घोषणामै सीमित खुला दिसामुक्त
०२ मंसिर २०७६
•
८ मिनेट पाठ
घोषणामै सीमित खुला दिसामुक्त
प्रदेश २ को पहिलो खुला दिसामुक्त जिल्ला सिरहाको गाउँदेखि सहरसम्म चर्पीको दृश्य। तस्बिर : मिथिलेश/नागरिक
लहान – जिल्लाकै पहिलो खुला दिसामुक्त लहान नगरपालिका–११ पडरिया गाउँका बेचना सदायको चुलोनजिकै शौचालयको प्यान जडान गरियो। तर त्यसले अहिलेसम्म पूर्ण शौचालयको रूप लिइसकेको छैन। खुला दिसामुक्त जिल्ला घोषणा गर्नुअघि उनको साँघुरो घरमा चुलोसँगै टँसाएर शौचालय बनाउन लगाइएको थियो। अभियन्ताहरूले प्रयोग गरे पनि नगरे पनि भन्दै प्यान जडान गर्न लगाएका थिए। ‘शौचालय नबनाउँदा विभिन्न सिफारिसहरू रोक्ने, प्रहरी लगाउने गर्न थालेपछि बाध्य भएर चुलोनजिकै उक्त प्यान हालेको हुँ,’ उनले भने, ‘तर त्यसलाई प्रयोगमा ल्याउन सकिनँ।’ उनले शौचालय प्रयोग नगर्नुका कारण खुलाउँदै थपे, ‘खाना पकाउने ठाउँमा कसरी शौचालय बस्नु ? मनले मान्दै मान्दैन।’




पडरियाकै देवो सदायले पनि अहिलेसम्म शौचालय प्रयोगमा ल्याएका छैनन्। कारण, उनको पनि चुलोनजिकै प्यान जडान गरिएको छ। ‘चौरमा दिसा गरे रोग फैलिन्छ भन्दै हाकिमले चुलोसँग जोडेर जबर्जस्ती शौचालय बनाउन लगाए,’ उनले भने, ‘भान्साकोठासँगैको शौचालयमा जान मनले नमानेकाले त्यसको अहिलेसम्म उपयोग भएको छैन।’ हाकिमहरू लाखौं खर्चेर नाचगानसहित खुला दिसामुक्त घोषणा सभामा रमाए पनि गरिबको आवाज भने हप्काएर दबाइएको उनको गुनासो छ।

जिल्लाभरिका विपन्न समुदाय अधिकांशको अवस्था उस्तै छ। कसैको भान्सामा त कसैको सुत्ने कोठामा चर्पीको प्यान राख्न लगाइएको छ। लहान–१ की रेवती सदायको छाप्रो अगाडि शौचालय बनाउन प्रयोग हुने रिङ राखिएको छ। तीन हजार रुपैयाँ ऋण लिएर उक्त रिङ खरिद गरेकी उनले शौचालय बनाउने हैसियत अझै जुटाउन सकेकी छैनन्। अहिले उनलाई शौचालय बनाउन थप ऋणको पिरलो छ। तर सुकुम्बासी भएकाले आफूलाई साहुले थप ऋणका लागि नपत्याएको उनको भनाइ छ। रेवती दुई छोरीसहित ऐलानी जमिनमा छाप्रो हालेर ओत लागेकी छिन्। उनका पति सञ्जय लहान बजारमा मजदुरी गर्छन्। बिरामी भइरहने सानो बच्चाका लागि उपचार खर्च जोहो गर्न नसकिरहेका बेला शौचालय निर्माण गर्न गाह्रो कुरा भइरहेको उनले स्पष्ट पारिन्।



यही टोलकी मञ्जु सदायको पीडा पनि कम दर्दनाक छैन। सुकुम्बासी उनको ओत लाग्ने छाप्रो सामान्य हावाले हल्लिएर ढलेपछि धेरै दिन छिमेकीकोमा आश्रय लिएर बसिन्। बल्ल ढलेको छाप्रो ठड्याउन भ्याएकी उनले शौचालय निर्माणबारे सोच्नै पाएकी छैनन्। ‘सानो छाप्रो ठड्याउन त महिनौं लाग्यो,’ उनले भनिन्, ‘शौचालय बनाउने रुपैयाँ कहाँबाट ल्याउनु ? साहुमहाजनसँग पनि कतिपटक माग्नु ? खुला दिसामुक्त अभियानले थपेको आर्थिक भारको पीडासँगै चुलोसँगै टाँसेर राखिएको प्यानले अत्यास थपेको छ। सुकुम्बासीका रूपमा जीवनयापन गरिरहेकाहरूसँग प्रायः सुत्ने छाप्रो अटाउनेभन्दा बढी जमिन हुन्न। छाप्रोभित्र सुत्ने र बरन्डामा भान्सा गर्ने उनीहरूलाई भान्सा (चुलो) टँसाएरै शौचालय बनाउन लगाइएको सिरहा नगरपालिका पासवान टोलकी मीना पासवानले बताइन्। ‘चुलो र शौचालय सँगै हुँदा हाम्रो दैनिकी सकसपूर्ण बनेको छ,’ उनले भनिन्।

एकातिर साहुमहाजनसँग लिएको ऋणको भारी, त्यसमाथि चुलो टँसाएर बनाइएको चर्पीमा शौच गर्नुपर्ने बाध्यताले सुकुम्बासीहरू पिरोलिएका छन्।

धनगढीमाई नगरपालिका–३ हनुमाननगरकी सुकनी सदाय खुला ठाउँमा शौच गर्न बाध्य छिन्। सुकुम्बासी उनलाई छाप्रो पछाडिको जग्गाधनीले शौचालयका लागि खाल्डो नै खन्न दिएनन्। उनीसँग एउटै विकल्प रह्यो, सुत्न बनाएको साँघुरो छाप्रोभित्र शौचालय बनाउने। उनले पीडा पोखिन्, ‘सुत्ने ठाउँमा कसरी चर्पी बनाउनु ?’ चुलोसँगै टसाएर चर्पी बनाउन लगाए पनि प्रयोग गर्न नसकिरहेका विपन्नहरूको एउटै प्रश्न छ, ‘बाहिर दिसा गरे रोग फैलिन्छ भन्ने हाकिमले चुलोसँग जोडेर चर्पी बनाउन लगाउनु स्वास्थ्यमैत्री हो ?’



सबै घरमा मापदण्डयुक्त शौचालय बनेको भन्दै सिरहालाई २०७४ चैत ९ गते खुला दिसामुक्त घोषणा गरियो। सरसफाइमा महत्वपूर्ण उपलब्धि हासिल गरेको ठह-याउँदै प्रदेश २ को पहिलो र नेपालको ४८औं जिल्लाका रूपमा सिरहालाई खुला दिसामुक्त भनेर प्रचार गरियो। तर यथार्थमा दृश्य फरक छ। विपन्नलाई हप्काएर चुलो टँसाएर बनाउन लगाइएको चर्पी प्रयोगमा छैन। सिरहा खुला दिसामुक्त घोषणा भएको वर्ष दिन बित्दा पनि कतिपय शौचालय अझै अधुरै छन्। कतिपय घरमा शौचालय अझै बनेको छैन। बनेकै पनि प्रयोगमा छैनन्। खाल्डो मात्रै खनेकालाई पनि शौचालय बनाइसकेको भन्दै घोषणामा हतारो गर्दा यस्तो परिणाम आएको धनगढी नगरपालिकाका रामसुफल यादवले बताए।

पिउने पानीसमेत अभाव हुने धनगढी–१४ का करिब तीन सय परिवार खानेपानीका लागि तीन घन्टा पैदल खोला पुग्नुपर्ने बाध्यता छ। मिर्चैया नगरपालिकाको मुराबारी, गोलबजार नगरपालिकाका मुक्सार, धरमपुर गाउँमा शौचालयमा प्रयोग गर्ने पानी जुटाउन नसक्दा गाउँले खुला ठाउँमै दिसा गर्न बाध्य छन्। शौचालय बनाउने क्रममा केही परिवारले त्यस्तो समस्या आफ्नोमा पनि दोहोरिने बुझेर बनाउनै छाडे। ठूलो धनराशि खर्चिएर अभियान ‘सफल भएको’ घोषणा गरे पनि यर्थाथ दृश्य फरक छ। सिरहाका सबै अर्थात् एक लाख १८ हजार नौ सय ६२ घरमा शौचालय बनेको तथ्यांक भए पनि करिब २० प्रतिशतजति प्रयोगमै छैनन्। करिब १० प्रतिशतजति घरमा शौचालय बनेकै छैनन्।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस