झापामा पनि सरकारी जमिन अतिक्रमण
१० फागुन २०७६
•
७ मिनेट पाठ
झापामा पनि सरकारी जमिन अतिक्रमण
दमक – झापामा करिब हजार बिघा सरकारी जमिन अतिक्रमणमा परेको छ। स्थानीय तहका जनप्रतिनिधिले जग्गा अतिक्रमण भए पनि हटाउन नसकिएको बताएका छन्।




कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले कमल–५ स्थित सशस्त्र प्रहरी तालिम केन्द्रको दुई सय ५० बिघा जग्गा अतिक्रमण भएको बताइन्। उनले सशस्त्र प्रहरी बलको जग्गामा घर–टहरा बनाएर बसेका कारण हटाउन समस्या भएको बताइन्। यस्तै रतुवामाई वृक्षरोपण आयोजनाको ६ सय ६४ बिघा जग्गा व्यक्तिले अतिक्रमण गरेको दाबी उनले गरिन्। ‘ठूलो मात्रामा सरकारी जग्गा अतिक्रमण भएको छ,’ उनले भनिन्, ‘तर प्रशासनले समस्या समाधान गर्न चासो दिएको छैन।’

सशस्त्र प्रहरीको जग्गामा बसेकाहरूलाई हट्न कमल गाउँपालिकाले पटक–पटक ताकेता गरे पनि सम्भव भएको छैन। कमल–५ का वडाध्यक्ष डम्बर निरौलाले सशस्त्र प्रहरीको जग्गामा बसेर टहरा बनाएका करिब दुई सय ५० घरपरिवारलाई हट्न भने पनि अटेरी गरेको बताए। ‘सरकारी सम्पत्ति कब्जा गरेर बसेकालाई हटाउन हामी प्रशासनको सहयोग चाहिरहेका छौं,’ उनले भने, ‘सबैको सहयोगमा हामी व्यवस्थापन गर्ने प्रयासमा छौं।’

झापाका अधिकांश स्थानमा आदिवासी जनजातिको पहिचान स्थापनाका लागि बनाइएका धार्मिकस्थल अतिक्रमणको चपेटामा परेका छन्।

वडाध्यक्ष निरौलाका अनुसार सशस्त्र प्रहरीले १० वर्षअघि जग्गा कमाउन विभिन्न स्थानबाट व्यक्तिहरू ल्याएको थियो। तिनले नै अस्थायी टहरा बनाउन थाले। घर बनाएपछि उनीहरूका आफन्त पनि बोलाएर जग्गा कमाउन थाले। ‘सशस्त्र प्रहरीसँग पनि अतिक्रमित जग्गा खाली गरााउन सहयोग मागेका छौं,’ निरौलाले भने। त्यसबेला सशस्त्र प्रहरीले जग्गा कमाउने व्यक्तिबाट प्रतिबिघा सात हजारका दरले लिने गरेको जग्गा कमाउनेको दाबी छ। जग्गा कमाउनेले भने स्थानीय सरकारले हटाउन लागेको भनेर विरोध गरेका छन्।

यस्तै झापाको कमल, शिवसताक्षी नगरपालिकाअन्तर्गतको रतुवामाई वृक्षरोपण आयोजनाको जग्गा पनि अतिक्रमणमा परेको छ। दमक–८ बालुवाटारको सरकारी जग्गासमेत व्यक्तिको नाममा बनाइएको छ। प्रहरीका अनुसार बालुवाटारको रतुवा नदी बगरको जग्गा व्यक्तिको नाममा बनाइएको छ। इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजय पण्डितका अनुसार सरकारी जग्गा र छाप किर्ते गरी व्यक्तिको नाममा जग्गा पास गराउने भनिएका मुख्य अभियुक्त गगन पुरी अहिलेसम्म फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको छ। पुरीले पथरी–शनिश्चरेका ओमप्रकाश पौडेलका नाममा ११ बिघा सरकारी जग्गा पास गराएका थिए। पौडेलसहित घटनामा संलग्न अन्य धरौटीमा छुटेका छन्।

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले अतिक्रमणमा परेको जग्गाको सूचना दिन आग्रह गरेको छ। नेपाल बार एसोसिएसन झापाका अध्यक्ष लेखनाथ निरौलाले मेचीनगर नगरपालिकाको प्यारीभिट्टामा २८ बिघा जमिन र कनकाई नगरपालिकास्थित कनकाई नदीको उकास क्षेत्रमा सयभन्दा बढी बिघा जग्गा अतिक्रमणको चपेटामा परेको बताए। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले मठ, मन्दिर, खेलमैदानका नाममा स्थानीय तहले नै वनको जग्गा अतिक्रमण गरिरहेको बताए। उनले जग्गाको क्षेत्राधिकार कसको भन्ने नबुझी वनक्षेत्रमा भौतिक संरचना निर्माण नगर्न पालिकालाई आग्रहसमेत गरे।

बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बिर्तामोड–३ स्थित देवी गुठीको नाममा रहेको १२ बिघा जग्गा भूमाफियाले व्यक्तिका नाममा दर्ता गर्न खोजेकाले रोक्न पहल भइरहेको बताए। उनले रंगशाला रहेको सो जग्गा व्यक्तिका नाममा भोगलचन गर्न दिनू भनी सर्वोच्च अदालतले बदनियतपूर्ण फैसला गरेको भन्दै सिरक ओढेर गरिएको फैसला कार्यान्वयन हुन नदिने अडान व्यक्त गरे। आदिवासी नेता विद्यानन्द ताजपुरियाले झापाका अधिकांश स्थानमा आदिवासी जनजातिका पहिचान स्थापनाका लागि बनाइएका धार्मिकस्थल अतिक्रमणको चपेटामा परेको गुनासो गर्दै आयोगलाई अनुगमन गर्नुपर्ने बताए।

मालपोत कार्यालयका प्रमुख जनार्दन भट्टराईले कार्यालयसँग अतिक्रमित जग्गाको अभिलेख नरहेको बताए। उनले स्थानीय तहसँग समन्वय गरेर तथ्यांक लिइने बताए। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले आयोगलाई दमकको बालुवाटार, कनकाईको नदी उकास क्षेत्र, बिर्तामोडको डोमालाल रंगशाला र मेचीनगरको प्यारीभिट्टाको अतिक्रमित जग्गाको सूचना आएको बताए।

आयोगका अध्यक्ष मोहनरमण भट्टराईले स्थानीय सरकारले नै सार्वजनिक, गुठी र सरकारी जग्गाको संरक्षण गर्नुपर्ने बताए। ‘झापाको सरकारी जग्गाको विषयमा सिबिआई, अख्तियार र अदालतमा मुद्दा छन्,’ उनले भने, ‘ती सबै निकायसँग समन्वय गरेर अघि बढिनेछ।’ उनले जग्गा अतिक्रमणको सूचना दिनसमेत आग्रह गरे। नेपाल सरकारले सरकारी, सार्वजनिक र गुठीको जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न जेठ ६ गते आयोग गठन गरेको हो। आयोग गठन भएको ६ महिनामा एक सय ७७ उजुरी परेका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस