खोप छुटेपछि दादुरा–रुवेला संक्रमित बढ्दै
०२ फागुन २०७६
•
७ मिनेट पाठ
खोप छुटेपछि दादुरा–रुवेला संक्रमित बढ्दै
स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत। तस्बिर : नागरिक
काठमाडौं – सरकारले सञ्चालन गरेको नियमित तथा अभियानका खोप लगाउन छुटेका बालबालिकामा दादुरा र रुवेला संक्रमण हुने दर बढेको तथ्यांकले देखाएको छ। सन् २०१९ मा चार सय ३० जना दादुरा र रुवेलाका ४४ जना बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ। सन् २०१८ मा दुई सय ६० जनामा दादुरा भएको थियो। सन् २०१६ मा एक सय जनामा दादुरा र २१ जनामा रुवेला फेला परेको थियो।




खोप अभियान सञ्चालनसँगै घट्दै गएको संख्या पछिल्लो वर्ष भने बढेको तथ्याकंले देखाएको छ। खोप अभियान चलेकै बेला देखिएको यो संख्याले सरकारको दादुरा–रुवेला निवारण अभियान प्रभावित भएको छ। सरकारले सन् २०१९ देखि २०२० भित्रमा दादुरा–रुवेला निवारण गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको थियो। तर त्यो सफल हुन सक्ने अवस्था नभएको चिकित्सको भनाइ छ।

बालबालिकामा खोप लगाउन छुटेकै कारण दादुरा र रुवेला हुनेको संख्या बढेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए। तथ्यांकअनुसार ९९ प्रतिशत बालबालिकाले कुनै न कुनै खोप लिएकाको उनले बताए। २१ प्रतिशत बालबालिकाले १५ महिनाको खोपबाट बञ्चित भएको बताइएको छ। १ प्रतिशतले कुनै पनि खोप नपाएको तथ्यांकमा खोप शाखाको तथ्यांकमा उल्लेख छ। ‘बिरामीको संख्यामा बृद्धि हुनु भनेको खोप लिन नपाएको वा छुटेको नै हो।’ शाखा प्रमुख शर्माले भने।

बिहीबार भएको पाँचौं दादुरा–रुवेला खोप अभियान उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालको खुला सीमानाका कारण रोग निवारणमा चुनौती भएको बताए। ‘खुला सीमानाले राष्ट्रिय समस्याको रूप लिएको छ।’ उनले भने। कार्यक्रममा मन्त्रालयका सचिव खगराज बरालले बसाइँ–सराइँ गरी मजदुरी गर्न जाने अभिभावक, राउटे समुदाय र मौसमी खेतीमा सहभागी अभिभावकका बालबालिका खोपाबाछ बञ्चित हुने गरेको बताए। अभिभावक काम गर्न जाँदा बालबालिका पनिसँगै लैजान हुँदा खोपबाट बञ्चित हुने गरेको उनले बताए।

अविभावकलाई दादुराको खोप दुई पटक लगाउनुपर्छ भन्ने जानकारी नहुँदा पनि एक पटक मात्रै खोप लगाएर छोड्ने गरेको बताइएको छ। दादुरा–रुवेलाको खोपको मात्रा दुई पटक नलगाएका बालबालिकामा दादुरा–रुवेला संक्रण हुने चिकित्सकको भनाइ छ। चिकित्सकका अनुसार दादुरा ‘मिजल्स’भाइरसको संक्रमणबाट हुन्छ भने रुवेला भाइरसको संक्रमणबाट रुवेलाको संक्रमण हुनेगर्दछ। बालबालिकामा दादुरा–रुवेला भएमा ज्वरो आउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने जस्ता लक्षण देखिन्छन्।

तोकिएको अवधिमा दादुरा–रुवेला निवारण हुन नसकेपछि विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एशिया क्षेत्रको गत सेप्टेम्बरमा बसेको बैठकले सन् २०२३ भित्र दादुरा–रुवेला निवारण गर्ने लक्ष्य निर्धारण गरेको छ। सोही लक्ष्य पुरा गर्न सरकारले यो वर्ष ९५ प्रतिशत ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई अभियान समेट्नुपर्ने हुन्छ।

एक महिने अभियान सञ्चालन

सरकारले तीन वटा प्रदेशमा फागुन महिनाभर दादुरा–रुवेला खोप अभियान सुरु गरेको छ। यो वर्ष बढी दादुरा–रुवेला देखिएका जिल्ला तथा प्रदेशमा अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। अभियानको उद्घाटन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले काठमाठौंमा एक बालकलाई पोलियो थोपा खुवाएर गरेका थिए।

अभियानले छुटेका बालबालिकालाई खोजी–खोजी खोप दिने तयारी छ। प्रदेश १, प्रदेश २ र प्रदेश ५ मा अभियान सञ्चालन भएको छ। यो वर्ष ९५ प्रतिशत छुटेका बालबालिकालाई समेट्ने अभियानको लक्ष्य छ। अभियानका लागि देशभरका ५० हजार खोप केन्द्र, एक लाख स्वयंसेवक, पाँच हजार स्थानीय सुपरभाइजर र ९ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको महाशाखाले जानकारी दिएको छ। अभियानमा १९ जिल्लामा पोलियो थोपा खोपसमेत दिइनेछ। छुटेका २१ प्रतिशत बालबालिकालाई पहिचान गर्ने शाखाले जनाएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाले एक पटक मात्र दादुरा–रुवेला खोप लगाएका र दोस्रो पटक नलिएका तथा अहिलेसम्म खोप नै नपाएका बालबालिकालाई टोल टोलमा पुगेर पूर्ण खोप दिने जनाएको छ। उक्त अभियानका क्रममा आफ्नो बालबालिकालाई खोप लगाउन पनि महाशाखाले सबैलाई आग्रह गरेको छ।

समुदायमा विभिन्न कारणले छुटेका बालबालिकालाई पूर्ण खोप लगाएर दादुरा–रुवेला निवारण लक्ष्य पुरा गर्ने सरकारको लक्ष्य छ। सन् २०२० भित्रै दादुरा–रुवेला निवारण अभियान पुरा नभएपछि सरकारले यो वर्षदेखि सन् २०२३ भित्र निवारण गर्नु पर्ने प्रतिवद्धता अनुसार अभियान सञ्चालन गरेको छ। अभियान सफल गराउनका लागि ५६ करोड रुपैयाँ खर्च हुने मन्त्रालयले बताएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस