पहाडी जिल्ला पाल्पामा सलहको बास
१३ असार २०७७
•
२ मिनेट पाठ
पहाडी जिल्ला पाल्पामा सलहको बास
पाल्पा भित्रिएका सलह । तस्बिरः नागरिक
भारतीय सीमा क्षेत्रबाट रुपन्देही हुँदै भित्रिएका सलह पाल्पामा बास बसेका छन् । प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा शनिबार दिउँसो देखिएका सलह किरा पाल्पामा रोकिएका हुन् ।  




कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले सलहका विभिन्न झुण्ड पाल्पामा बास बसेको बताए । ‘आज दिउँसोसम्म दोभानमा मात्र सीमित थियो । मदनपोखरा तथा सराई हुँदै हुल टुक्रा टुक्रा भएर आएको हुनुपर्छ । यो ठूलो संख्यामा हुनसक्छ, ज्ञानकेन्द्र प्रमुख अर्यालले भने, दोभानतर्फ एउटा टुक्रा, वगनाशकालीमा एक टुक्रा, छहरातर्फ एक टुक्रा बास बसेका छन् । हुल टुक्रिएको छ । पानीले गर्दा यीनिहरु टुक्रिएको हुनसक्छ । वडा कार्यालयहरुलाई सतर्कताका लागि भनिएको छ ।’

कृषि ज्ञान केन्द्र प्रमुख अर्याल भन्छन्, बस्न नदिनको लागि हामीले कृषकहरुलाई सूचना प्रवाह गरेका थियौं । बसिसकेकोले यसलाई नेटहरु, बोराहरु प्रयोग गरेर समाएर पनि केही नियन्त्रण गर्न सकिन्छ । पहेंलोले बढी क्षती गर्छ । हुँदै नभए अन्तिम विकल्प विषादी प्रयोग गर्न सकिन्छ । आफ्नो बिरुवा, नर्सरी तथा खेतीपातीमा विशेष सावधानी चाहिन्छ । दिउँसोको समयमा यसले बढी क्षती गर्छ ।’ विज्ञहरुले दक्षिणबाट उत्तरतिर हावाको बहावसँगै नेपालमा सलह आएको बताएका छन् । हावाको यही बहावले तराई क्षेत्रबाट सलहलाई पहाडतिर पु¥याएको पनि उनीहरुले बताएका छन् ।  

शनिबार राती पाल्पाको तानसेन नगरपालिका विभिन्न क्षेत्रमा सलह किरा देखिएका छन् । जिल्लाको तानसेन नगरपालिका, तिनाउँ गाउँपालिका, वगनाशकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा सलह बसेको अनुमान गरिएको छ । सिद्धबाबा क्षेत्रबाट तिनाउ गाउँपालिकाको दोभान क्षेत्र प्रवेश गरेको स्मार्ट कृषि भिलेज तिनाउ–२, झ्याङ्लाका अध्यक्ष चोपलाल गिरीले बताए । उनी भन्छन्, ‘स्थानीयले आगो बालेर धुँवा निकाल्ने, टिन, थाल ठटाउने गरेका छन् ।’

किसानको मकै बारीमा बस्ने, फलफुल, तरकारी, विभिन्न विरुवा जोगाउने विभिन्न उपाय अपनाएका छन् । रुपन्देहीका बिभिन्न स्थानबाट फट्याङग्रा जातको सलहको बथान पाल्पा भित्रिएको हो ।  

एक किलो सलहको बिस रुपैयाँ

सलह किरा देखिएपछि प्रदेश नं. ५ को  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले किरा नियन्त्रणका लागि तत्काल विशेष पहलकदमी चाल्ने निर्णय गर्दै एक किलो सलह संकलन गरे बापत २० रुपैयाँ अनुदान दिने निर्णय पनि गरेको छ । संकलन गरेको सलह किरा सम्बन्धित पालिका वा वडामा बुझाएपछि तुरुन्त प्रतिकिलो २० रुपैयाँका दरले पैसा भुक्तान गरीने मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए । यो किरा दिउँसोमा उड्ने र रातमा एकै ठाँउमा झुरुप्प परेर बस्ने भएकाले सामान्य सावधानी अपनाएर संकलन गर्न सकिने बताए ।
अर्को समाचार
होलीमा रङ्गबाट छालालाई जोगाउन यी उपाय अपनाउन सकिन्छ
११ चैत्र २०८०
•
३ मिनेट पाठ
होलीमा रङ्गबाट छालालाई जोगाउन यी उपाय अपनाउन सकिन्छ
आज काठमाडौँ उपत्यकासहित देशका पहाडी जिल्लाहरूमा हर्षोल्लासका साथ होली मनाइँदै छ। रङ्गहरूको पर्व होलीको आफ्नै महत्त्व छ। एक आपसमा रङ्ग अबिर दलेर मनाइने यस पर्वले आपसी सद्भाव झल्किन्छ।




जतिबेला अहिले जस्तो व्यावसायिक रूपमा रङ्ग उपलब्ध हुन्थेनन्, त्यतिबेला होलीमा पानको पातबाट, गुलाब पत्र, सयपत्री, पालुङ्गो, बेसार, मेहदी आदिबाट तयार पारिने प्राकृतिक रङ एकापसमा दलेर होली मनाइने गरिन्थ्यो। होली रङहरूको पर्व हो।

आजको दिन विभिन्न किसिमका रङ्ग एकापसमा दलेर रमाइलो गर्ने गरिन्छ। तर, आफ्नो छालाको अवस्था र रङमा प्रयोग भएको केमिकलबारे जानकारी नहुँदा होलीलगत्तै छालामा विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्रै छन्। होलीमा रङ्ग खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङ्गबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।

कालो रङ्गमा लिड अक्साइड, हरियोमा नीलो तुथो कपर सल्फेट, सिल्भर रङ्गमा अल्मुनियम ब्रोमाइड, नीलोमा कोबाल्ट जिंक, रातो रङ्गमा पारो (मर्करी) तथा अब्रकको धुलो मिसाइएको हुन्छ। यी तत्वले हाम्रो छालामा असर गर्छन्। सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ। कालो रङ्गले किड्नीमा असर गर्छ।

हरियो रङ्गले आँखाको एलर्जी, अनुहार सुनिने र अस्थायी अन्धोपन ल्याउने खतरा हुन्छ। सिल्भर कलरले छालाको क्यान्सर हुने खतरा हुन्छ। नीलो रङ्गले एलर्जी र रातोले स्किन क्यान्सर हुने खतरा हुन्छ। रङ्गलाई लेदो बनाएर, पाउडरका रूपमा पानीमा घोल बनाएर प्रयोग गर्ने गरिन्छ। रङ्गले छालामा प्रयत्क्ष तथा अप्रत्यक्ष रूपमा असर गर्छ।

प्रत्यक्ष रूपमा गर्ने असर

रङमा केमिकल मिसिइने भएकाले यो छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ। जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रङ्ग दल्दा यो अझै बढेर जान्छ। रंङ्गका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्छ। एक्जिमाको रूपमा पनि देखापर्नसक्छ। कसै–कसैलाई रंङ्गका कारण रुघाखोकी लाग्ने पनि हुन्छ।

अप्रत्यक्ष रूपमा गर्ने असर

छालामा रङ्ग दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ। त्यसपछि छालाको इन्फेक्सन हुने खतरा हुन्छ। छाला पोल्ने, दाग बस्ने समस्या हुन्छ। डन्डीफोर, छालाको एलर्जी भएकाहरूलाई रङ्गले अझै धेरै दुःख दिन्छ। कपालमा रङ्ग लगाउँदा पछि कपाल झर्ने समस्या देखापर्छ। नङको कापमा रङ्ग पर्दा नङ्ग पाक्ने समस्या देखापर्छ। रङ्गका कारण आँखा तथा कानको एलर्जी हुन्छ। घाउखटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ।

होली खेल्नुअघि के गर्ने ?

आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङ्गको एलर्जी पनि छैन भने होलीमा रङ्ग दलेर रमाइलो गर्न सकिन्छ। होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ। हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ। पूरै शरीर ढाक्ने गरी खुकुलो कपडा लगाउनुपर्छ।

शरीरमा तेल लगाएपछि रङ्ग दल्दा त्यसले छालालाई खासै असर पुर्‍याउँदैन। होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा म्वइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ।

होलीमा प्रयोग गरिने रङ छनोट गर्दा सकेसम्म कम केमिकल मिसिएको हुनुपर्छ। एक वा दुई घण्टा होली खेलेर नुवाउनुपर्छ। नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ। होलीमा रङ्ग खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ।

(कस्मेटिक सर्जन एवं सौन्दर्य तथा छालारोग विशेषज्ञ डा.धर्मेन्द्र कर्णसँगको कुराकानीमा आधारित)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस