डिएनएलाई प्रमाण मान्न नमिल्ने, हत्या अभियोगमा अनुसन्धान गर्न बाटो खुला
२१ कार्तिक २०७६
•
१४ मिनेट पाठ
डिएनएलाई प्रमाण मान्न नमिल्ने, हत्या अभियोगमा अनुसन्धान गर्न बाटो खुला
काठमाडौं – कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ। निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ।




गत भदौ २६ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको बिर्य ‘भेरिफाई’ नै गर्न नसकिएको उल्लेख छ।

निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य संकलन र त्यसको परीक्षण विधिबारे अनुसन्धान गर्न राष्ट्रियविधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो। समितिमा डिएनए विज्ञ एवं विधिविज्ञान प्रयोगशालाका निर्देशक डा. दिनेशकुमार झा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा. तुलसी कँडेल सदस्य थिए।

गत वर्षको साउन साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव उखुबारीमा भेटिएको थियो। निर्मलाको भेजिनल स्वाब र डिएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमाथि राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएपछि त्यसलाई निरुपण गर्न प्राविधिक अनुसन्धान समिति गठन गरिएको मन्त्रालय जनाएको थियो।

कञ्चनपुर प्रहरीले गत वर्षको भदौ ४ गते दीलिपसिंह बिष्टलाई बयान र अन्य प्रमाणका आधारमा सो घटनामा संलग्न भएको पाइएको भन्दै सार्वजनिक गरेको थियो। तर बिष्टको डिएनए परीक्षण हुँदा मेल नखाएकाले उनलाई प्रहरीले अदालतमा पेस गर्न सकेन। महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित ३ जनाको टोलीले निर्मलाको शव पोस्टमार्टम गर्दा उनको मृत्यु घाँटीको अगाडिको किलकिले हड्डी भाँचिएको र यौनांगमा ‘हाइमेन टियर’ भएको तथा भेजिनल स्वाब लिँदा बिर्य नदेखिएको तर निश्चित हुन त्यसको नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाउनुपर्ने भनेको थियो। त्यसकै आधारमा प्रहरीले डिएनए परीक्षण गर्दै आएको थियो।

गृह मन्त्रालयद्वारा गठित प्राविधिक समितिले निर्मलाको ‘भेजिनल स्वाब’ मा बिर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट ‘भेरिफाई’ गर्न नसकिएको र प्रयोगशालाले पनि भेजिनल स्वाबमा भेटिएको बिर्य हो या होइन पुष्टि नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ। ‘पीडितबाट संकलित ‘भेजिनल स्वाब’ मा बिर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट भेरिफाई गर्न सकिएन। प्रयोगशालाले निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य हो या होइन पुष्टि नै गरेन’, ११ बुँदे प्रतिवेदनको ४ नम्रमा लेखिएको छ। त्यसैगरी ५ नम्बर बुँदामा भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो भन्ने अवस्था रहेन भन्ने उल्लेख छ। ‘भेजिनल स्वाबमा भेटिएको डिएनए पुरुषको हो भन्ने अवस्था रहेन। त्यो अरु कसैको डिएनए वा केही हुन सक्ने देखियो। साधारण भाषामा भन्नुपर्दा बलत्कारीको नभएर चेक गर्ने चिकित्सकको पनि हुन सक्ने देखियो’, सो बुँदामा लेखिएको छ। यसले गर्दा प्रहरीलाई हत्या अभियोगमा पनि अनुसन्धान गर्ने बाटो खुलेको छ।

प्रतिवेदनमा योनीमा शुक्रकीट शीघ्र क्षय हुने अवस्था रहेकोमा शव भेटिएको र पोस्टमार्टम भएको समयबीच लामो अन्तराल देखिएको उल्लेख छ। जसले योनीमा डिएनए क्षय हुने र बिग्रिने सम्भावना झन् बढाएको पनि प्रतिवेदनमा उल्लेख छ। ‘निर्मलाको लास भेटिएपछि कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शनकारीले लासलाई ट्याक्टरमा राखेर घुमाएका थिए। जसले गर्दा प्रहरीले तत्कालै पोस्टमार्टम गर्न पाएको थिएन, पोस्टमार्टमको क्रममा प्रयोग भएका उपकरण तथा स्वाब र पोस्टमार्टम टेबल डिएनए फ्री थिएनन्। जसले गर्दा डिएन दूषित हुन सक्ने अवस्था देखियो। वास्तवमा पोस्टमार्टम गर्दा जुन तरिकाले सुरक्षा अपनाएर गुणस्तरीय उपकरण प्रयोग गर्नुपर्ने थियो, त्यो भएन। अर्थात् स्वाब निकाल्न झाडुको सिन्कोसमेत प्रयोग भयो,’ प्रतिवेदनमा लेखिएको छ। त्यसैगरी भौतिक प्रमाण परीक्षण गर्दा सम्भव भएसम्म कम नमुना प्रयोग हुने गरी नमुना जोगाएर परीक्षण गर्नुपर्नेमा तीन वटै भेजिनल स्वाबमा परीक्षण गरिएको, भेजिनल स्वाबमा रगत परीक्षण आवश्यक नभए पनि सो गरिएको, साथै बिर्य परीक्षणमा तीन किसिमका पाँच प्रयोगका कारण डिएनएका लागि पर्याप्त नमुना जोगाउने र दूषणको सम्भावना रोक्नेतर्फ संवेदनशील नभएको प्रतिवेदनमा उल्लेख छ। ‘निर्मला बलात्कार–हत्या काण्डमा महाकाली अञ्चल अस्पतालमा ११ साउनमा लगिएको निर्मलाको शवको पोस्टमार्टम गर्दा डाक्टरले शवको योनीभित्रबाट कटन स्वाब स्टिक प्रयोग गर्दै तीन थरीका नमुना संकलन गरी टेस्ट ट्युबमा राखिएको थियो। ती टेस्ट ट्युबबाहिर लेबल टाँसिएको थियो–१०, २ एम र ३ एचआई, त्यसरी निकालिएको स्वाब तीनवटै प्रहरीको ल्याबले प्रयोग गरेकाले अर्को ल्याबमा पठाउने नमुना नष्ट हुन पुग्यो’, प्रतिवेदनमा उल्लेख छ ‘पीडितबाट संकलित भेजिनल स्वाबमा बिर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट भेरिफाई गर्न सकिएन। प्रयोगशालाबाट निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य हो या होइन पुष्टि नै भएन।’

प्रतिवेदनमा नकारात्मक नतिजा आएको अवस्थामा डिएनए मार्कर कम्ती संख्याको भए पनि फरक नपर्ने तर सकारात्मक नतिजा आएको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनपर्ने उल्लेख छ। प्रतिवेदनमा नेपाल प्रहरीको ल्याब आधुनिक नभएको पनि उल्लेख छ। ‘नेपाल प्रहरीको ल्याबमा १६ वटा मात्र मार्कर प्रयोग भएको छ। तर अहिले विश्वमा २४ वटासम्म मार्कर प्रयोग गर्ने ल्याब छन्। नेपालको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पनि २४ वटा मार्कर प्रयोग हुन्छ। त्यसैले पुलिसको ल्याबले दिएको रिपोर्ट अन्तर्राष्ट्रिय स्तरको देखिएन’, प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदन अनुसार एउटा मात्र डिएनएको भिन्नता र समानता वास्तविक र अन्य व्यक्तिलाई छुट्याइने आधार हुन्, भएका पुरुष प्रस्तावबीच समानता तथा अध्ययन अनुसन्धानमा असम्बन्धित व्यक्तिमा समेत अत्यधिक मिल्ने गर्छ। ‘यो मुद्दामा १४ वटासम्म डिएनए आरोपितसँग मिलेका परिप्रेक्षमा प्राप्त नतिजा आरोपित व्यक्तिलाई बातिल गर्न पर्याप्त रहेको तर समानता भएको अवस्थामा महŒवपूर्ण वैज्ञानिक प्रमाणको रुप लिन नसकिने देखिन्छ र डिएनलाई ह्यान्डल गर्ने प्रोटोकल नभएको र संकलित नमुना त्रुटिरहित संकलन, भण्डारण, चेन अफ कस्टडी मेन्टेन रहेको प्रमाणित गर्न पर्याप्त आधार नरहेका कारण यसमा प्रश्न उठ्ने अवस्था रह्यो,’ प्रतिवेदनमा लेखिएको छ, ‘प्राप्त नतिजाको प्राविधिक पक्ष विश्लेषण गर्दा विश्वसनीय देखिएको तर नमुना बिग्रन र दूषणको सम्भावना पनि उच्चरहेको हुँदा प्राप्त नतिजाका सात पार अपराधी हो वा दूषणको परिणाम हो ? निर्विवाद पुष्टयाइँ सम्भव हुन नसक्ने अवस्था रहेकाले वाई–एसटिआर नतिजा एकमात्र प्रमाणको रुपमा लिन नसकिने देखियो।’

नाष्टका पूर्वनिर्देशक र वर्तमान निर्देशकसहित फरेन्सिक विज्ञसहितको समितिले परीक्षणपछि बाँकी रहेको नमुनामा पुनः वा थप परीक्षण गर्न सकिने अवस्थामा नरहेको समेत जनाएको छ। मन्त्रालयले राष्ट्रिय मानअधिकार आयोगको प्रतिवेदनलाई आधार मानेर निर्मलाको भेजिनल स्वाब र डिएनए परीक्षणमासम्बन्धी थप निक्र्योल गर्न रिजाल संयोजक रहेको समिति गठन गरेको थियो। ‘प्राप्त डिएनएको अटोजोमल प्रविधिबाट परीक्षण सम्भव हुँदाहुँदै पनि सो नगरी वाई–एसटिआर प्रविधिबाट मात्र परीक्षण गरिएको पाइएको हुँदा यस्तो त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकलाई आवश्यक छानबिनको दायरामा ल्याउन’, आयोगले दिएको सुझावमा उल्लेख थियो। आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा एवं आयोगका एक अधिकृतसहितको अनुसन्धान टोली गठन गरेको थियो। आयोगले दिएको सोही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले रिजाल संयोजकत्वमा प्राविधिक अनुसन्धान समिति गठन गरेको थियो।

निर्मला हत्या प्रकरणमा निलम्बनमा परेका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश भट्ट अनुसन्धानमा लापरवाही गरेको आरोपमा पदबाट बर्खास्त भएका छन्। अनुसन्धानमा संलग्न डिएसपी अंगुर जिसी तथा प्रहरी जवान चाँदनी साउद अझै निलम्बनमा छन्। प्रहरीले सो प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज बिष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्ट, दीलिपसिंह बिष्ट र चक्र बडूको रगत संकलन गरी डिएनए परीक्षण गरेको थियो।

निर्मलाकी आमा दुर्गादेवी पन्तले दिलीपसिंह बिष्टका नाममा किटानी जाहेरी दिएकी छिन्। दुई महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनले किटानी जाहेरी दिएकी हुन। तर प्रहरीले किटानी जाहेरी दिएको विषय गोप्य राखिएको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस