खाद्य सुरक्षालाई प्राथमिकतामा राख्न सुझाव
१० असार २०७७
•
२ मिनेट पाठ
खाद्य सुरक्षालाई प्राथमिकतामा राख्न सुझाव
कोरोना महामारीको समयमा खाद्य असुरक्षा हुने सम्भावना बढेको भन्दै जिल्लास्थित सरोकारवालाहरुले खाद्य सुरक्षालाई प्राथमिकतामा राख्न स्थानीय तहलाई सुझाव दिएका छन् । जिल्ला स्थित खाद्य अधिकार सञ्जाल, गैरसरकारी संस्था महासंघ, बार एसोसिएसन, नागरिक समाज, पत्रकार महासंघ, मानव अधिकार समूह लगायतका सरोकारवालाहरुले जिल्लाका १० वटै पालिकाहरुमा सुझावपत्र पठाएर खाद्य सुरक्षालाई ध्यान दिन आग्रह गरेका हुन् । याक नेपाल कैलालीको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा सुझावपत्र पेस गरिएको खाद्य अधिकार सञ्जालका संयोजक नरी बडुले बताए ।




स्थानीय तहको २०७७/०७८ को योजना तर्जुमा प्रक्रिया सुरुवात भइ सकेकोले लकडाउनका कारण विकास निर्माण, शिक्षा, स्वस्थ्य, पर्यटन र आर्थिक गतिविधिहरु नराम्रो गरी प्रभावित भएका छन  भने वैदेशिक रोजगारीमा रहेकाहरुको रोजगारी गुम्ने क्रम जारी रहेकाले आर्थिक अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा हुन सक्ने खाद्य असुरक्षालाई ध्यान राख्न सुझावपत्रमार्फत् माग गरिएको सञ्जालका संयोजक बडुले बताए ।

आगामी दिनमा चरम खाद्य एवम् आर्थिक असुरक्षाको स्थिती हुने अवस्था आएको छ । यस विषम परिस्थितिमा स्थानीय सरकारले नीति तथा कार्यक्रममार्फत् जिविकोपार्जन, खाद्य संकटलाई सम्बोधन गरी बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न सुझावपत्र पेस गरिएको हो ।

स्थानीय तहलाई पोषण तथा खाद्य सुरक्षा योजना निर्माण र कार्यान्वयन कृषि उत्पादन बढाऔ, खाद्यान्नमा आत्मनिर्भर बनौ कार्यक्रम सञ्चालन गर्न र किसानको वर्गिकरण गरी साना किसानको उत्पादनका श्रोत र सेवामाथिको पहुँचलाई सुनिश्चित गर्ने नीति समावेश गर्न सञ्जालले सुझाव दिएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका लक्षित वर्गको रोजगारी र खाद्य सुरक्षालाई सुनिश्चित गर्न, श्रोतको दुरुपयोग हुने सम्भावनालाई कम गर्न प्रभावितहरुका लागि कामको लागि नगद वा खाद्यान्न कार्यक्रम समावेश गर्नु पर्ने र जनतालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि थप स्वास्थ्य सम्बन्धी संरचना प्रवद्र्धन गर्ने नीति समावेश गर्न स्थानीय तहलाई सुझाव दिइएको छ । 
अर्को समाचार
रुपन्देहीका १५ स्थानीय तहको बजेट १२ अर्ब बढी
१३ असार २०७८
•
३ मिनेट पाठ
रुपन्देहीका १५ स्थानीय तहको बजेट १२ अर्ब बढी
कोभिड–१९ रोकथाम तथा नियन्त्रणसंगै स्वास्थ्य, कृषि र पूर्वाधारलाई विशेष जोड दिएर रुपन्देहीका १५ वटा स्थानीय तहले १२ अर्ब बढीको बजेट ल्याएका छन् । बुटवल उपमहानगरसहित ६ वटा नगरपालिका र ९ वटा गाउँपालिकाले १२ अर्ब २१ करोड ५० लाखको बजेट बिहीबार सार्वजनिक गरेका हुन् । जिल्लाको एउटा गाउँपालिकाले बजेट ल्याएको छैन ।




रुपन्देहीमा एउटा उपमहानगरसहित ६ वटा नगरपालिका र १० वटा गाउँपालिका हुन् । ओमसतिया गाउँपालिकाले बजेट ल्याउन सकेन । पालिकाका जनप्रतिनिधिहरु बीच बजेट बाँडफाँडमा विवाद भएपछि बजेट रोकिएको हो ।

सबैभन्दा धेरै बुटवल उपमहानगरको बजेट छ । उपमहानगरले २ अर्ब ५३ करोडको बजेट ल्याएको हो । कोभिड १९ को महामारीले निम्त्याएको जोखिम र विपतबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवन सहज र सुरक्षित बनाउनु बजेटको पहिलो प्राथमिकता भएको उपमेयर गुमादेवि आर्चायले बताइन् । बजेटले स्वास्थ्यसंगै सीप र स्वरोजगारको क्षेत्रलाई प्राथमिकता दिएको योजना तर्जुमा समितिका संयोजक समेत रहेकी उपमेयर आर्चायले बताइन् । स्थानीय सीप र प्रविधिमा आधारित रोजगारीका अवसरहरु सिर्जना हुने गरी बिभिन्न क्षेत्रलाई बजेट विनियोजन गरिएको उनले बताइन् ।  

स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको सिद्धार्थनगर नगरपालिकाले १ अर्ब १८ करोड ७९ लाख बजेट ल्याएको छ । ‘पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभुमि सिद्धार्थनगरको इच्छा भन्ने नारालाई सार्थक बनाउने उद्देश्य बजेटले लिएको उममेयर उमा काफ्लेले बताइन् । तिलोत्तमा नगरपालिकाले १ अर्ब ९८ करोड ७६ लाखको बजेट ल्याएको छ । तिलोत्तमाका उपमेयर जागेश्वरी चौधरीले कोभिड १९ ले निम्त्याएको असरलाई कम गर्दै नगरवासीको जिविकोपार्जनलाई सहज बनाउन स्वास्थ्य, रोजगारी सिर्जना, कृषि, शिक्षा, पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताइन् । देवदह नगरपालिकाले पनि कृषि, स्वास्थ्य रोजगारीलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि ९४ करोडको बजेट ल्याएको छ । सैनामैना नगरपालिकाले १ अर्ब २२ करोड र लुम्बिनी सांस्कृतिक नगरपालिकाले ८० करोडको बजेट ल्याएका छन् ।  

जिल्लाका ९ वटा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । गैडहवा गाउँपालिकाले ६६ करोड ८१ लाख, मायादेवि गाउँपालिकाले ६३ करोड ८७ लाख, कञ्चन गाउँपालिकाले ६३ करोड ३८ लाखको बजेट ल्याएका छन् । सम्मरीमाइ गाउँपालिकाले ५३ करोड ४१ लाख, सुद्धोधनले ५७ करोड ८२ लाख, सियारीले ५९ करोड ४८ लाख, मर्चवारीले ५३ करोड ३७ लाखको बजेट ल्याएका छन् । रोहिणी गाउँपालिकाले ५५ करोड ७२ लाख र कोटहीमाइ गाउँपालिकाले ४४ करोड ३४ लाखको बजेट ल्याएका छन् । कृषि, स्वास्थ्य शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको रोहीणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले बताए ।  

ओमसतियामा स्वार्थ बाझिँदा बजेट अन्यौलमा  

बजेट बाँडफाँडमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरु बीच कुरा नमिले पछि ओमसतिया गाउँपालिकाले भने बजेट ल्याउन सकेन । गाउँपालिकाका अध्यक्ष हिरा केवटले एकलौटी रुपमा कार्ययोजना बनाउने, योजना र बजेट बाँडफाँड गर्ने, आयव्यय पारदर्शी नभएको जस्ता आरोप लगाउँदै वडाध्यक्षहरुले नीति कार्यक्रम पास हुनै दिएका छैनन् । जसका कारण र बजेट पनि अनिश्चित बनेको हो । वडा नं. ६ का वडा अध्यक्ष शिवकुमार धवलले आफूहरुसंग छलफल नै नगरी गाउँपालिका अध्यक्षले स्वयच्छाचारी ढंगले कार्यक्रम र बजेट ल्याउन खोजिएकाले बहिष्कार गरेको बताए । 

गाउँपालिका अध्यक्ष केवटले भने वडाध्यक्षहरुले आफ्नै तजविजीमा योजना संचालन गर्ने गरी २ करोड बजेट छुट्याउनु पर्ने माग गरेपछि समस्या भएको बताएका छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गते भित्र आगामी वर्षको बजेट सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नु पर्ने व्यवस्था छ ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस