चार किरियापुत्रीसहित तीन सय ७८ जनाको उद्वार
१० जेष्ठ २०७७
•
२ मिनेट पाठ
चार किरियापुत्रीसहित तीन सय ७८ जनाको उद्वार
बैतडीको झुलाघाट सीमानाकाबाट किरियापुत्रीसहित ३ सय ७८ जनाको उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित उनीहरुलाई शुक्रबार उद्धार गरिएको हो । 




उद्धार गरिएकामध्ये बैतडीका १ सय ६२, बझाङका १ सय, बाजुराका ३०, दार्चुलाका ११, कञ्चनपुरका ६, डडेल्धुराका ५,अछामका ३, र अन्य जिल्लाका  नागरिक रहेका छन् । उनीहरुलाई सीमानाकामा समान्य चेकजाँच मात्र गरिएको छ । बिना परीक्षण भित्र्याएका उनीहरुबाट संक्रमणको जोखिम बढेको छ । उद्धार गरिएका नागरिकलाई सम्बन्धित जिल्ला र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

यसअघि गत वैशाख १८ मा पनि झुलाघाट नाकाबाट उद्धार गरिएको थियो । यसैबीच झुलाघाटबाट ११ जना भारतीय पनि आफ्नो देश फर्केका छन् । नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आ-आफ्ना देशमा फर्कने व्यवस्था गरिएको हो 

१० दिनदेखि  झुलाघाटको क्वारेन्टिनमा बस्दै आएका चार जना किरियापुत्रीको पनि उद्धार गरिएको छ । उनीहरुमध्ये दुईजना आफ्ना बुवा गुमाएका, एकजना आमा र एकजना श्रीमती गुमाएका रहेका छन् । सुर्नया गाउँपालिका–३ का राजेन्द्रप्रसाद र तारा भट्टका बुवा देवदत्त भट्टको गत वैशाख ३१ मा निधन भएको थियो ।

यस्तै, पुर्चौडी नगरपालिका–७ का ठगी साउदकी आमा भुरी साउदको जेठ १ गते निधन भएको थियो । यस्तै, सिगास गाउँपालिका–९ का कृष्णसिंह धामीकी श्रीमती कलावतीको वैशाख ३० मा निधन भएको थियो । तर, नाका सिल हुँदा उनीहरुले झुलाघाटमा रहेको क्वारेन्टाइनमा नै किरिया गरिरहेका थिए । यसअघि गत वैशाख १० मा पनि बैतडीका तीन किरियापुत्रीलाई स्वदेश भित्र्याइएको थियो ।

गत वैशाख १८ र चैत १४ गरी दुईपटक एक हजारजना भन्दा बढी झुलाघाट नाकाबाटै उद्धार गरी ल्याइएको थियो । बिना परीक्षण भित्रिए भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै आएका हुन् । 
अर्को समाचार
भन्सारमा क्यारिङ राज : दैनिक करोड राजस्व चुहावट, स्वदेशी व्यापारी मारमा
१३ फागुन २०८०
•
४ मिनेट पाठ
भन्सारमा क्यारिङ राज : दैनिक करोड राजस्व चुहावट, स्वदेशी व्यापारी मारमा
विदेशबाट नेपाल भित्रिने एक सयभन्दा बढीको सामानमा भन्सार कर लगाउने सरकारी निर्णयले सीमावर्ती बजारका व्यापारी उत्साहित थिए।




भन्सार नाकामा कडाइ हुँदा सीमावर्ती नेपाली बजारमा उत्पादनको माग वृद्धि हुने र स्वदेशमा वैध कारोबार प्रोत्साहित हुने वातावरण बन्ने भन्दै स्वदेशी व्यवसायीको अपेक्षा थियो, तर सीमा क्षेत्रबाट भित्रिने सयभन्दा माथिका सामानमा पनि भन्सार तिर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वयन नहुँदा स्वदेशी व्यापारी ठूलो मारमा परेका छन्।

यसको प्रभाव नेपाली बजारमा मात्र होइन, राज्यले संकलन गर्ने बर्सेनि अर्बौं राजस्व पनि चुहावट भएको छ। पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा क्यारिङकै राज छ।

यहाँ खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा भारतीय बजारबाट सहजै भन्सार छलीका सामान नेपालगन्ज भित्रिने गरेका गुनासो नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले बेलाबेला सार्वजनिक मञ्चमा राख्दै आएका छन्।

दैनिक कति नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जान्छन् ? उनीहरुले कतिसम्मको कारोबार गर्छन् र कति राजस्व चुहावट भएको हुन्छ ? यसलाई तथ्यगत रुपमा हेरौँ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक रुपमा १२ हजार पाँच सयजना नेपाली उपभोक्ता किनमेलका लागि जाने गरेका बाँकेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सीमा सुरक्षा पोस्ट्को प्रतिवेदनमा उल्लेख छ।

उनीहरुले एकपटकमा न्यूनतम एक हजार पाँच सयदेखि ३० हजार रुपैयाँसम्मको सामान खरिद गर्ने गरेको र औसतमा दैनिक पाँच हजार रुपैयाँबराबर खर्च गर्ने गरेको पाइन्छ। यो तथ्यांकका आधारमा नेपालगन्जस्थित जमुनाहा नाकाबाट हरेक दिन ६ करोड २५ लाख रुपैयाँ बाहिरिने गरेको छ।

नेपालगन्ज उद्योग वाणिज्य संघले २०८० असोज १५ गतेको एक घन्टामा दुई हजार ६ सय ९४ जना जमुनाहा नाकाबाट भारत प्रवेश गरेको तथ्याङ्क संकलन गरेको थियो। यो तथ्यांकलाई आधार मान्दा दिनको १० घन्टा सीमा खुल्दा २६ हजार नौ सय ४० जना भारतमा किनमेल वा श्रम गर्न गएको देखिन्छ।

फर्कंदा हरेक व्यक्तिले औसतमा पाँच हजार रुपैयाँबराबरको सामग्री लिएर आएको पाइएको थियो। चाडपर्वका बेलामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दैनिक ४० हजार जना किनमेलका लागि छिमेकी भारतीय बजार जाने गरेको सीमामा खटिएका प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

सीमा नाका व्यवस्थित र प्रविधिमैत्री नहुँदा उल्लिखित भारतमा किनमेल गर्ने नेपालीले यो वा त्यो बहानामा राज्यलाई तिर्नुपर्ने कर नतिरेको र खटिएका प्रहरीका आँखा छलेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए। यसले दैनिक करोडभन्दा बढी राजस्व चुहावट भएको उनको भनाइ छ।

नेपालगन्ज भन्सार कार्यालयले जमुनाहा नाका क्षेत्रमै कम्तीमा पनि ३० वटा भन्सार काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएर छिटोछरितो कर असुली गरेमा आयात गरिने सामानमा औसत २३ प्रतिशतका दरले मात्र भन्सार महसुल संकलन हुँदा पनि यो नाकाबाट दैनिक एक करोड ४३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन हुने उनको भनाइ छ। नेपालगन्ज उद्योग वाणिज्य संघले तत्कालै भन्सार काउन्टरको संख्या वृद्धिका लागि पहल गर्न पनि माग गरेको छ।

सय रुपैयाँभन्दा बढीको सामान आयात गर्दा भन्सार महसुल तिर्नु पर्ने प्रावधानलाई प्रभावकारी बनाउँदा मात्र बर्सेनि गुमेको अर्बौं राजस्व नियन्त्रण हुने उद्योगीको भनाइ छ। साथै मुख्य नाका जमुनाहसँगै खुला सीमाका कारण भित्री नाकाबाट समेत दैनिक करोडौं रुपैयाँ बराबरको सामान चोरी–तस्करी हुँदै आएको छ।

नेपालगन्ज भन्सार कार्यालयको माघमा २३ लाख १४ हजार दुई सय १२ रुपैयाँ राजस्व उठाउने लक्ष्य भए पनि जम्मा १३ लाख १८ हजार एक सय २२ रुपैयाँ मात्र राजस्व संकलन भएको छ। साउनयता कुनै पनि महिना लक्ष्यअनुसार राजस्व संकलन भएको छैन। दैनिक ठूलो परिणाममा नेपालगन्जमा सामान भित्रिने गरे पनि राजस्वले भने लक्ष्य भेटाउन सकेको छैन।

भन्सारबाट हुने चोरी–तस्करीको विषय पेचिलो हुँदै आएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए। सीमासुरक्षाको विषय गृह मन्त्रालयअन्तर्गत भए पनि राजस्व र भन्सार जोडिएकाले अर्थ मन्त्रालयसँग पनि सम्बन्धित भएको बताएका छन्।

यस विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर सीमाबाट हुने चोरीपैठारी नियन्त्रण गर्न सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन दिएको उनको भनाइ छ।

अवैध चोरी–तस्करीका लागि पछिल्लो समय तीनवटा प्रयास भएका नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए। रुपैडियाबाट नेपाल आउने रिक्सा र टाँगा पूर्णरुपमा प्रतिबन्ध, सीमा नियमित गस्ती र प्रमुख नाकामा यात्रु मार्ग निर्माणका कामले केही चोरीपैठारी नियन्त्रण भएका उनको भनाइ छ।

‘सामान्यतया आधा केजी दाल, दुई किलो चिनी, एक केजी तरकारीलगायत थोरैथोरै सामान ल्याउने उपभोक्तालाई व्यावहारिक रुपले बलजफ्ती गर्न सकिएको छैन’, उनले दैनिक नेपालगन्जसँग भने, ‘त्यसरी आउँदा सयभन्दा माथि करिब एक÷दुई हजार रुपैयाँसम्मको सामान भइहाल्छ।’

यसमा केही प्राविधिक कुराले समस्या बनाएको उनी बताउँछन्। योबाहेक अन्य चोरी–तस्करी भने कडाइका साथ नियन्त्रणका प्रयास भइरहेको उनको भनाइ छ। यसमा एक्लोभन्दा पनि सामूहिक प्रयास अपरिहार्य रहेको उनको भनाइ छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस