'परिवर्तनका लागि लडाइँ अझै बाँकी छ'
२८ माघ २०७६
•
६ मिनेट पाठ
'परिवर्तनका लागि लडाइँ अझै बाँकी छ'
माओवादी पूर्वलडाकु जुना मल्ल।
वीरेन्द्रनगर – पूर्वरुकुमकोटकी जुना मल्ल २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी थिइन्। विद्यार्थी संगठन हुँदै उनी २०५९ सालमा लडाकु बनिन्। अन्याय अत्याचारविरुद्ध युद्ध गर्नुपर्छ भन्ने पारिवारिक पृष्ठभूमिमा जन्मेकी उनी चौथो डिभिजन २६ नम्बर बटालियन ए कम्पनी कास्कीकी एक निडर र आत्मविश्वासी लडाकु थिइन्।




जुना युद्ध हुँदा गरिने निरन्तर अभ्यास गर्दै थिइन्। एकाएक दुस्मन (आर्मीः द्वन्द्वमा आर्मी, प्रहरीलाई दुस्मन भनेर माओवादीले चिन्थ्यो) सँग भिड्न जाने हल्ला भयो। युद्धमा लागेकालाई लड्नु र भिड्नु नौलो थिएन। जुनाले पनि नौलो मानिनन् तर मनमा अमिलो भने भएको नागरिकसँगको कुराकानीमा सुनाइन्।

युद्ध कहाँ र कुन समयमा हुने कमाण्डरले केही भनेनन्। त्यतिबेला कमाण्डरले जे भन्यो त्यही मान्नुपथ्र्याे। अरुले कहाँ कतिबेला लड्ने चासो दिएनन्। आक्रमण गर्ने ठाउँ गोप्य राखिएको थियो। आक्रमण हुनुभन्दा १५ दिन अगाडि नै चौथो डिभिजन २६ नम्बर बटालियन ए कम्पनी टोली कास्कीबाट हिँड्यो। पैदल हिँड्नु पर्दा जुनाका खुट्टामा फोकैफोका भए। खुट्टाभरि फैलिएका फोकाको दुखाइभन्दा उनलाई भिडन्त जित्नु थियो। कास्कीबाट हिँड्ेको करिब १२ दिनपछि उक्त टोली रोल्पा पुग्यो। जुनालाई रोल्पाको कुन ठाउँ हो अहिले याद छैन। त्यहाँ आक्रमण गर्ने ठाउँको नक्सा प्रस्तुत भयो। तर ठाउँको नाम भने गोप्य नै राखियो।

रोल्पाबाट रुकुमतिर अगाडि बढ्ढा जुनालाई रुकुम पुग्न लागेको आभाष भयो। तर उनले रुकुम जान लागेको भनेर कसैलाई पनि जिज्ञासा राखिनिन्। रुकुम र सल्यानको सिमाना पर्ने खौलाबाट उक्त टोली रुकुम प्रवेश ग¥यो। १५ दिनपछि त्यहाँ पुग्दा युद्ध सुरु भइसकेको थियो। बम बारुद्धका आवाज गुञ्जमान थिए। उनले आफैँ पहिचान गरिन् रुकुमको खारा ब्यारेक(आर्मीको ब्यारेक) आक्रमणको निशानामा परेको रहेछ।

‘करिब रात पर्नै लागेको थियो,’ उनले खारा घटना सम्झँदै भनिन्। आफ्नै भूमिमा लड्दा उनलाई पछाडि घट्न मन लाग्यो। तर युद्धमा सहभागी भएकी उनी लड्नुको विकल्प थिएन। उनको टोली रुकुम र सल्यानको सिमाना खौला हुँदै खाराको खुम्चेरी पुग्यो। जुनाको समूह तेस्रो टोली थियो। पहिलो सुरुमा आक्रमण गर्ने। दोस्रो पहिलालाई सहयोग गर्ने र दोस्रोले नसके तेस्रो टोलीबाट सहयोग मागिन्थ्यो। त्यसरी टोलीको वर्गीकरण गरिएको थियो।

उनले फायरिङ गर्न नपाउँदै उनकै अगाडि रहेका साथी नेपाली सेनाको गोली लागेर ढले। आँखैअगाडि त्यस्तो देख्दा उनीमा विद्रोहको भाव पैदा भयो। उनी युद्धमा अगाडि बढिन्। रातभरि नखाइनखाई युद्ध लडिन्। उक्त समूहमा २५ जनाको टोली थियो। खुम्चेरी पुग्दा अरु लडाकु पनि थिए। आर्मीलाई घेरा हालिएको शंकामा खुम्चेरीबाट पनि लडाकुहरू आर्मी ब्यारेकतिर अगाडि बढे। जुनाको टोलीले एकोहोरो फाइरिङ गरिरह्यो। ‘अब गोली लाग्यो भन्दाभन्दै आर्मीको गोली आँखै अगाडिबाट जान्थ्यो,’ उनी विगत सम्भन्छिन्, ‘त्यतिबेला मर्नु ठूलो कुरा थिएन, युद्ध जित्नु ठूलो थियो।’ चारवटा ग्रिनेट, एक राइफल र गोली जुनाले बोकेकी थिइन्।

युद्ध बिहान ६ बजेसम्म चलेकै थियो। ‘त्यतिबेला हार र जित थाहा नै भएन,’ उनले भनिन्, ‘माओवादी लडाकु ब्यारेक कब्जा गर्न गएपछि हाम्रो टोली ब्याक भयो।’ उक्त टोलीलाई दिएको समय सकिएपछि युद्ध जितियो भन्दै उक्त टोली पुनः रोल्पा हुँदै कास्की जाने गरी युद्धबाट फर्किए। साँझदेखि बिहानसम्म लड्ने उक्त टोलीलाई भनिएको थियो। केही समयपछि बाटोमा मात्रै उक्त टोलीले युद्ध हारेको थाहा पायो। फर्किंदा बाटोमा आर्मीसँग दुईपटक भिडन्त भयो। उनलाई त्यतिबेला खुट्टामा गोलीको छर्रासमेत लागेको थियो।

२०६१ चैत २५ गते दोस्रोपटक रुकुम पश्चिमको खारामा सरकार र तत्कालीन विद्रोही पक्ष माओवादीबीच दोहोरो भिडन्त भएको थियो। उक्त भिडन्तमा माओवादीले ठूलो हार व्यहोर्नु प¥यो। युद्धबाट फर्किएर आउँदा माओवादी पृष्ठभूमिमै रहेकी जुनालाई घरमा घुलमिल हुन समस्या भएन। अहिले उनको सल्यान दार्मा गाउँपालिका–४ भलचौरमा विवाह भएको छ। स्वच्छिक अवकास लिएकी जुना अहिले सक्रिय राजनीतिमा छिन्। उनी उक्त गाउँपालिकाको कार्यपालिका सदस्यसमेत हुन्। खाराजस्तै जुनासँग धेरै लडाइँका भोगाइ छन्। उनी पूर्वलडाकु हुँदा साना ठूला थुप्रै लडाइँ लड्ने प-यो।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस