कपिलवस्तुमा भारतबाट तस्करी गरी भित्राइएका १८१ बोरा भारतीय युरिया मल प्लाइउड उद्योगमा बरामद गरिएको छ । विभिन्न नाका हुदै तस्करहरुले भित्राएको मल शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको हाता भित्रै बरामद गरिएको हो ।
सशस्त्र प्रहरी र भन्सार गस्तीको संयुत्तल टोलीले छापा हानेर सो मल बरामद गरेको हो । बरामद गरिएको मल भन्सार कार्यालय कृष्णनगरमा लगिएको भन्सार कार्यालयका सुचना अधिकारी मयन्क कुमार कार्णले बताए । सुराकीका आधारमा सो उद्योगमा छापा हानिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुला चौधरीले बताए ।
गत कार्तिक २५ गते यशोधरा गाउपालिको मर्यादपुर नाका किनारमा समेत २ सय १८ बोरा भारतीय युरिया मल बरामद गरिएको थियो । स्थानीय प्रहरी प्रशासनले कृषकलाई दूई चार बोरा ल्याउन सहुलियत दिएको फाईदा भने तस्करहरुले उठाएको कृषकहरु गुनासो गर्छन । चन्द्रौटाबाट कृष्णनगरसम्म रहेका ८ प्लाई उद्योगमा तस्करी गरी भित्राइएको युरिया मलको प्रयोग गर्ने गरिएको श्रोतको भनाई छ । तर सुरक्षा निकायले कहिलेकाही मात्र मल बरामद गर्ने गरेका छन । युरिया मललाई प्लाई उद्योगमा गमकारुपमा प्रयोग गरिन्छ ।