प्रहरी जवानमा कोरोना संक्रमण पूष्टि भएपछि समुदायमा त्रास
१३ असार २०७७
•
२ मिनेट पाठ
प्रहरी जवानमा कोरोना संक्रमण पूष्टि भएपछि समुदायमा त्रास
खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि त्रास फैलिएको छ । बिदामा घर आएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित अस्थायी प्रहरी चौकी छितापोखरीमा काजमा महिना दिन विताएर काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनको गाउँ, अस्थायी प्रहरी चौकी र उनी पुगेका आफन्तको घरमा त्रास फैलिएको हो ।  




गत फागुनमा बिदामा घर आएका थापा थरका प्रहरी जवान लकडाउनका कारण गत जेठ ६ गतेदेखि अस्थायी प्रहरी चौकी छितापोखरीमा सम्पर्क काजमा बसेका थिए । दरबन्दी भएको प्रहरी प्रधान कार्यालय अपराध महाशाखामा हाजिर हुनका लागि असार ८ गते ना १ ज ६०८३ नम्बरको जीपमार्फत काठमाडौं गएपछि पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको पूष्टि भएको जानकारी आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।  

काठमाडौं जानेक्रममा असार ४ गते अस्थायी प्रहरी चौकीबाट रवाना बुझेका उनी असार ७ गते घरबाट पैदल हिँडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित आफ्नो दिदिको घरमा पुगेको ट्राभल हिस्ट्रीले देखाएको छ । संक्रमित पूष्टि भएका प्रहरी जवानसँग बाम्राङकै दुई जना पुरुषले जीपमा यात्रा गरेको पाइएको छ । सो जीपका चालक भने काभ्रे चैरेदेउरालीका छन् । आफन्तको घरमा आएका प्रहरी जवानलाई संक्रमण भएको पूष्टी भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा समेत त्रास फैलिएको वडाध्यक्ष ललित राईले बताए । उनको सम्पर्कमा पुगेका १२ जनाको पिसिआर परीक्षणका लागि शुक्रबार नगरपालिका समक्ष लिखित माग राखिएको वडा कार्यालय बाम्राङले जनाएको छ ।  

प्रहरी जवान काठमाडौं जानुअघि कहाँ–कहाँ पुगे वा क–कसको सम्पर्कमा पुगे भन्ने बारेमा अझै खुल्न बाँकी रहेको छ । उनलाई कोरोना संक्रमण भएको पूष्टी भएसँगै बिहिबारदेखि उनको घर तथा अस्थायी प्रहरीचौकी छितापोखरी सिल गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टि भएपछि उनको परिवार तथा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीको पिसिआर परीक्षणको तयारी गरिएको छ । पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न शनिबार जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अस्थायी प्रहरीचौकीमा ५ जना प्रहरी कार्यरत छन् । उनीहरुसँगै भारतबाट आएका १४ जना नागरिकको समेत स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाउने तयारी गरिएको छ । 

अस्थायी प्रहरी चौकीका प्रहरी नै जोखिममा परेपछि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरिया समेत छितापोखरी गएका छन् । 
अर्को समाचार
मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु
०१ फागुन २०७७
•
१ मिनेट पाठ
मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु
रसुवामा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्लाका ३० वर्षीय इन्द्रप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा घाइते भएका प्रहरी हवल्दार ३५ वर्षीय राजेन्द्र लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।  




रसुवाको कालिका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फकर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार लामा र अर्याल दुर्घटना परेका थिए। दुर्घटना लगत्तै नुवाकोटस्थित त्रिशूली अस्पतालमा पुर्‍याइएका अर्यालको उपचारको क्रममा शनिबार बिहान ज्यान गएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।  

प्रदेश ३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेस्थित सडकबाट करिब २० मिटर तल खसेको थियो।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस