शक्ति–केन्द्र सञ्जालमा सिद्धबाबा
१८ मंसिर २०७६
•
९ मिनेट पाठ
शक्ति–केन्द्र सञ्जालमा सिद्धबाबा
इटहरी – बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्ति–केन्द्रलाई समेत ‘कन्भिन्स’ गरेर ल्याउँथे। नामुद व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नसाथ आश्रममा पुग्थे।




गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे। त्यो बेला क्रान्तिकारी कम्युनिस्ट नेता पुष्पकमल दाहाललाई झिकाएर भैंसी पूजा गराए। दाहालपछि आयुर्वेदिक विश्वविद्यालयको शिलान्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई डाके। थुपै्रपटक मन्त्री भएका र अहिले बलात्कार आरोपमै पुर्पक्ष थुनामा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि गिरीको आश्रममा आशीर्वाद लिन आएका थिए।

गिरी २०६३ सालदेखि चतरामा बस्न थालेका हुन्। बालसन्त मोहनशरण देवाचार्यको सम्पर्कमा आएपछि गिरी त्यही आश्रममा बस्न थाले। साधु बनेका गिरीलाई बालसन्त देवाचार्यले धर्म, कर्मकाण्ड, वेद, उपनिषद् अध्ययन गरेर सार्वजनिक पुराणवाचन कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरे। बालसन्तले नै गिरीलाई डोहो-याउँदै (सिकाउँदै) पहुँचवालासँग परिचय गराए।

ठूलाबडासँगको सम्पर्क र उठबस बढ्दै गएपछि गिरीले आफ्नो नामबाट एकपछि अर्को गतिविधि बढाउँदै लगे। ती गतिविधमा उनको मुख्य ध्येय नै शक्ति–केन्द्रमा रहेका शीर्ष व्यक्तिलाई डाक्ने हुन्थ्यो। पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, एनपी साउद, विजयकुमार गच्छदार, लालाबु पण्डितलगायत नेता पनि बेलाबेलामा गिरीको आशीर्वाद लिने आउँथे।

गिरी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारी, नेपाली मिडियाका मालिकहरूसमेत आफ्नो भक्त भएको ‘गफ’ दिन्छन्।

२०६५ सालतिर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, वाम बुद्धिजीवी प्रदीप नेपाल र मोदनाथ प्रश्रित गिरीको आश्रम अवलोकन गर्न आएका थिए। पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीलगायत धेरै उच्चपदस्थ व्यक्रि उनीसँग आशीर्वाद थाप्न आएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई त दुईपटक चतरा डाकी सके।

वातावरण प्रदूषण शुद्धीकरण गर्ने विशेष उद्देश्य राखेर उनले चतरामा गत फागुनमा श्रीराम तारकब्रह्म महायज्ञ गरे। सो महायज्ञ तथा प्रदेश १ मा हरित क्रान्ति अभियान चलाउने घोषणा कार्यक्रमको उद्घाटन राष्ट्रपति भण्डारीले गरेकी थिइन्। त्यो बेला प्रदेश सरकारले उनको हरित क्रान्ति अभियानका निम्ति उल्लेख्य आर्थिक सहयोग पनि गरेको थियो। त्यतिबेला गिरीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईभन्दा आफूलाई माथिल्लो स्तरमा राखेर अभिव्यक्ति दिएका थिए। राईले पनि गिरीलाई आफूले विश्वास गरेको प्रतिक्रिया दिएका थिए।

तारकब्रह्म महायज्ञ आयोजना गरेकै बेला उनले सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर पश्चिम किनारको १३ बिघा जग्गामा आठ करोड रुपैयाँ लागतको एक सय २८ कोठे भवन बनाए। चतरा नहरको जग्गामा बसेका कोसी विस्थापित परिवारलाई पाँच वर्षअघि सरकारले डोजर, स्काभेटर, जेसिबी र बल प्रयोग गरेर हटाएको थियो तर गिरीले भने ‘साधु’ आवरणमा नक्सा पाससमेत नगराई सो भवन निर्माण गराएका थिए। गिरीको समूहले गरेको सो अनधिकृत कामलाई प्रशासनले नदेखे जस्तै ग-यो। गिरीले निर्माण गरेको सो अवैध भवन राष्ट्रपति भण्डारीबाटै उद्घाटन भएको थियो।

गिरीकै निम्तोमा तारकब्रह्म महायज्ञका बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आएका थिए। यी तीनैजना नेता उद्घाटनका क्रममा उपस्थित नभए पनि महायज्ञ चलिरहेका बेला बीचबीचमा सहभागी भए।

राष्ट्रपति भण्डारी २०७४ सालमा रामनवमीको अवसर पारेर गिरीले आयोजना गरेको भूसमाधिमा पनि सहभागी भएकी थिइन्। २०७५ मै योग दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री राईसहित प्रदेशमन्त्रीहरू सहभागी भए। प्रधानमन्त्री भएकै बेला देउवा २०७४ जेठ अन्तिममा पत्नी आरजुलाई लिएर गिरीसमक्ष आशीर्वाद थाप्न आएका थिए।

गिरीले आयुर्वेद विश्वविद्यालय खोल्न राजनीतिक दलका नेतादेखि प्रशासनसम्म लबिङ गरेका थिए। उनले आफ्नोे आश्रम छेउमा सुविधा सम्पन्न अतिथि–गृह पनि बनाएका छन्। उनले पोखरा र चतरामा भूसमाधि बसेर चर्चा बटुलेका थिए। गिरीले आफ्ना अनुयायीलाई भन्दै आएका छन्, ‘म लामो समयसम्म जमिनमुनि र जलभित्र बस्न सक्छु, हावामा उड्न सक्छु।’ पोखरामा त उनलाई २०७५ चैतमा नागरिक अभिनन्दनसमेत गरिएको थियो। गिरी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारी, नेपाली मिडियाका मालिकहरूसमेत आफ्नो भक्त भएको ‘गफ’ दिन्छन्।

गिरीमाथि एक महिला अनुयायीलाई कात्तिक ४ गते आश्रममा बोलाएर बलात्कार गरेको आरोप लागेको छ। बालात्कारसम्बन्धी उजुरी परेपछि सुनसरी प्रहरीले सोमबार बिहान गिरीलाई नियन्त्रणमा लिएको थियो। उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होममा राखिएको छ। प्रहरी नियन्त्रणमा रहेका गिरीविरुद्ध अनुसन्धान चलिरहेको छ। अदालतले अनुसन्धानका लागि चार दिने म्याद दिएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस