कैलाली – कहिले भवन अभाव, कहिले चिकित्सक अभाव त कहिले औषधि अभावले वर्षौंदेखि थलिएको सेती अञ्चल अस्पताल धनगढी प्रादेशिक अस्पतालमा रुपान्तरण भएसँगै तंग्रिने अपेक्षा सर्वसाधारणले गरेका थिए। अपेक्षाअनुरुप तंग्रिन लागेको यो अस्पताल फेरि राजनीतिक खिचातानी र मेडिकल माफियाको चंगुलमा फस्ने देखिएको छ। मेडिकल माफिया र सञ्चालकको स्वार्थ पूरा गर्न जुनियर डाक्टरलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बनाउने चालबाजी हुन थालेपछि अस्पताल फेरि थलिने सम्भावना बढेको छ।
मेडिकल माफिया र अस्पताल सञ्चालकको इसारामा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले २०७५ साउन ३१ गते प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बनेका डाक्टर हेमराज पाण्डेयलाई हटाएर उनको ठाउँमा जुनियर डाक्टरलाई ल्याउने तयारी थालेको छ। सेती प्रादेशिक अस्पतालमा ११ औं तहका सिनियर डाक्टर प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुने प्रावधान छ। नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को परिच्छेद ६ को काज, कायममुकायमसम्बन्धी व्यवस्थाको दफा ४१ मा कायममुकायम गर्ने आधार प्रस्ट लेखिएको छ। दफा ४१ मा उपलब्ध कर्मचारीमध्येबाट ज्येष्ठता, कार्यकुशलता तथा शैक्षिक योग्यताका आधारमा कायममुकायम मुकर्रर गर्ने व्यवस्था छ। तर स्रोतका अनुसार प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य माफियाको लहलहैमा लागेर नियमावली मिची प्रमुख मेसु बनाउन खोजेको छ। ‘सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारको स्थायी जागिरे, सबै चिकित्सकभन्दा ज्येष्ठ तथा अनुभवी र ११ औं तहको मेडिकल सुपरिटेन्डेन्ट हुनुपर्ने व्यवस्था छ,’ स्रोतले भन्यो, ‘यी सबै प्रक्रिया मिचेर मन्त्रालय नवौं तहका डाक्टर निरज अर्याललाई मेडिकल सुपरिटेन्डेन्ट बनाउने भित्री तयारीमा छ। यो सरासर गतल हो।’
मेसु बनाउन खोजिएका डा. अर्याल धनगढी रातोपुलनजिकै रहेको नवजीवन अस्पतालका सञ्चालकमध्येका एक हुन्। सेती प्रादेशिक अस्पालको मेसु हुन ११ औं तहको चिकित्सक हुनुपर्छ तर डाक्टर पाण्डेयभन्दा सिनियर चिकित्सक अरु छैनन्। रोलक्रमअनुसार डाक्टर पाण्डेयपछि १० औं तहका डाक्टरहरु शेरबहादुर कमर, खगेन्द्रराज भट्ट, प्रमोद जोशी, कपिल गौतम, होमप्रसाद पन्त, दिनेश शिवाकोटी र सुरेन्द्र बस्नेत छन्। त्यसपछिको रोलक्रममा नवौं तहका डाक्टरहरु शम्भुदत्त जोशी, शिवराज पनेरु, जगदीश जोशी र निरज अर्याल पर्छन्। ११ औं तहको डाक्टरलाई मेसुबाट हटाएर १० औँ तहका सातजनालाई पन्छाई नवौं तहका पनि जुनियर अर्याललाई मेसु बनाउने अन्तिम तयारी मन्त्रालयले गरिरहेको छ।
सेती प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष दुर्गा जोशीले प्रदेश सामाजिक विकास मन्त्रालयले जस्तो निर्णय गर्छ त्यो मान्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘मेसु हटाउने÷नहटाउने भन्ने विषय सामाजिक विकास मन्त्रालयको हो। मन्त्रालयले गर्ने निर्णयलाई हामीले मान्नैपर्छ।’ उनले मेसु पाण्डेयलाई हटाएर अर्याललाई बनाउने कुरामा मन्त्रालयले अस्पताल विकास समितिसँग कुनै छलफल भने नगरेको बताए। ‘मन्त्रालयले हामीसँग मेसुका सम्बन्धमा कुनै लिखित कागजात मागेको छैन,’ उनले भने, ‘न त हाम्रो परामर्श नै लिएको छ।’
सामाजिक विकास मन्त्रालयका एक स्वकीय सचिवले मेसु पाण्डेयले अस्पतालमा सुधार ल्याउन नसकेको बताए। उनले भने, ‘राम्रो काम गर्न नसक्नेलाई राखिराख्नु पर्छ भन्ने छैन।’
मेसु पाण्डेयले अस्पतालभित्रको बेथिति र विसंगति तोड्न खोज्दा केही कर्मचारी, स्वास्थ्य माफियाले उनलाई मेसुबाट हटाउन विभिन्न तिकडम अपनाउन थालेको सरोकारवाला बताउँछन्। अस्पताल सम्बद्ध विशेष स्रोतका अनुसार नवजीवन अस्पतालका सञ्चालहरुले नवजीवनमा आंशिक रुपमा काम गर्ने तथा सञ्चालक सदस्यमध्येका एक अर्याललाई मेसु बनाएर प्रादेशिक अस्पतालमा आफ्नो हैकम जमाउन खोजेका छन्। विशेष स्रोतले भन्यो, ‘प्रादेशिक अस्पताल आफ्नो मान्छेलाई मेसु बनाएर त्यहाँ आएका बिरामीलाई नवजीवन अस्पतालमा रेफर गर्न यस्तो गर्न थालिएको हो।’

११ औं तहको डाक्टरलाई मेसुबाट हटाएर १० औँ तहका सातजनालाई पन्छाई नवौं तहका पनि जुनियर अर्याललाई मेसु बनाउने अन्तिम तयारी मन्त्रालयले गरिरहेको छ।