खारेज कार्यालयको नयाँ भवन ६ महिनायता प्रयोगविहीन
०५ असार २०७७
•
२ मिनेट पाठ
खारेज कार्यालयको नयाँ भवन ६ महिनायता प्रयोगविहीन
नयाँ बनेको भवन । तस्बिर : नागरिक
गोरखा नगरपालिका वडा नम्बर ९ टक्सारमा छ महिनाअघि निर्माण भएको सरकारी भवन प्रयोगविहीन छ । तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भवनले जिल्लाबाट खारेज भएको भू–संरक्षण कार्यालयको नाममा निर्माण गरेको हो ।  




भवन रेखदेख गर्ने कोही नहुँदा पातपतिङ्गरको थुप्रो लाग्ने, वर्षातको पानीको निकास थुनिँदा कोठाभित्र ताल पर्ने गरेको छ । ‘भूसंरक्षण कार्यालयका लागि बनाएका थियौँ, भवन निर्माण पुरा नहुँदै उक्त कार्यालय खारेज भएपछि कुन कार्यालयलाई भवन हस्तान्तरण गर्ने भन्ने अन्यौल भयो’ जिल्ला आयोजना कार्यान्वयन इकाई भवनकी प्रमुख सुनिता श्रेष्ठले भनिन् । निर्माण पुरा भएको छ महिना बितिसक्दा भवन हस्तान्तरण समेत भएको छैन ।  

भू–संरक्षण कार्यालयको नाममा रहेको १० रोपनी जग्गामा तीन तले सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन रबिना÷डाँफे÷ड्रयागन जेभीले निर्माण गरेको हो । उक्त भवन एउटा कार्यालयलाई पूर्ण सेवा प्रवाह गर्न मिल्ने खालको छ । क्वारेन्टिनमा बस्नुपर्ने प्रहरीलाई त्यहाँ राख्ने भनिएपनि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बासुदेव खतिवडाले अहिले सम्म त्यहाँ प्रहरी नबसेको बताए ।  

भवन कार्यालयकी प्रमुख श्रेष्ठले उक्त भवन भू तथा जलाधार ब्यवस्थापन कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको बताईन् । ‘जग्गाको पुर्जा र भवन पनि सोही कार्यालयको नाममा बनेको हो, भबन बिभागबाट कुनै जानकारी आएको छैन, केही दिनभित्र आउने कुरा छ, त्यसपछि हामी पुर्जा भएको कार्यालयलाई हस्तान्तरण गर्छौँ ।’  

तनहुँस्थित जलाधार ब्यवस्थापन कार्यालयले उक्त भवन सम्पर्क कार्यालयको रुपमा आफैँले प्रयोग गर्ने बताएपनि अन्यौलका बीच कार्यालय सुरु भने भएको छैन । कार्यालय प्रमुख बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिबाकर पौडेलले भने ‘भूकम्पमा जमिन छियाछियाँ भएको जिल्ला भएकाले यहाँ ‘साईड अफिस’ संचालन गर्ने योजनामा छौँ ।’ अहिले उक्त कार्यालयले तनहुँबाट गोरखासहित नवलपुर, मनाङ, कास्की, लमजुङमा सेवा दिँदै आएको छ ।  

मूख्यमन्त्री कार्यालयले पनि जलाधार ब्यवस्थापन कार्यालयलाई उक्त भबन प्रयोग गर्न दिनु भन्ने परिपत्र गरिसकेको उनले बताए । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईले अनुमति दिन बाँकी छ’ कार्यालय प्रमुख पौडेलले भने ‘लमजुङ र गोरखा हेर्ने गरी त्यहाँ कार्यालय रहन्छ ।
अर्को समाचार
लाखाैंका भेन्डिङ मेसिन प्रयोगविहीन
१७ फागुन २०८०
•
४ मिनेट पाठ
लाखाैंका भेन्डिङ मेसिन प्रयोगविहीन
प्रयोगविहीन पालिकाका विद्यालयमा प्रयोग गरेका भेन्डिङ मेसिन। तस्बिर : नागरिक
कालीकोटको शुभकालिका गाउँपालिकाले छात्रा रिजाउन भन्दै आर्थिक वर्ष २०७९/८० मा पालिकाका पाँचवटा माविमा लाखौं रुपैयाँ खर्च गरेर सेनेटरी भेन्डिङ मेसिन जडान गर्‍यो।




मेसिन जडान हुँदा छात्रा खुसी देखिए तर उनीहरुकाे याे खुसी धेरै दिन भने टिक्न सकेन। शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले छात्रा शैक्षिक सुधार योजना अन्तर्गत २ लाख १६ हजारका दरले प्रत्येक भेन्डिङ मेसिन र कार्ड जडान पनि गरिन्। जडान गरेको दुई महिनामा १० लाख ८० हजारका भेन्डिङ मेसिन प्रयोगविहीन छन्।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा आफूले पहिला महिला तथा किशोरीको समस्या पहिचान गरी मेसिन जडान कार्यक्रमलाई विद्यालयस्तरमा कार्यान्वयनतर्फ लगेको शुभकालिका गाउँपालिकाले जनाएको थियो।

कालीकोटका स्थानीय तहले निःशुल्क पाइने सेनेटरी प्याडलाई लाखौंको भेन्टिङ मेसिनमा राखेर अनियमितता गरेका छन्। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले पनि २०७९/८० मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंहले पालिकाका माविमा ६ वटा भेन्टिङ मेसिन वितरण गरिन्। उनले गरेका भेन्टिङ मेसिन प्रयोगमा छैनन्।

दुवै गाउँपालिकाले कोटेसन गरी कालिकोटकै स्थानीय फर्म रेड इन्टरनेसनलमार्फत खरिद गरेर जडान गरेका थिए। सान्नीत्रिवेणी गाउँपालिकाले पनि २ लाख ३५ हजारका दरले मेसिन र कार्ड खरिद गरेर १४ लाख १० हजार भुक्तानी समेत गरेका छन्। स्थानीय पालिकाले खरिद गरेर वितरण गरेका लाखौंका भेन्डिङ मेसिन प्रयोगमा छैनन्। विद्यालयले पनि झन्झटिलो भएपछि प्रयोगमा ल्याउन नसकिएको जनाएका छन्।  

विद्यालय त्यसमा पनि स्थानीय सरकारका उपप्रमुखहरूको मुख्य रोजाइमा खरिद गरेको जिल्लाको खाँडाचक्र नगरपालिकाले पनि पञ्चदेवल माविमा जडान गरेको छ।

स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन हाल कालीकोटका अधिकांश स्थानीय सरकारका उपप्रमुखको कार्यक्रम बनेको देखिन्छ।

गाउँपालिकापिच्छे फरकफरक मूल्य भुक्तानी भइरहेको र भेन्टिङ मेसिनको उपयोग, स्वास्थ्यका दृष्टिले कति प्रभावकारी छ, विद्यालयमा छात्राहरू प्रयोग गर्छन् कि  गर्दैनन् भन्ने हेक्का नराखी  खरिद भएको स्थानीय हिक्मतजंग मल्लले बताए।  

मिन्स प्याड राख्ने भेन्टिङ मेसिनको बाहिर  व्यक्तिगत झैं उपप्रमुखको फोटो राख्ने फेसन पनि कालीकोटमा देखिएको छ। त्यसलाई  सस्तो लोकप्रियता भन्दै चर्को आलोचना हुन थालेको छ।

विद्यालयमा राखिएका भेन्टिङ मेसिनमा राखिएका मिन्स प्याड स्माड कार्ड लिएर तान्न कोही पनि जाँदैनन् त्यो कहाँ राखिन्छ, मिन्स प्याड कति दिनपछि फेरबदल गर्ने वा नसकिञ्जेल राखिराख्ने त्यसको जिम्मेवारी सम्बन्धित छात्रा जानकार छैनन्।

समाजमा महिलाले महिनावारी भएका छाउगोठमा बस्ने, अधिकांश ग्रामीण भेकका महिला, गुनियु चोली लगाउने भएका कारण पहिलो त महिनावारीसम्बन्धी जनचेतना नै प्रमुख हो। त्यसमा त्यो स्कुल बाहिरका महिलाको पहुँचमा नभएको स्थानीय जानकारको भनाइ छ।  

कालीकोटका केही विद्यालयले विद्यालय नर्स कार्यक्रमअन्तरगत छात्राहरूको समस्यासँग सहजीकरण, प्याड व्यवस्थापन गर्ने गरेकोमा विद्यालयमा सेनेटरी प्याडका लागि भेन्टिङ मेसिन राखेर झन् समस्या भएको छ। छात्रालाई महिनावारी सुरक्षित राख्ने गरेसँगै विद्यालय नर्सको  काम पनि विद्यालयमा कम देखिएको छ।  

कालीकोटको स्कुल नर्स कार्यक्रम लागु गरेकोमा अहिले विद्यालयमा स्टाफ नर्स पनि छैनन्। खाँडाचक्र नगरपालिकाको विद्यालयमा रहेका स्टाफ नर्स अहिले विद्यालयमा नआउने गरेको पाइएको छ।

नेपाल सरकारले पनि हरेक सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड  उपलब्ध गराउने घोषणा गरेको छ। त्यो मिन्स प्याड गाउँपालिकाका  उप्रमुखले ४ लाखको भेन्टिङ मेसिनमा राखेर महँगो बनाएको विश्लेषण हुन थालेको छ। त्यसैमा उपप्रमुख कोषको पैसा स्वास्थ्य क्षेत्रमा खर्च गर्दा पालिकाको स्वास्थ्य शाखालाई समेत जानकारी नदिएर खरिद गरेको भेटिएको छ।

यो वर्ष पनि सेनिटरी प्याड  खरिद गर्ने कार्यक्रम भएको र २५ लाख छुट्ट्याएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश शाहीले बताए। विद्यालयमा सेनेटरी प्याड राखिएपछि महिनावारी हुँदा कक्षा छाड्नुपर्ने बाध्यता अन्त्य हुने दाबी उनको थियो। कालिकोटका खाँडाचक्र नगरपालिका, सान्नित्रिवेणी र शुभकालिका गाउँपालिकाले यो मेसिन खरिद गरेर विद्यालयमहरुलाई थमाएका छन्।

शुभकालिकामा यही मेसिनको बिल २ लाख १७ हजारको छ भने खाँडाचक्रमा ४ लाख ५८ हजार, उता सान्नित्रिवेणी गाउँपालिकाले पनि २ लाख २० हजारमा गरेका कारण विवादमा परेको छ। खाँडाचक्रले ४ लाख ५८ हजार २ सय १५  भुक्तानी गरिसकेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस