अतिक्रमित जग्गामा सरकारको होर्डिङ–बोर्ड
०५ फागुन २०७६
•
६ मिनेट पाठ
अतिक्रमित जग्गामा सरकारको होर्डिङ–बोर्ड
काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरका व्यत्तिले अतिक्रमण गरेको जग्गामा साईन बोर्ड राखेर सरकारी मातहतमा रहेको घोषण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पद्मा अर्याल। तस्बिर: रासस
काठमाडौ – सरकारले होर्डिङ बोर्ड राखेर सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियान थालेको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आइतबारबाट सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानको औपचारिक थालनी गरेकी छिन्। आइतबार उनले काठमाडौका तीन ठाउँमा ‘यो जग्गा नेपाल सरकारको हो’ भन्ने होर्डिङ–बोर्ड गाड्न लगाइन्। होर्डिङ–बोर्डमा जग्गाको जग्गाको नक्सासहित क्षेत्रफल, कित्ता नम्बर, सिट नम्बर पनि राखिएको छ।




व्यक्तिले हडपेको सरकारी तथा सार्वजनिक जग्गामा होर्डिङ–बोर्ड राख्ने काममा उनलाई स्थानीय जनप्रतिनिधि, मालपोत तथा नापी कार्यालयका कर्मचारीहरूले साथ दिएका थिए। उक्त कार्यक्रममा भूमि व्यवस्था मन्त्रालयका उच्चकर्मचारीहरू पनि सहभागी थिए। आइतबार मन्त्री अर्यालले सुरुमा व्यक्तिले हडपेको काठमाडौंको तीनकुने आलोकनगरस्थित वाग्मती किनाराको छेउमा १० रोपनीभन्दा बढी जग्गामा होर्डिङ–बोर्ड गाडिन्। त्यसपछि उनी काठमाडौं मध्यबानेश्वरस्थित १० नम्बर वडा कार्यालयसँगै जोडिएको जग्गामा पुगिन्। त्यहाँ उनले करिब चार रोपनी जग्गामा होर्डिङ–बोर्ड गाडिन्। त्यसपछि उनले अनामनगरको अक्सिडेन्टल स्कुलसँग जोडिएको करिब एक रोपनी सरकारी जग्गामा होर्डिङ–बोर्डमा गाडिन्।

अत बढी हुने क्षेत्रमा होर्डिङ–बोर्ड राखेर सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान थालिएको मन्त्रालयले जनाएको छ।

मन्त्रीले होर्डिङ–बोर्ड राख्न खोज्दा त्यस अभियानमा सरकारी जग्गा हडेपेका व्यक्तिले अवरोध गर्न खोजेका थिए। तर नापी कार्यालयका कर्मचारीहरू सो जग्गा ‘सरकारी’ भएको प्रमाण बोकेरै फिल्डमा पुगेका थिए। उनीहरूले सरकारी जग्गा भएको प्रमाण देखाएपछि जग्गा हडपेका व्यक्ति पछि हटेका थिए। सरकारी जग्गामा होर्डिङ–बोर्ड राख्दै मन्त्री अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न अभियान थालिएको घोषाणा गरिन्। अब यो अभियान देशव्यापी हुने पनि उनले बताइन्।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण अभियानमा सबैलाई जागरूक बनाउन र सरोकारवाला पक्षलाई सचेत बनाउन यस्तो विधि अपनाइएको बताए। ‘खासगरी आवातजावत बढी हुने क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि हामीले यस्तो विधि अपनाएका हौं,’ जोशीले भने, ‘यो सांकेतिक कार्यक्रम हो। अरू ठाउँमा अरू विधि अपनाइनेछ।’

यसअघि गत वर्ष नापी कार्यालय डिल्लीबजारका कर्मचारीहरूले केही सरकारी तथा सार्वजनिक जग्गामा होर्डिङ–बोर्ड राखेका थिए। तर त्यो अनौपचारिक कार्यक्रम थियो। नापी कार्यालय डिल्लीबजारले हाल नमुनाका रूपमा काठमाडौं महानगरपालिकाका २३, १८, २१ र ३१ वडाका आठ ठाउँमा होर्डिङ राखेको छ। उक्त चारवटा वडामा मालपोत कार्यालय डिल्लीबजारले सरकारी तथा सार्वजनिक जग्गाको सूचीसमेत तयार गरेको छन्।

जसमध्ये व्यक्तिले हडपेका आठ ठाउँमा होर्डिङ–बोर्ड राखिएको हो। ‘नमुनाका रूपमा हामीले काठमाडौ महानगरपालिकाका चारवटा वडामा सरकारी तथा सार्वजनिक जग्गाको सूची तयार गरेका छौं,’ मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अशोक भुसालले भने, ‘सरकारी तथा सार्वजनिक जग्गाबारे सार्वजनिक रूपमा सूचना दिई जग्गा संरक्षण गर्न यस्तो तरिका अपनाएका हौं।’ चारवटा वडामा सूची यार गरेपछि आफ्नो कार्यालयले कार्यालयको मातहतमा पर्ने अन्य वडाहरूमा पनि यसरी नै सार्वजनिक तथा सरकारी जग्गा भएको सूची तयार गर्ने काम भइरहेको उनले जनाए।

भूमि व्यवस्था मन्त्रालयका अनुसार मन्त्रालयले मालपोत कार्यालय डिल्लीबजार, कलंकी र चावहिललाई सार्वजनिक तथा सरकारी जग्गाको सूची संकलन गर्न निर्देशन दिएको छ। त्यसपछि अन्य नापी कार्यालयहरूलाई पनि यस्तो निर्देशन दिने तयारी भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आवादीमा रहेको जग्गामध्ये करिब २८ प्रतिशत जग्गा सार्वजनिक तथा सरकारी जग्गाभित्र पर्छ। आवादीभित्र नपरेको सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस