दुलेगौंडा (तनहुँ) – शुक्लागण्डकी–३ उदेनढुंगा, रातमाटाकी फूलमाया नेपालीको परिवार साँझ पाँच बजेपछि झ्यालढोका थुनेर घरभित्रै सीमित हुन्छ। ‘साँझ पर्दै गएपछिले गाउँ चाहार्छ,’ उनले भनिन्, ‘आक्रमणको डरले झ्यालढोका थुनेर बस्नुको विकल्प छैन।’
एक सातादेखि यहाँ चितुवाको आतंक फैलिएको छ। गत आइतबार साँझ गाउँको माझमा रहेको घरको पिँढीमा खेलिरहेका राजु नेपालीका २२ महिने छोरा रविन नेपालीलाई चितुवाले लगेको थियो। भोलिपल्ट घरभन्दा एक किलोमिटर पर ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो। त्यसपछि दैनिक गाउँमा साँझ परेपछि निरन्तर चितुवा आउन थालेकाले स्थानीय त्रसित भएका हुन्।
‘साँझ पर्नुअघि नै बस्ती सुनसान हुन्छ। दिशा–पिसाब पनि घरभित्रै गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्। बिहान छर्लङ्ग उज्यालो नहुदाँसम्म बस्तीमा चहलपहल हुँदैन। चितुवा आतंकले स्थानीयको दिनचर्या नै प्रभावित भएको नेपालीले बताइन्। उनी भन्छिन्, ‘घाँसदाउरा गर्न जंगल जानै छाडियो। जंगल नगएसम्म बस्तुभाउलाई खुवाउने केही हुँदैन। गोठमा भोकै बस्तुभाउ बाँध्नुपरेको छ।’
चितुवाको निशानामा बालबालिकालाई हुने भएकाले विशेष निगरानीमा राखिएको स्थानीय काजी खत्रीले बताए। ‘केटाकेटी एक्लै हिँडडुल गर्न, खेल्न दिएका छैनौं। जतिबेला पनि बाआमाको साथमै हुन्छन्,’ उनले भने, ‘चितुवाको निसानामा बालबालिका हुने भएकाले बढी त्रास केटाकेटीमा छ।’ गाउँमा स्कुले केटाकेटीको अहिले दोस्रो त्रैमासिक परीक्षा चलिरहेको छ। बिहान चार बजे नै उठेर जंगलको बाटो हुँदै दुलेगौंडा अध्ययनका लागि जानुपर्ने बाध्यता छ। अभिभावकले जंगलको बाटो कटाएर आउने गरेका छन्। ‘त्रसित वातावरणमा परीक्षाको तयारी पनि राम्रोसँग गर्न पाएनन्,’ उनले भने।
साँझ पाँच बजेदेखि सात बजेसम्म गाउँमा चितुवा देखिन्छ। चितुवा आक्रमणको डरले साँझ नपर्दै गाउँ सुनसान हुने खत्री बताउँछन्। ‘चितुवालाई नियन्त्रणमा लिन बाख्रासहितको फलामे खोरको पासो थापेका छौं,’ उनी भन्छन्, ‘तर त्यो त्यति प्रभावकारी देखिएन। गाउँमा दिनदिनै चितुवा देखिन्छ तर त्यसले खोरमा राखेको बाख्रालाई आक्रमणको प्रयाससमेत गर्दैन।’ गाई–बाख्राभन्दा पनि बालबालिका भएको घर वरपरमात्र चितुवा देखिने गरेको उनले सुनाए।
चितुवा आतंक फैलिएपछि महिला, बालबालिका र वृद्धवृद्धालाई सुरक्षाको प्रत्याभूति गराउन गाउँका युवाहरूले सामुहिक गस्तीसमेत थालेका छन्। गस्तीमा छिमेक गाउँका युवाहरू पनि सघाउन आउँछन्। खत्रीका अनुसार चितुवालाई नियन्त्रणमा लिन स्थानीय सुटर समेत खटाइएको छ। तर नियन्त्रण लिन सकिएको छैन। थप मानवीय क्षति हुन नदिन प्रशासनले विशेष सुरक्षा दस्ता परिचालन गर्नुपर्ने स्थानीयको माग छ।
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ थप मानवीय क्षति हुन नदिने प्रशासन गम्भीर रहेको बताउँछन्। ‘प्रशासनले चितुवालाई सुट गर्न आदेश दिएको छ,’ उनले भने, ‘मानवीय क्षति हुन नदिन सार्प–सुटरसहितको टोलीको व्यवस्था हुँदै छ।’ फलामे खोर प्रभावकारी नदेखिएपछि चितुवालाई नियन्त्रणमा लिन परम्परागत काठको खोरको पासो बनाउन नगरपालिकाले सहयोग गर्ने मेयर गुरुङले बताए।
रातमाटा गाउँमा ७१ घरधुरीको बसोबास छ। उक्त गाउँले प्रयोग गर्ने ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वन करिब ८४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो वनसँगै अन्य सामुदायिक वन जोडिएकाले चितुवाको संख्या धेरै भएको अनुमान छ। रातमाटा वरपरका गाउँ पनि चितुवाले आक्रमण गर्न सक्ने भन्दै सजगता अपनाउन डिभिजन वन कार्यलय तनहुँले सचेतना कार्यक्रम गरेको छ।

चितुवा आतंकले स्थानीयको दिनचर्या प्रभावित भएको छ। घाँसदाउरा गर्न जंगल जान छोडेका छन्। साँझ पर्नासाथ मान्छेहरू घरभित्र सीमित हुन्छन्।