प्रतिवेदन गुपचुप राखी फेरि छानबिन समिति
१० मंसिर २०७६
•
८ मिनेट पाठ
प्रतिवेदन गुपचुप राखी फेरि छानबिन समिति
काठमाडौं – वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएकोे ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अर्को समिति गठन गरेको छ। तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ हजार रोपनीमध्ये काठमाडौं उपत्यकाभित्र महत्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा रहेको उल्लेख छ। न्याम्सले त्यो प्रतिवेदन कार्यान्वयनमा नलगी त्यही प्रकृतिको काम गर्न अर्को समिति गठन गरेको हो।




न्याम्सका उपकुलपति डिएन साहले वीर अस्पताल गुठीको नाममा रहेको जग्गाको वास्तविक अवस्था बुझ्न रेक्टर सुबोध अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए। उनका अनुसार समितिले काम थालिसकेको छ।

के थियो प्रतिवेदनमा ?

मानन्धर नेतृत्वमा गठित समितिले २०६७ साल साउन २४ गते वीर अस्पताल प्रशासनलाई बुझाएको प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्र करिब डेढ सय रोपनी र उपत्यका बाहिर ५० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा रहेको औंल्याइएको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका नुवाकोट, मकवानपुरलगायतका जिल्लामा अस्पताल गुठीको नाममा रहेको जग्गा व्यक्तिको कब्जामा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ। बाँकेमा रहेको करिब साढे १३ हजार रोपनी जग्गाको अवस्थाबारे भने प्रतिवेदनमा केही खुलाइएको छैन। त्यो जग्गा खोज्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले विशेष कार्यदल गठन गर्नुपर्ने र अख्तियारलगायतका निकायको पनि साथ लिनुपर्ने सुझाव आएकाले त्यही अनुसार अघि बढेको अस्पताल प्रशासनको भनाइ छ।

प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्र वीर अस्पताल गुठीअन्तर्गत रहेको करिब डेढ सय रोपनी र उपत्यका बाहिर ५० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा गएको औंल्याइएको छ।

एक सय ३० वर्षअगाडि स्थापना गरिएको मुलुककै जेठो स्वास्थ्य संस्था वीर अस्पताल स्थापना गर्दा त्यसलाई व्यवस्थित र दिगो ढंगले सञ्चालन गर्न वीरशमशेरले वीर अस्पताल गुठी स्थापना गरेका थिए। वीर अस्पतालका नाममा उनले मुलुकभर करिब १४ हजार रोपनी जग्गा राखेका थिए। त्यसैको आम्दानीबाट बिरामीको हेरचाह तथा उपचार र स्वाथ्यकर्मीलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको जानकार बताउँछन्। समयक्रमसँगै त्यो प्रचलन हट्दै गएको र चिकित्सकलाई पनि राज्यबाट नै पारिश्रमिकलगायतका सुविधा उपलब्ध हुन थालेपछि अस्पतालको जग्गा बेवारिसे अवस्थामा पुगेको वीर अस्पतालका पुराना कर्मचारीको भनाइ छ।

अस्पतालकै पदाधिकारीलाई समेत अस्पताल गुठीको नाममा केकति जग्गा छ भन्ने जानकारी नहुँदा भूमाफियाले फाइदा उठाएको सरोकारवाला बताउँछन्। काठमाडौं, भक्तपुर, ललितपुर, महोत्तरी, नुवाकोट, मकवानपुर, रुपन्देही, बाँकेसहितका जिल्लामा वीर अस्पताल गुठीको नाममा जग्गाा रहेको उक्त प्रतिवेदनबाट देखिन्छ।

काठमाडौं उपत्यकामा अस्पताल गुठीको नाममा रहेको करिब पाँच सय रोपनी जग्गामध्ये डेढ सय रोपनी व्यक्तिको नाममा गइसकेको प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा बढी भक्तपुरको दिव्येश्वरी गाविस (हाल मध्यपुर ठिमी नगरपालिका) मा वीर अस्पताल गुठीको नाममा रहेको एक सय रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा गइसकेको प्रतिवेदनबाट खुल्न आएको छ।

प्रतिवेदनका अनुसार गुठीको स्वामित्वमा रहेका जग्गा करिब एक सय ६० जना व्यक्तिको नाममा नामसारी भएको छ। भक्तपुर निलवाराही गाविस (हाल मध्यपुर ठिमी नगरपालिका) मा रहेको करिब ११ रोपनी जग्गा, भक्तपुरकै झौखेल गाविस वडा नं. ८ (हाल चाँगुनारायण नगरपालिका) मा रहेको करिब साढे ५ रोपनी जग्गा, भक्तपुरकै बालकोट गाविस वडा नं. ६ (हाल सूर्यविनायक नगरपालिका) को करिब दुई रोपनी जग्गा र भक्तपुर नगरपालिकामा रहेको करिब दुई रोपनी जग्गा दर्जनौं व्यक्तिले उपभोग गरिरहेको देखिन्छ।

काठमाडौं महानगरपालिकाको भीमसेनगोलामा वीर अस्पताल गुठीको नाममा रहेको करिब तीन रोपनी जग्गा पनि व्यक्तिका नाममा भएको प्रतिवेदनमा उल्लेख छ। ललितपुर जिल्लाको इमाडोल गाविस वडा नं. १ (हाल महालक्ष्मी नगरपालिका) मा रहेको वीर अस्पताल गुठीको एक रोपनी जग्गा र ललितपुरकै धापाखेल गाविस (हाल ललितपुर महानगरपालिका) मा रहेको दुई रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा रहेको देखिन्छ। ललितपुर नगरपालिका वाड नं. २ (हाल महानगरपालिका) मा रहेको १२ रोपनी जग्गा र ललितपुरकै टीकाथलीमा रहको दुई रोपनी जग्गा पनि व्यक्तिको नाममा गइसकेको प्रतिवेदनमा उल्लेख छ।

नुवाकोट जिल्लामा रहेको करिब २५ रोपनी जग्गा व्यक्तिको नाममा छ भने मकवानपुरको हेटौंडामा रहेको करिब चार रोपनी जग्गा हेटौंडा अस्पतालको नाममा गएको देखाइएको छ। वीर अस्पताल गुठीका नाममा काठमाडौं महाबौद्धमा रहेको ३५ रोपनी जग्गा भने वीर अस्पताल आफैंले उपभोग गरिरहेको छ।

प्रतिवेदनअनुसार बाँकेमा अस्पतालका नाममा एक हजार बिघा जग्गा छ। नेपालगन्जको भोजेपुर मौजामा साढे ६३ बिघा र वनधुसरा मौजामा ७८ बिघा १२ कट्ठा रहेको उल्लेख छ भने ८ सय ५८ बिघा जग्गाको मौजा खुलाइएको छैन। त्यो जग्गाको अवस्था के छ भन्ने उक्त प्रतिवेदनले प्रस्ट पार्न सकेको छैन।

महोत्तरी र रुपन्देही जिल्लामा समेत जग्गा रहेको भनेर प्रतिवेदनमा समेटिएको भए तापनि कति जग्गा छ भन्ने खुल्दैन। काठमाडौं उपत्यकाबाहिर रहेको अधिकांश जग्गााको अवस्था केकस्तो छ भन्ने विषयमा छानबिन समितिको प्रतिवेदन मौन छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३५ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस