबार सम्पन्न भएको थियो।




लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन तथा पैरवी गरिरहेका बिबिसी उपाध्यक्ष डा. लक्ष्मी तामाङले लैंगिक हिंसा एकदमै बृहत्तर भएकाले यसभित्रका सबै विषयलाई एकीकृत रूपमा हेर्न नहुने बताए।

‘सोचको पहुँच र नियन्त्रण नहुँदा लैंगिक हिंसा हुन्छ। हिंसा परिणाम हो। त्यसैले हिंसा किन भयो भन्नेतर्फ हेर्नुपर्छ,’ उनले भनिन्, ‘हाम्रो समाजमा सोच र नियन्त्रणको पहुँच पुरुषसँग छ, पतिसँग छ, ससुरासँग छ। त्यसैले हामी परिणामभन्दा पनि मूल कुरामा जानुपर्छ। त्यो हो पितृसत्तात्मक सामाजिक संरचना।’

उनका अनुसार फेरि हिंसाको स्वरूप समुदायअनुसार फरकफरक हुन्छ। त्यसैले एकीकृत नभई समुदायगत आधारमा हिंसा अन्त्यको उपाय खोजिनुपर्छ। आदिवासी, ब्राह्मण, दलित, यौनिक तथा अल्पसंख्यक, मधेसी, अपांगता भएका, दुर्गम क्षेत्र र भिन्नाभिन्नै समुदायमा भएका/हुने हिंसालाई एउटै दृष्टिकोणबाट नभई फरकफरक तरिकाले हेरिनुपर्ने उनले बताइन्।

लैंगिक हिंसामा शारीरिक मात्र नभएर मनोसामाजिक, प्रसूति, भ्रुण पहिचानजस्ता विविध विषय पर्छन्। यस्ता हिंसाले समाजमा जरो गाडेका छन्। कतिपय हिंसा समाजमा प्रस्ट देखिन्छन् भने कतिपय अदृश्य हुन्छन्। ‘हामी प्रायः शारीरिक हिंसालाई मात्र हिंसा ठान्छौं। खै त भ्रुण पहिचान र हत्या, प्रसूति हिंसाजस्ता विषयमा हामी सचेत भएको,’ तामाङ भन्छिन्, ‘हामी सचेत नहुँदा हिंसाले प्रश्रय पाएको छ।’

उनका अनुसार यस्तै त हो नि, यस्तै त छ नि, भइहाल्छ नि भन्ने मानसिकताले हिंसालाई थप बढावा दिएको छ। यो एक किसिमको मौन स्वीकृति जस्तै हो, जुन हाम्रो समाजमा व्याप्त छ।

अहिले पनि नेपाली समाजमा कतिपय अवस्थामा लैंगिक हिंसालाई नैतिक मान्यता दिइएको छ। हिंसा स्वीकार्य छ भन्ने मान्यताले पनि लैंगिक हिंसा निम्त्याइरहेको छ। छोराले मात्र पिण्ड दिनुपर्ने, छोरा भए स्वर्ग गइने मान्यता, पितृकर्म छोरीले गर्न नहुने मान्यतामा भइरहेका विभेदलाई कहीँ न कहीँ समाजले मौन स्वीकृति दिएको उनी बताउँछिन्। लैंगिक हिंसा कुनै व्यक्तिविरुद्ध निर्देशित हुन्छ किनभने त्यसले विशेष लिंगका व्यक्तिहरूलाई असमान रूपमा असर गर्छ। लैंगिक हिंसामा घरेलु, शारीरिक, यौन र मनोवैज्ञानिक हिंसा समावेश हुन्छन्।

यस्तै टेवा र नागरिक आवाज संस्थाकी अभियन्ता रिता थापाले प्रायः महिलाले असह्य भएपछि मात्र कुरा राख्ने र त्यसविरुद्धका अभियानमा लाग्ने गरेको पाइएको बत्ताइन्। उनले राजनीति, सञ्चारमाध्यम, सामाजिक सञ्जाल जताततै महिलाहरूको आवाज र सहभागिता कमी रहेको औंल्याउँदै लैंगिक हिंसाका लागि हुनुपर्ने जति अभियान र पैरवी हुन नसकेको बताइन्।

उनी लैंगिक हिंसा कम गर्न राजनीतिक दलहरूलाई खबरदारी गरिरहनुपर्ने र महिलाले आफ्ना समस्या एकीकृत रूपमा उठाउनुपर्ने बताउँछिन्। उनका अनुसार न्यायिक समाज स्थापनाका लागि भइरहेका पहलकदमीलाई निरन्तरता दिनुपर्छ।

यस्तै एसोसिएसन फर दलित वुमेन्स एडभान्समेन्ट अफ नेपालकी संस्थापक अध्यक्ष डा. विष्णुमाया परियार लैंगिक हिंसा कम गर्न महिलालाई आर्थिक गतिविधिहरूमा अवसरको आवश्यकता औंल्याउँछिन्। ‘अवसरसहित आर्थिक स्रोतहरूमा समान सहभागिता, पहुँच र नियन्त्रणमा अबको अभियान केन्द्रित हुनुपर्छ,’ उनी भन्छिन्, ‘आर्थिक न्याय र अधिकारले आत्मविश्वास बढ्छ नै, समतामूलक समाज निर्माण पनि सम्भव छ। त्यसैले आर्थिक लाभ, लागत र बाँडफाँटमा माहिला सहभागिता सुनिश्चित गर्नुपर्छ।’

सभ्य समाज स्थापनाका लागि लैंगिक हिंसा प्रोत्साहन गर्ने सामाजिक मान्यता, कानुन, नीति, आर्थिक संरचना, अभ्यासमा सुधार आवश्यक छ। लैंगिक हिंसा अन्त्य भए मात्र सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ। यसका लागि राज्य, सम्बन्धित निकायहरूलाई जवाफदेही बनाउन विश्वव्यापी पैरवी तथा अभियानलाई निरन्तरता दिनुपर्ने परियार बताउँछिन्।

बिबिसीले नवउदारवादको प्रतिकूल प्रभावका रूपमा जन्मिएको विश्व सामाजिक फोरम–२०२५ मा लैंगिक हिंसा न्यूनीकरणका लागि नारीवादी दृष्टिकोण र पैरवी गर्‍यो। नेपालमा सार्थक लैंगिक समानता, महिला मानवअधिकार र दिगो विकास हासिल गर्न निरन्तर काम गर्ने सञ्जाल/संस्थाले सीमान्तकृत महिलाको आवाज सम्बोधन गर्न महिला सम्मेलन आयोजना गर्नुपर्ने छलफलका क्रममा बताइयो।

पूर्वाग्रह, कुनै एक लिंगलाई हुने सम्पत्तिको स्वायत्तता, स्त्रीन्व र पुरुषत्वको मानक अपेक्षाहरू, सामाजिक संरचना र मूल्यमान्यता, धार्मिक मूल्यमान्यता, हिंसा स्वीकार्य छ भन्ने मान्यता आदि लैंगिक हिंसाका कारण हुन्। संसारमै कुनै विशेष समुदायले लिंग विशेषका आधारमा भोगिरहेको भेदभाव र असमानतालाई पैरवी गर्न लैगिंक हिंसालगायत विविध अजेन्डामा सम्बन्धित संस्थाले एकीकृत रूपमा विश्वव्यापी सम्मेलन गरिरहेका छन्।

यसै क्रममा लैंगिक हिंसाविरुद्ध पैरवी गरिरहेको संस्था बियोन्ड बेइजिङ कमिटी (बिबिसी), यौनिक तथा अल्पसंख्यक समुदायको हक अधिकारका विषयमा पैरवी गर्ने संस्था ब्लु डाइमन्ड सोसाइटी नेपाल, बालबालिकाको हक अधिकारका विषयमा काम गर्ने संस्था सिबिन, सामुदायिक वन उपभोक्ता समितिजस्ता धेरै संस्थाले सम्मेलनमा ऐक्यबद्धता जनाउँदै अर्थपूर्ण सहभागिता जनाएका थिए।

प्रत्यक्ष र विभेदपूर्ण परिणाम आउने व्ययभारमा त लैंगिक हिंसालाई कानुनले अपराध मानेको छ। नेपालमा बोक्सीको आरोप (कसुर तथा सजाय) ऐन २०७२, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१, घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६, छाउपडी प्रथा उन्मुलन निर्देशिकालगायत कानुनी व्यवस्थाले हिंसा न्यूनीकरणमा सहयोग पुर्‍याए पनि अपेक्षित हुन सकेको छैन।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४८ सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस