जुम्लामा नदिजन्य बस्तु उत्खनन् अनुगमन समितिले अबैध रुपमा भइरहेको नदिजन्य बस्तुको उत्खनन् कार्य तत्काल रोक्न निर्देशन गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले बैधानिक रुपमा टेण्डर आव्हान गरेर मात्र नदिजन्य बस्तुको उत्खनन गर्न निर्देशन दिएको छ ।
पातारासी गाँउपालिका जवा नदि क्षेत्रको अनुगमनका क्रममा नदिजन्य बस्तुको उत्खनन भएर ओसार पसार कार्य चलिरहेको भेटिएपछि तत्काल रोक्न निर्देशन गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जानकारी दिए ।
उनले भने,‘पातारासी ५ लोर्पा गाउँको पुलदेखि लासी बजारसम्म नदिजन्य बस्तु उत्खनन गरिरहेको भेटियो । साथै ओसारपसार कार्य पनि तीव्र रुपमा चलिहरेको पाईयो । समितिले तत्काल रोक्न निर्देशन दिएको छ ।’ पातारासी गाउँपालिकाले नदिजन्य बस्तुको आइइइ गरिसकेकोले बैधानिक रुपमा टेण्ड गरेर मात्र उत्खनन गर्न निर्देशन दिएको उपप्रमुख बुढाले जानकारी दिए । उनका अनुसार अनुगमन समितिको निर्देशन अटेर गर्नेलाई कानुन बमोजिमको कारवाही गरिनेछ ।
जुम्लाका एक नगरपालिकासहित ८ वटा स्थानीय तहमध्ये तातोेपानी, पातारासी र हिमा गाउँपालिकाले मात्र आइइइ गरेका छन् । अबैधानिक नदिजन्य बस्तुको उत्खनन् तीव्र भइरहेको गुनासो आउन थालेपछि अनुगमन समितिले पनि अनुगमन प्रक्रियालाई कडाई गरिरहेको छ । जुम्लाका सबै नदिनमा भइरहेको उत्खनन् कार्यको अनुगमन गरेर आवश्यक निर्देशन जारी गर्ने तयारी भईरहेको अनुगमन समितिका प्रमुख लालबहादुर सार्कीले बताएका छन् ।
जिल्लाको हिमा, तिला र जवा नदिमा गिट्टी बालुवाको अबैध रुपमा उत्खनन् भइरहेको छ । अनुगमन समितिमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की,उपप्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायब उपरिक्षक लालबहादुर धामी, सशस्त्र प्रहरी प्रमुख डिएसपी लगायत जिल्ला वन कार्यालय, पुर्वाधार विकास कार्यालय लगायतका प्रमुखको सहभागिता रहेको थियो ।