योमरी पुन्ही, कुलपूजा र ज्यापू दिवस मनाइँदै
२६ मंसिर २०७६
•
५ मिनेट पाठ
योमरी पुन्ही, कुलपूजा र ज्यापू दिवस मनाइँदै
काठमाडौंको वसन्तपुरमा ज्यापु दिवसका अवसरमा सम्पन्न सांस्कृतिक कार्यक्रम। फाइल तस्बिरःनागरिक
हेमराज भट्टराई ‘शास्त्री’




काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा बिहीबार देशभर रहेका सनातन हिन्दु धर्मावलम्बीद्वारा धान्यपूर्णिमा, योमरी पूर्णिमा (यःमरि पुन्हि), कुलपूजा, गैडुपूजा, उधौली तथा १६औं ज्यापू दिवस मनाइँदै छ। विशेष गरी धान्यपूर्णिमा पर्वलाई ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले आ–आफ्नै तरिकाले मनाउने गरेका छन्।

धानबाली थन्क्याएर काम सक्ने र नयाँ चामलका विभिन्न परिकार बनाई कुल तथा पितृलाई चढाएर खान सुरु गरिने भएकाले यस दिनलाई धान्यपूर्णिमा भनिएको हो। सो दिन नेवारी समुदायमा नयाँ चामलको पिठोलाई माछाको जस्तो आकार बनाई चाकु, तिल, खुवा आदि राखेर पानीको बाफमा पकाई योमरी तयार पार्ने र कुल तथा पितृलाई चढाएर प्रसादको रूपमा सबैलाई बाँडेर खाने चलन छ। त्यस्तै नेपाल सरकारले घोषणा गरेसँगै २०६१ सालदेखि यसै दिन ज्यापू संस्कृतिको रक्षार्थ ज्यापू दिवस मनाइन्छ। सो अवसरमा नेवारी सभ्यताको झल्को दिने खालका विभिन्न सांस्कृतिक -याली समेत निकाल्ने परम्परा रहिआएको जानकार सञ्जीव महर्जन बताउँछन्।

मंसिरे पूर्णिमालाई प्रकृतिका पूजक किरातहरूले उधौली पर्वका रूपमा मनाउँदै आएका छन्। यसै दिनबाट खोलानदीमा रहेका माछाहरू चिसो बढ्ने भएकाले उँधो जाने र वैशाख पूर्णिमा (उँभौली) मा लेकतिर गएका दोपाया–चौपाया (मानिस–घरपालुवा जनावर) पुनः जाडो सुरु भएसँगै मंसिरे पूर्णिमाका दिनदेखि बेंसीतिर ओरालो लाग्ने भएकाले परम्परागत रूपमा यस पर्वलाई उँधौली पर्व भनेर मनाउन थालिएको पाइन्छ।

यस अवसरमा ब्राह्मण, क्षत्रीहरूले गैडुपूजा (गोठपूजा), कुलपूजा तथा देवाली गर्ने गर्दछन्। कुलपूजा भनेको कुल परम्पराअनुसार गरिने ख्यातिप्राप्त पुर्खा, कुल तथा स्थानीय देवीदेवताको शास्त्रीय विधि अपनाई निश्चित तिथि वा मितिमा गरिने पूजा हो। देवालीलाई कुलपूजाकै एक अंशका रूपमा लिइन्छ। कुलदेवता, इष्टदेवता वा अन्य देवीदेवताको पूजा उपासनालाई देवाली भनिन्छ। देवाली परम्परागत रूपमा ज्येष्ठ शुक्ल पूर्णिमा र मार्गशीर्ष शुक्ल पूर्णिमा (धान्यपूर्णिमा) का दिन गर्ने चलन रहेको पाणिनी संस्कृत विद्यालयका प. राजेन्द्र आचार्य बताउँछन्। वर्षमा यी दुई पक्ष मार्गशीर्ष (मंसिर) शुक्ल र ज्येष्ठ शुक्ल पक्षमा गोठपूजा गर्ने, कुलका धामीलाई दोपाया, चौपायाको रक्षाका लागि कुलदेवता आह्वान गर्न लगाई धूपध्वाँर, नैवेद्य आदिद्वारा खुसी पार्ने र एक वर्ष बिराएर वा दुई वर्ष बिराएर तेस्रो वर्षमा देवाली गर्ने चलन रहेको छ।

देवालीका विधि अनेक छन्। कहीँ बाजागाजासहित कुल देवतालाई डोलीमा राखी कुल पूजास्थलमा लगिन्छ भने कहीँ धामी काम्ने र नाच्ने, कहीँ सामान्य रूपमा मात्र पूजा गर्ने चलन रहेको छ। आआफ्नो परम्पराअनुसार समाजमा कतै शिव, कतै देवी, कतै प्रेतशक्ति, कतै मसानी, कतै भैरव, कतै मष्टा, कतै पिशाचशक्ति र कतै भूतगणको रूपमा देवाली गरिन्छ। त्यसैगरी कुलपूजामा अग्नि, जल, सूर्य, वायु र वनस्पति देवतालाई समेत देवालीको नाममा पूजा गरिन्छ। यस दिन आ–आफ्ना कुलकुटुम्ब तथा बन्धुबान्धवलाई बोलाउने, रमाइलो गरी पूजाआजा गर्ने र पूजापछि विभिन्न प्रकारका मिष्ठान्न प्रसादको रूपमा बाँड्ने चलन छ। कतिपयले भोजभतेर लगाएर सबैलाई खुवाउने गर्छन्। यसरी कुलपूजा गर्नाले आफ्नो कुलवंशको वृद्धि हुनुका साथै उच्च कुलका रूपमा समाजमा स्थापित हुने मान्यता रहेको छ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस